म्यानचेस्टर युनाइटेड फुटबल क्लब

म्यानचेष्टर यूनाइटेड फुटबल क्लब ओल्ड ट्राफोर्ड, ग्रेटर म्यानचेष्टरमा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो। यूनाइटेड अङ्ग्रेजी प्रिमियर लिगमा खेल्ने गर्दछ। यो क्लब सन् १८७८ मा न्युटन हीथ एलवाइआर फुटबल क्लबको नामले स्थापित भएको थियो । यस क्लबले सन् १९०२ मा आफ्नो नाम म्यानचेष्टर यूनाइटेड राख्यो र सन् १९१० मा ओल्ड ट्राफोर्डमा सर्यो ।

२० लीग टाइटल, १२ एफ. ए. कप, ५ लीग कप, तथा २१ कम्युनिटी शील्डका साथ युनाइटेडले अङ्ग्रेजी फुटबलमा सर्वाधिक सफलता हासिल गरेको छ। यसका साथसाथै यूरोपकै सबैभन्दा प्रतिष्ठित क्लब प्रतियोगिता युइएफए च्याम्पियन्स लिग पनि युनाइटेडले ३ चोटि जितेको छ। अन्तर्राष्ट्रिय मञ्चमा च्याम्पियन्स् लीगका अलावा युनाइटेडले यूईफा यूरोपा लीग, यूईफा कप वीनर्स कप, यूईफा सूपर कप, ईन्टरकन्टिनेन्टल कप, र फिफा क्लब विश्वकप पनि एकएक पटक जितेको छ।

म्यान्चेस्टर युनाइटेड
Manchester United FC.png
पुरा नामम्यान्चेस्टर युनाइटेड फुटबल क्लब
उपनाम(हरू)'द रेड डेभिलस (रातो राक्षस )[१]
स्थापनासन १८७८ मा , न्यूटन हेल्थ LYR F.C.को नाममा
मैदानओल्ड ट्राफोर्ड
मैदान क्षमता७४,९९४[२]
मालिकग्लेजर परिवार
उपाध्यक्षजोएल ग्लेजरअव्राम ग्लेजर
म्यानेजरओले गुनर सोल्सार
लिगप्रिमियर लिग
२०२०-२१दोस्रो
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ


इतिहाससम्पादन

प्रारम्भिक इतिहाससम्पादन

सन् १८७८ मा म्यानचेस्टर शहरको न्युटन हीथ क्षेत्रको लाङ्काशर र योर्कशर रेल्वे (छोटोमा एल्. वाई. आर.) डीपोमा न्युटन हीथ एल् वाई आर फुटबल क्लब खोलिएको थियो। यही क्लब पछि गएर म्यानचेस्टर युनाइटेडमा रूपान्तरण भएको हो। सुरुवातमा अन्य विभाग र रेल कम्पनी हरूसँग फुटबल खेल्ने गरेको न्युटन हीथ पछि गएर लोकल क्षेत्रको लीग स्थापना गरी खेल्न थालेको थियो। त्यस पछि युनाइटेडले नयाँ 'फुटबल अलायन्स' लीगको बाटो हुँदै राष्ट्रिय स्तरको 'द फुटबल लीग' मा आफूलाई पुर्‍याउन सफल भयो। दुई वर्ष पछि न्युटन हीथ दोस्रो श्रेणीमा रेलिगेट भएको थियो।

सन् १९०२ मा ऋणमा डुबेको न्युटन हीथ टाट पल्टने अवस्थामा चार जना स्थानीय व्यवसायीहरूले लगानी गरेर क्लब बचाउने निर्णय लिए। यस क्रममा म्यानचेस्टर युनाइटेडको जन्म भयो।

सन् १९०६ मा म्यान्चेस्टर युनाइटेड दोश्रो श्रेणीबाट दोस्रो स्थान हासिल गरेर पहिलो श्रेणीमा उक्लिन सफल भयो। त्यस्को दुई वर्ष पछि पहिलो श्रेणीको बिजेता भई युनाइटेडले आफ्नो इतिहासको पहिलो उपाधी शिर्षक हात पर्‍यो। त्यस्को लगत्तैको सिजनमा युनाइटेडले कम्युनिटी शील्ड र एफ ए कप जित्यो। १९१० मा फेरी पहिलो श्रेणीको बिजेता हुन सफल म्यान्चेस्टर युनाइटेड त्यसपछि भने पहिलो र दोश्रो श्रेणीमा तल माथि गरिरह्यो। क्लब प्रेसिडेन्ट तथा लगनिकर्ता जोन हेन्री देभिसको सन् १९२७ मा मृत्‍यु भएपछि युनाइटेडको आर्थिक अवस्था पूनः नाजूक हुन गयो। डिसेम्बर १९३१ मा जेम्स गिब्सनले फेरी लगानी गरेर म्यान्चेस्टर युनाइटेडलाई बचाएका थिए।

बस्बी वर्षसम्पादन

 
सर म्याट बस्बीको सालिक म्यानचेस्टर युनाइटेडको रंगशाला बाहिर १९९६मा सम्मानपुर्वक खडा गरिएको थियो।  

दोस्रो विश्वयुद्धको समाप्तिपछि अक्टोबर १९४५ मा प्रिमियर लिग पून संचालनमा आयो। म्यानचेस्टर युनाइटेडले आफ्नो प्रबन्धकको रूपमा म्याट बस्बीलाई नियुक्त गर्यो। नियुक्तिको बेलामा बस्बीले क्लबमा अप्रत्याशित मात्राको नियन्त्रणको माग गरेका थिए। बस्बीका साथ युनाइटेडले १९४७, १९४८, र १९४९ मा लीगमा दोस्रो स्थान हात पार्न सफल भयो।  १९४८ मा एफ ए कप पनि जित्यो। अघिल्लोपटक लीग जीतेको ४१ वर्ष पछि १९५२ मा युनाइटेडले पुन: लीग जित्यो। त्यसपछि १९५६ र १९५७ मा लगातार लीग जित्ने क्रममा युनाइटेडको टीमको औसत उमेर मात्र २२ वर्षको थियो। युवा खेलाडीमा भरोसा गरेर प्रबन्धक म्याट बस्बीले प्राप्त गरेको सफलताको बयान गर्दा मिडियाले यो टीमलाई प्रेमपुर्वक 'द बस्बी बेब्स' (बस्बीका केटाहरु) को नामले बोलाउने गर्दथे। १९५७ मा युनाइटेड यूरोपी फूटबल खेल्ने पहिलो अंग्रेजी क्लब बन्यो। यूरोपेली कपको सेमी-फाइनलमा रियल मड्रिडसंग पराजित भए पनि त्यो टीमले अघिल्लो चरणमा बेल्जियन बिजेता एन्दर्लेक्टलाई १०-० गोल अन्तरले जितेको थियो।

यस्पछिको सिजन्मा युरोपियन कप को क्वार्टर-फाइनलमा रेड स्टार बेल्ग्रेड्लाई हराएर फर्किने क्रममा म्यान्चेस्टर युनाइटेड्को टीम, कर्मचारी, तथा पत्रकार बोकेको हवाईजहाज दूर्घटनामा परेको थियो। म्युनिखमा इन्धन भर्न अवतरन गरेको जहाज फेरि उड्न खोज्दा सो दुर्घटना घटेको थियो। यो दुर्घटनामा युनाइटेडका आठ खेलाडीसहित कुल २३ जनाले ज्यान गुमाए। बस्बी पनि यस दुर्घटनामा घाइते भएकाले यो समयमा सहायक प्रबन्धक जिमी मर्फीले युनाइटेडको अन्तरिम टीम सम्हाले। प्रथम टिमका खेलाडीहरुको र प्रमुख प्रबन्धक बस्बीको अभावका बावजुद युनाइटेड एफ ए कप को फाइनलसम्म पुग्यो, तर अन्तिममा बोल्टन वान्डरर्स संग पराजित भयो।  यस पश्चात बस्बीले युनाइटेडको पुन:निर्माण सुरु गरे। सन् १९६० को दशकमा उनले नयाँ रुपमा युनाइटेडलाई उतार्न सफल भए। जर्ज बेस्ट, डेनिस ल, र बबी चार्लटन लगायतका खेलाडीहरु संगै युनाइटेडले १९६३ मा एफ ए कप एवं १९६५ र १९६७ मा घरेलु लीग जित्न सफल भयो। १९६८ मा युनाइटेड युरोपियन कप जित्ने पहिलो अंग्रेजी टीम बनेर इतिहास रच्यो। त्यस पश्चातको १९६८ इन्टर-कन्टिनेन्टल​ कपको खेलमा अर्जेन्टिनाको एस्तुदियान्तेस संग दुइ लेगमा भने युनाइटेडले पराजय भोग्यो। १९६९ मा बस्बीले प्रबन्धकको पदबाट राजिनामा दिए।

रेकर्डसम्पादन

रङ्गशालासम्पादन

 
ओल्ड ट्राफोर्ड रङ्गशाला

ओल्ड ट्राफोर्ड म्यानचेस्टर युनाइटेडको घरेलु रंगशाला हो। यो रंगशाला बेलायतको म्यान्चेस्टरमा रहेको छ। यस् रंगशालामा राष्ट्रिय र अन्तराष्टिय दुबै खेल खेलिने गर्दछ। पुरानो ट्रेफर्ड पुरानो ट्रेफर्ड, ग्रेटर म्यानचेस्टर , इंग्ल्याण्ड र म्यानचेस्टर यूनाइटेडको घरको फुटबल स्टेडियम हो। 74,994 को क्षमता संग, यो बेलायतमा सबै भन्दा ठूलो क्लब फुटबल स्टेडियम (र विम्बले स्टेडियम पछि सबै भन्दा ठूलो सबै भन्दा ठूलो) हो र युरोप मा एघारौं सबै भन्दा ठूलो छ। [2] यो पुरानो ट्रेफर्ड क्रिकेट ग्राउण्ड र नजिकैको ट्राम स्टपबाट लगभग 0.5 माइल (800 मि) छ। रंगशाला म्यान्चेस्टर युनाईटेड को घरेलु मैदान हो। यसको क्षमता -७५,६४३ रहेको छ।

खेलाडीहरूसम्पादन

पहिलो समूहसम्पादन

१० अगस्ट २०१९ को आधारमा [३]

नं. स्थान खेलाडी
  गोलरक्षक दाबिद डे हेया
  रक्षापङ्क्ति भिक्टर लिंडेलफ
  रक्षापङ्क्ति एरिक बेली
  रक्षापङ्क्ति फिल जोन्स
  मध्यपङ्क्ति पल पोग्बा
  अग्रपङ्क्ति क्रिस्टियानो रोनाल्डो
  मध्यपङ्क्ति जुआन माटा
  अग्रपङ्क्ति एन्थोनी मार्सल
१०   अग्रपङ्क्ति मार्कस र्‍यासफोर्ड
11   अग्रपङ्क्ति मेसन ग्रीनवुड
१३   गोलरक्षक लि ग्र्यान्ट
१४   मध्यपङ्क्ति जेसि लिङ्गार्ड
१५   मध्यपङ्क्ति एन्ड्रेयश परेरा
१७   मध्यपङ्क्ति फ्रेड
नं. स्थान खेलाडी
२०   रक्षापङ्क्ति डिएगो डालोट
२१   अग्रपङ्क्ति एडिन्सन काभानी
२३   रक्षापङ्क्ति लुक श
२९   रक्षापङ्क्ति ऐरोन भिसाका
३१   मध्यपङ्क्ति नेमन्जा मटीच
३९   मध्यपङ्क्ति स्कोट मक्क्टोमीने

लोनमासम्पादन

रिजर्भसम्पादन

सबैभन्दा धेरै खेल खेल्ने खेलाडीसम्पादन

१.-   रायन गिग्स= ९६३

क्लबका कप्तानहरूसम्पादन

१९९६-१९९७   एरिक कन्टोन

१९९७-२००५   रोय केअन्र


२००५-२०११   गेरी नेविल्ल


२०११-२०१४   नेमान्जा भिडिक


२०१४-२०१७   वाइन रोनी

२०१७-२०१८   माइकल क्यारिक

२०१८-   एन्टोनियो भ्यालेन्सियो

सम्मानसम्पादन

व्यवस्थापन तथा कर्मचारीसम्पादन


म्यानचेस्टर युनाइटेड लिमिटेड

  • उपाध्यक्ष: जोएल ग्लेजरएव्राम ग्लेजर
  • मुख्य कार्यकारी निर्देशक : एड वुडवार्ड
  • मुख्य संचालक निर्देशक: माइकल बोलिंगब्रोक
  • वाणिज्य निर्देशक : जेमिसन रिगल
  • समुह कार्याकारी निर्देशक : रिचर्ड आर्नोल्ड
  • गैर कार्यकारी निर्देशक : ब्रायन ग्लेजर,केभिन ग्लेजर,एडवर्ड ग्लेजर,डार्सी ग्लेजर,रोबर्ट लिएटो,जन हुक्स र मनु सहनी


म्यानचेस्टर युनाइटेड फुटबल क्लब


कोचिङ र चिकित्सक कर्मचारी समूह

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Manchester United Football Club", premierleague.com, Premier League, अन्तिम पहुँच ९ जुन २०१२ 
  2. "Manchester United" (PDF), Premier League, पृ: १७, अन्तिम पहुँच १५ अगस्ट २०१२ 
  3. "First Team", ManUtd.com (Manchester United), अन्तिम पहुँच १६ अक्टोबर २०१४ 
  4. Red Football Shareholder Limited: Group of companies' accounts made up to 30 June 2009. Downloaded from Companies House UK
  5. Gardner, Neil (८ अक्टोबर २००९), "Martin Edwards voices concerns over Manchester United's future", The Times (London: Times Newspapers), अन्तिम पहुँच ११ जुन २०१० 
  6. "Reds' new Club Secretary", ManUtd.com (Manchester United), २० डिसेम्बर २००९, अन्तिम पहुँच ३ डिसेम्बर २०१० 
  7. "Manchester United appoint Bryan Robson as global ambassador", The Times (London: Times Newspapers), २० मार्च २००८, अन्तिम पहुँच ११ जुन २०१० 
  8. https://www.manutd.com/en/players-and-staff/detail/solskjaer
  9. "Backroom staff appointments", ManUtd.com (Manchester United), १ जुलाई २०१३, अन्तिम पहुँच १ जुलाई २०१३ 
  10. "Man Utd: Ryan Giggs & Phil Neville to join coaching staff", BBC Sport (British Broadcasting Corporation), ४ जुलाई २०१३, अन्तिम पहुँच ४ जुलाई २०१३ 
  11. "Coaching Staff: Richard Hawkins", ManUtd.com (Manchester United), अन्तिम पहुँच ३ डिसेम्बर २०१० 
  12. Bartram, Steve (१६ डिसेम्बर २०१०), "Res: United 5 N'wcstle 1", ManUtd.com (Manchester United), पृ: ३, अन्तिम पहुँच १० मार्च २०११