द्रौपदी हिन्दू धर्मको प्रमुख धर्म ग्रन्थ महाभारतकी मुख्य पात्र हुन् । पाञ्चाल राज्यका राजा द्रुपदकी छोरी भएको हुनाले द्रौपदीलाई पाञ्चाली पनि भनिन्थ्यो । उनि माहाभारत का मुख्य पात्र का रुपमा रहेकि छिन । पान्डु पुत्र पाँच भाइ पाण्डवहरूसँग उनको विवाह् भएको थियो । द्रौपदीको वास्तविक नाम कृष्णा थियो । द्रौपदीलाई हिन्दू धर्ममा पञ्चकन्याको रुपमा गणना गरिएको छ ।

द्रौपदी
Panchaali
राजा रवि वर्मा द्वारा चित्रित
पत्नीयुधिष्ठिर, भीम, अर्जुन, नकुलसहदेव
Siblingsधृष्टद्युम्न, शिखण्डी
सन्तानप्रतिविंध्य, सुतसोम, श्रुतकीर्ती, शतानीकश्रुतकर्मा

द्रौपदीको जन्मसम्पादन

महाभारता पात्र द्रोणाचार्य धनुर्विद्यामा निकै निपुण थिए । धनुर्विद्यामा निपुण भएपनि उनी साधु जिवन बिताइरहेका थिए । एक दिन उनका बालक छोरा द्रोणी अथवा अश्वत्थामाले आफ्ना आमा बाबुसँग दूध खाने भनेर ढिपी गर्न थाले । साधु जिवन बिताइरहेका दौर्णाचार्यसँग दूध दिने गाई थिएनन् । त्यसैले उनले आफ्नो छोरालाई पानीमा चामलको पिठो घोलेर लौ बाबु यो नै दूध हो भनेर खान दिए । त्यो खाएपछी बालक अश्वत्थामा आफ्ना साथीहरूसँग मैले बढिया दूध खाएँ साथि हो भनेर कुरा गर्न थाले । आफ्नो छोराले यस्तो भनेको सुनी बेइज्जत भयो भन्ने सोचेर दौर्णाचार्य निकै चिन्तित भए । पाञ्चाल देशका राजा द्रुपद र दोर्णाचार्य बाल्य कालका मित्र थिए । उनीहरूले एकै गुरुकहाँ गएर धनुर्विद्या सिखेका थिए । त्यै भएर दौर्णाचार्यले राजा द्रुपद कहाँ गएर आफ्नो लागि बस्ने ठाउँ मागे । तर राजा द्रौपदले राज्य र धनको घमण्ड देखाउँदै दौर्णाचार्यलाई "भिखारी भएर राजाको राज्यमा बस्ने ठाउँ खोज्न लाज मान्दैनौ" भनेर लज्जित गरे । यो सुनेर दोर्णाचार्य निरास हुँदै फर्के । त्यसपछी दोर्णाचार्य हस्तिनापूरमा गएर कौरव र पाण्डवहरूलाई धनुर्विद्या सिखाउन थाले । जब दौर्णाचार्य हस्तिनापुर पुग त्यो बेला कौरव र पाण्डव भकुण्डो खेल्दै थिए । दौर्णाचार्य उभिएर राजकुमारहरूले भकुण्डो खेलेको हेर्दै थिए अकस्मात भकुण्डो पानीको तलाउमा खस्यो । भकुण्डो पानीबाट निकाल्न कौरव र पाण्डवले धेरै कोशिस गरे तर निकाल्न सकेनन् । यो देखेर गुरु दौर्णाचार्यले एक बाण तलाउमा हानेर भकुण्डो तलाउबाट बाहिर निकाले । यो खबर राजकुमारहरूले भीष्म पिताम्महलाई भने । भिष्मले दौर्णचार्यलाई राज दरबारमा बोलाएर परिचय गरे । दौर्णाचार्यले भिष्म पिताम्महलाई आफ्नो समस्या बताए । भिष्म पिताम्मले दौर्णाचार्यलाई आफ्नो राज्यमा बस्ने ठाउँ दिएर कौरव र पाण्डवलाई धनुर्विद्या सिकाउन लगाए । कौरव र पाण्डवहरू धनुर्विद्यामा निपुण भएपछि दौर्णाचार्यलाई गुरु दक्षिणा के दिउँ भनेर सोधे । दौर्णाचार्यले राजा द्रुपदलाई बाँधेर मेरो शरणमा ल्याउ भनेर गुरु दक्षिणा मागे । यो सुनेपछि पाँच भाइ पाण्डवहरू गएर द्रुपदसँग लडाईं गरी बाँधेर ल्याए । यसरी शरणमा आएपछी दौर्णाचार्यले द्रुपदलाई "अब त मलाई मान्छौ की ? " भनेर सोधे । द्रुपद लाचार भएर दोर्णाचार्यको पाउमा परे । त्यसपछि दौर्णाचार्यले द्रुपदलाई फर्काए । फर्केर पाञ्चाल गएपछि राजा द्रुपदले दौर्णाचार्यलाई मार्ने पुत्र पाउँ भनेर ठुलो यज्ञा गर्न थाले । यज्ञाको समाप्तीमा यज्ञाग्नीबाट एक छोरा र एक छोरी निस्किए । द्रुपदले छोराको नाम धृष्टद्युम्न राखे भने छोरीको नाम कृष्णा राखे । तिनै कृष्णालाई द्रौपदी पनि भनिन्छ [१]

द्रौपदी स्वयम्बरसम्पादन

पाण्डव साझा पत्नीसम्पादन

द्रौपदी चीरहरणसम्पादन

बनबाससम्पादन

राजा बिराट दरबारमा सैरन्धीसम्पादन

स्वर्ग यात्रासम्पादन

सन्दर्भसम्पादन

द्रौपदीको विवाहसम्पादन

 
द्रौपदीको सयंवरमा लक्ष भेदन गर्दै अर्जुन

कौरवहरूका जेठा भाई तथा धृतराष्ट्रका जेठा छोरा दुर्योधन सानै उमेर देखि पाण्डवहरूलाई दुःख दिइरहन्थे । एक पटक पाण्डवहरूलाई आगो लगाएर मार्ने योजना बनाएर सोणितपुर नामको तत्कालिन शहरमा लाक्षागृह अथवा लाहाको घर बनाउन लगाए । यो योजनामा धृष्टराष्ट्र स्वयंले पनि दुर्योधनलाई साथ दिएका थिए । धृतराष्ट्रले पाण्डवहरूलाई जलाएर मार्नको निमित्त बनाएको लाक्षागृहमा आफ्नी माता सहित गएर बस्न आज्ञा गरेकाले पाण्डवहरू त्यहाँ गए । दुर्योधनले पाण्डवहरू बसेको लाहा भवनमा राती आगो लगाउने योजना बनाएका थिए । पाण्डवहरू धृतराष्ट्रको आज्ञा अनुसार लाहा भवनमा गएको खबर पाएर पाण्डवहरूका काका विदुरले एक दुत पठाएर पाण्डवहरूलाई त्यो भवनबाट राती भाग्न लगाए । विदुरको समचार सुनेर पाण्डवहरू स्वयंले त्यो भवनमा आगो लगाएर राती भागे । त्यो भवनमा पाँच पुत्र सहितकी एक महिला र दुर्योधनले आगो लगाउन पठाएको मान्छे जलेर भष्म भए । त्यो देखेर दुर्योधनले पाण्डवहरू मरे भनेर खुसी मनाए । साथै धृतराष्ट्रले अरूले आफूलाई दोष नलगाउन् भनेर पाण्डवहरूको अन्त्य क्रिया सहित गरे । उता पाण्डवहरू माता सहित जंगलमा कष्ट भोग्दै रहे । हिडम्बासुर, भष्मासुर आदी राक्षसहरूको वध गरेर पाण्डवहरू राजा द्रुपदको राज्य नजिकै एक घरमा केही दिनको लागि बस्न थाले । एक दिन पाण्डवहरूले राजा द्रुपदकी कन्याको सयंवर हुन थालेको कुरा थाह पाए । यो सुनेर पाण्डवहरू पनि सयंवर हेर्न गए । सयंवरमा पृथ्वीभरका राजकुमारहरू जम्मा भएका थिए । सयंवरमा खुल्ला पर्तिस्पर्धा थियो । सयंवर स्थलको बीचमा एक लामो खम्बा गाडिएका थियो । खम्बाको टुप्पोमा मत्स्य बाँधिएको थियो भने खम्बाको तल एक भाँडोमा पानी राखिएको थियो । जसले त्यो पानीमा परेको लक्षको छायाँलाई हेरेर धनुषमा बाण चढाएर लक्ष भेदन गर्ने छ त्यसैसँग द्रौपदीको विवाह गर्ने राजा द्रुपदले प्रतिज्ञा गरेका थिए । धनुष पनि अनौठो किसिमको थियो धनुषमा ताँदो चढाउन थाल्दा उछिट्टिएर कती त घाइत्य समेत भएका थिए । सबै राजा र राजकुमारहरूले पालै पालो लक्ष भेदन गर्ने प्रयास गरे तर कसैले धनुषमा ताँदो चढाउन सकेनन् भने कसैले धनुषमा ताँदो चढाए पनि लक्ष भेदन गर्न सकेनन् । यो सयंवर हेर्न दुर्योधन लगायतका कौरवहरू पनि आएका थिए । कर्ण वीरले धनुषमा ताँदो चढाएर लक्ष भेदन गर्न थालेका थिए त्यै बेला द्रौपदीले राजकुमार बाहेक अरूले लक्ष भेदन गरेमा म उसलाई पति स्विकार गर्ने छैन भनेकाले कर्ण वीर सयंवर स्थलबाट बाहिरिए । अन्तमा अर्जुनले धनुषमा ताँदो चढाएर मत्स्य भेदन गरेकाले द्रौपदीले अर्जुनलाई वरमाला पहिराइन् । सयंवर हेर्न

सन्दर्भसम्पादन

  1. सुब्बा होमनाथ केदारनाथ कृत १८ पर्व महाभारत