एलेक्स फर्गुसन
सर एलेक्जेन्डर च्यापम्यान "एलेक्स" फर्गुसन, जो सर एलेक्स नामले विश्वविख्यात छन् (३१ डिसेम्बर १९४१ मा ग्लास्गो को गोवनमा जन्म), एक स्कट्टीस फुटबल प्रबन्धक र पुर्व फुटबलर हुन । एबर्डीनको प्रबन्धकका रूपमा अत्याधिक सफल अवधि अघि फर्गुसन इस्ट स्टर्लिंगशायर र सेन्ट मिरेन जस्ता क्लबका प्रबन्धक थिए । जक स्टेनको मृत्युका कारण केहि समयका लागि स्कटल्यान्ड राष्ट्रिय फुटबल टिमका प्रबन्धक रहेका सर एलेक्सलाई नोभेम्बर १९८६ मा म्यानचेस्टर युनाइटेड को प्रबन्धकका रूपमा नियुक्त गरिएको थियो । म्यानचेस्टर युनाइटेडका प्रबन्धकको इतिहासमा सर म्याट बस्बी पछि उनी दोस्रो प्रबन्धक हुन जसले २३ वर्ष सम्म टोलीमा प्रबन्धकका रूपमा सेवा गरे ।[४] आफ्नो प्रवन्धनका दौरान फर्गुसनले कैयौँ पुरस्कार जीतेका थिए र धेरै किर्तिमान कायम गरे जसमा ब्रिटिश फुटबल इतिहासमै सर्वाधिक वर्षको सर्वश्रेष्ठ प्रबन्धक पुरस्कार पनि सामेल छ ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | एलेक्जेन्डर च्यापम्यान फर्गुसन[१] | ||
जन्म मिति | ३१ डिसेम्बर १९४१ | ||
जन्म स्थान | ग्लासगो, स्कटल्याण्ड | ||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९५७-१९६० | क्वीन्स पार्ल फुटबल क्लब | ३१ | (१५) |
१९६०-६४ | सेन्ट जोनस्टोन फुटबल क्लब | ३७ | (१९) |
१९६४-६७ | डुनफर्मलाईन एथलेटिक फुटबल क्लब | ८९ | (६६) |
१९६७-६९ | रेन्जर्स फुटबल क्लब | ४१ | (२५) |
१९६९-७३ | फलकिर्क फुटबल क्लब | ९५ | (३७) |
१९७३-७४ | ऐर युनाइटेड फुटबल क्लब | २४ | (९) |
जम्मा | ३१७ | (१७१) | |
अन्तर्राष्ट्रिय करियर | |||
१९६७ | स्कटिस फुटबल लिग[२] | २ | (१) |
१९६७ | स्कटल्याण्ड XI[३] | ७ | (९) |
प्रबन्धक करियर | |||
१९७४ | इस्ट स्टिरल्याङ्सायर | ||
१९७४–१९७८ | सेन्ट मिर्रेन | ||
१९७८–१९८५ | अबरडीन फुटबल क्लब | ||
१९८५–१९८६ | स्कटल्याण्ड | ||
१९८६–२०१३ | म्यानचेस्टर युनाइटेड | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Sir Alexander Chapman Ferguson", mufcinfo.com, अन्तिम पहुँच १२ जुलाई २०११।
- ↑ "Alex Ferguson", London Hearts Supporters' Club, अन्तिम पहुँच ५ डिसेम्बर २०११।
- ↑ Bell, Stephen; Zlotkowski, Andre (६ जुन २००८), "Scotland XI Tour of Asia and Oceania 1967", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ५ मार्च २०११।
- ↑ Russell Hoye; Aaron Smith; Matthew Nicholson; Hans Westerbeek; Bob Stewart (२००९), Sport Management, Volume 1, Second Edition: Principles and applications, Elsevier, पृ: १६८, आइएसबिएन 0-7506-8755-X।