श्रीअन्तु पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको इलाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। वर्तमान समयमा यो इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गतको एक स्थान हो। अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो।[१] यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ। अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। वि.सं. २०४३ मा यसलाई 'दिपेन्द्र शिखर' भनी नामाकरण गरिएको भए पनि पुरानै नाम श्री अन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ।

श्री अन्तु
पर्यटकीय स्थल
अन्तु पोखरी
अन्तु पोखरी
श्री अन्तु is located in नेपाल
श्री अन्तु
श्री अन्तु
नेपालमा श्रीअन्तुको अवस्थिति
निर्देशाङ्क: २६°५३′उ॰ ८८°०७′पू॰ / २६.८८३°N ८८.११७°E / 26.883; 88.117निर्देशाङ्कहरू: २६°५३′उ॰ ८८°०७′पू॰ / २६.८८३°N ८८.११७°E / 26.883; 88.117
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा४६२६
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

श्री अन्तु कसरी पुग्नु? सम्पादन गर्नुहोस्

  • हवाई मार्ग:

काठमाडौंबाट भद्रपुर नगरपालिका सम्मको हवाई यातायात, त्यसपछि सतही यातायातबाट चारआली हुदै फिक्कल वा पशुपतिनगरबाट पुग्न सकिन्छ।

  • मोटरबाट

देशका विभिन्न स्थानबाट महेन्द्र राजमार्ग झापा जिल्लाको चारआली हुँदै फिक्कल वा पशुपतिनगरबाट श्री अन्तु पुग्न सकिन्छ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्