सिमीकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, हुम्ला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३४१ रहेको थियो जसमध्ये २२८९ पुरुष र २०५२ महिला रहेका थिए भने यहाँ १२४९ घरधुरी रहेको थियो।[] यो हाल सिमकोट गाउँपालिकामा पर्दछ।

सिमीकोट
पूर्व गाविस
सिमीकोट is located in कर्णाली प्रदेश
सिमीकोट
नेपालको नक्सामा सिमीकोटको अवस्थिति
सिमीकोट is located in नेपाल
सिमीकोट
सिमीकोट (नेपाल)
निर्देशाङ्क: २९°४४′N ८१°५०′E / 29.73°N 81.83°E / 29.73; 81.83
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला
जनसङ्ख्या
 • जम्मा४,३४१
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

करिब ३ हजार मीटर उचाईमा रहेको सिमीकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सिम र कोट(डाँडा) मिलेर सिमकोट बनेको हो। स्थानीय बासिन्दाहरू यसलाई सिमकोट नै भन्ने गर्दछन्। यहाँ एक विमानस्थल रहेको छ जुन अहिलेसम्म कालोपत्र हुन सकेको छैन। सिमिकोट कैलाश पर्वत तथा मानसरोवर जाने ढोकाको रूपमा पनि परिचित छ। यहाँबाट वर्षेनि हजारौं धार्मिक तथा सहासिक पर्यटकहरू जाने गरेको पाइन्छ।

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग