सोमदत्त
सोमदत्त राजा वाहलिकका छोरा थिए। उनी भीष्मका ठूला बुवाका छोरा थिए। उनका पिता राजा वाहलिक र भीष्मका पिता सन्तनु दाजुभाइ थिए । सोमदत्त वृष्णी यादवहरूका कट्टर प्रतिद्वन्द्वी थिए। कुरुक्षेत्रको युद्धमा चौधौं दिनमा सात्यकीद्वारा सोमदत्तको वध भएको थियो।
कृष्णकी माता देवकीको स्वयंवरमा सोमदत्त राजकुमार सिनीसँग लडेका थिए । सिनीले मित्र वसुदेवको पक्षबाट लडेर देवकीलाई वसुदेवका लागि जितेका थिए । कतैकतै अपहरण गरेका थिए समेत भनिन्छ तर यो किंवदन्ती मात्र मानिन्छ । यो घटनाले गर्दा दुई राजवंशका बीचमा शत्रुताले जन्म लिएको थियो ।
वंशावली
सम्पादन गर्नुहोस्भागवत पुराण अनुसार बाहालिकाको वन्शावली [१]
रिक्षा → संवरण (m. Tapati) → कुरू → जाह्नु → Suratha → Viduratha → Saryabhauma → Jaya Sena → Radhika → Ayutayu → Akrodhana → Devatithi → Riksha → दिलीप → प्रतीप → वाहलिक → सोमदत्त →भुरी +भूरिश्रवा + शल