प्रदीप नेपाल (जनवरी १९५४ – ६ मे २०२५) एक नेपाली राजनीतिज्ञ तथा लेखक थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग आबद्ध थिए। विभिन्न समयमा उनले सूचना, जलस्रोत, स्वास्थ्य र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।[]

माननीय
प्रदीप नेपाल
प्रदीप नेपाल
सूचना तथा सञ्चार मन्त्री
कार्यकाल
३० नोभेम्बर १९९४ – १२ सेप्टेम्बर १९९५
एकाधिपतिवीरेन्द्र वीरविक्रम शाह
प्रधानमन्त्रीमनमोहन अधिकारी
निर्वाचन क्षेत्रराष्ट्रिय सभा
व्यक्तिगत विवरण
जन्मजनवरी १९५४
मृत्यु६ मे २०२५ (उमेर ७१)
काठमाडौं, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एमाले) (२०२१–२०२५)
अन्य राजनीतिक
संलग्नता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (१९९०–२०२५)

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्

नेपाल सन् १९५४ मा भोजपुरको गोगने गाउँमा जन्मिएका थिए। पञ्चायती शासनकालमा उनले लोकतान्त्रिक आन्दोलनमा भाग लिएर पटकपटक जेल बस्नुपरेको थियो। भूमिगत जीवन बिताउँदा उनले 'सञ्जय थापा' नामबाट लेख लेख्ने गर्थे।[]

राजनीतिक यात्रा

सम्पादन गर्नुहोस्

१९९० को दशकबाट सक्रिय राजनीतिमा रहेका नेपालले १९९४ मा मनमोहन अधिकारी सरकारमा सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी पाए। उनले स्वास्थ्य, जलस्रोत र शिक्षा मन्त्रालय समेत सम्हालेका थिए। २००८ को संविधानसभा निर्वाचनमा काठमाडौँ–१ बाट पराजित भएका उनी अन्तिमसम्म एमालेको पोलिटब्युरो सदस्य थिए।[]

साहित्यिक योगदान

सम्पादन गर्नुहोस्

राजनीतिसँगै नेपाल साहित्य लेखनमा पनि सक्रिय थिए। उनका १६ उपन्यास र १० कथासङ्ग्रह प्रकाशित छन्, जसमा ‘बार्बरिक’, ‘देशको खोजी’ र ‘देउमाईको किनारमा’ लगायतका कृतिहरू पर्छन्।[]

२०२५ मे ६ मा काठमाडौंमा ७१ वर्षको उमेरमा प्रदीप नेपालको निधन भयो। केही समयदेखि उनी पार्किन्सन रोगबाट पीडित थिए। उनको निधनपछि देशभरका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।[][]

  1. "प्रदीप गए मुक्त आकाशको खोजीमा, सञ्जय थापा हामीसँगै हुनेछन्", Online Khabar, ६ मे २०२५, अन्तिम पहुँच ६ मे २०२५ 
  2. "A life of many roles", The Annapurna Express, ६ मे २०२५, अन्तिम पहुँच ६ मे २०२५ 
  3. "Pradeep Nepal charges parties", The Himalayan Times, २००९-११-०५, अन्तिम पहुँच २०२०-०७-२० 
  4. "साहित्यकार प्रदीप नेपालसँग छोटो साहित्यिक कुराकानी", Samakalin Sahitya, अन्तिम पहुँच २०२०-०७-२० 
  5. "प्रदीप नेपालको निधन", Khoj Samachar, ६ मे २०२५, अन्तिम पहुँच ६ मे २०२५ 
  6. "Former Minister Pradeep Nepal no more", Setopati, ६ मे २०२५, अन्तिम पहुँच ६ मे २०२५