आदिम भारोपेली भाषा
आदिम भारोपेली भारोपेली भाषा परिवारको पुनर्निर्माण गरिएको साझा पूर्वज हो।[१] आदिम भारोपेलीको कुनै प्रत्यक्ष अभिलेख अवस्थित छैन; यसका प्रस्तावित विशेषताहरू अभिलेखीकृत भारोपेली भाषाहरूबाट भाषिक पुनर्संरचनाद्वारा व्युत्पन्न गरिएका हुन्।[२] आज, आदिम भारोपेली भाषाको वंशज भाषाहरू जसमा सबैभन्दा धेरै देशी वक्ताहरू छन्, स्पेनी, अङ्ग्रेजी, पोर्तुगाली, हिन्दुस्तानी (हिन्दी र उर्दु), बङ्गाली, रुसी, पन्जाबी, जर्मनेली, फारसी, फ्रान्सेली, मराठी, इटालेली र गुजराती हुन्।
आदिम भारोपेली | |
---|---|
पुनर्निर्माण | भारोपेली भाषा परिवार |
तल्लो क्रम पुनर्निर्माण |
आदिम भारोपेलीका वक्ताहरू भारोपेली प्रवासहरू मार्फत एकअर्काबाट अलग्गिएपछि, विभिन्न समूहहरूद्वारा बोलिने आदिम भारोपेलीका क्षेत्रीय बोलीहरू भिन्न भए, किनकि प्रत्येक बोलीको उच्चारण, आकृति विज्ञान र शब्दावलीमा परिवर्तन भयो। धेरै शताब्दीहरूमा, यी बोलीहरू ज्ञात प्राचीन भारोपेली भाषाहरूमा परिणत भए।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Indo-European languages – The parent language: Proto-Indo-European", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०९-१९।
- ↑ "Archaeology et al: an Indo-European study", School of History, Classics and Archaeology, The University of Edinburgh, २०१८-०४-११, अन्तिम पहुँच २०१८-१२-०१।
- ↑ Gamkrelidze, T. V. (2008). Kartvelian and Indo-European: a typological comparison of reconstructed linguistic systems. Bulletin of the Georgian National Academy of Sciences 2 (2): 154–160.