अन्तुडाँडा
अन्तुडाँडा इलामको पर्यटकीय स्थल हो।[१] इलाम जिल्लाको साविक श्रीअन्तु र सुलुबुङ गाविस हाल सूर्योदय नगरपालिकामा पर्ने अन्तुडाँडा समुद्र सतहबाट करिब २,३२८ मिटरको उचाइमा रहेको छ। श्री अन्तु समेत भनिने यो ठाउँ पुग्न इलामको फिक्कल बजारबाट छिपिटार, सिद्धिखोला हिरुवा हुँदै करिव २ घण्टा ट्याक्सीमा लाग्दछ। यस स्थानमा टेलिफोनको सुविधा लगायत खान र बस्न सामान्य होटलहरू रहनुको साथै घरदैलो कार्यक्रम अन्तर्गत होम स्टेको समेत व्यवस्था रहेको छ। भ्रमण गर्ने समय विशेष गरि असोज, कार्तिक, मङ्सिर र फागुन र चैतलाई उपयुक्त मानिन्छ भने अन्य समयलाई सामान्य रूपमा लिइन्छ।[२][३][४]
अन्तुडाँडा सूर्योदय र सर्यास्तको दृश्यावलोकनको लागि प्रसिद्ध छ।[५] यस बाहेक कञ्चनजङ्घा लगायतका हिमालको दृश्यावलोकन, अन्तु पोखरीको सुन्दरता, भारतको सिलिगुडी, खर्साङ, मिरिक र तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ। सौहाद्ध, आत्मीय र सहयोगी यहाँका बासिन्दाहरू र उनीहरूको परम्परा र संस्कृति, ग्रामीण खानपान र आफ्नै मौलिक जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सकिने पेइङ गेस्ट सुविधा अन्तु पर्यटकीय क्षेत्रको आकर्षण हो।[६]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "आहा क्या राम्रो : श्री अन्तुको फेरिएको नयाँ रुप (फोटो फिचर)", खबरमञ्च अनलाइन (नेपालीमा), २०२०-११-१४, अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ "सूर्योदयले काउकुती लगाउने अन्तुडाँडा (फोटो फिचर)", जनता समाचार (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२८ मिति
- ↑ "बालसूर्य चिनाउने अन्तुडाँडा, मंसिरलागे सँगै भिडभाड", माइपोखरी न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ "अन्तुडाँडा स्थित होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति", न्युज लय (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२८ मिति
- ↑ "गर्मी छल्दै, सूर्योदय हेर्दै", खासोखास (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ "अन्तु होमस्टे : एकैघरमा तीन हजार ६०० पर्यटक", संसार न्युज (नेपालीमा), २०१६-११-०९, अन्तिम पहुँच २०२१-०१-२१।