भट्टराई
भट्टराई नेपालमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो। यो थर वशिष्ठ गोत्रको हुन्छ।भट्टराई खसजातिको थर हो । सिँजामा विक्रमको सातौँ आठौँ शताब्दीमा ऋषि भट्टबाट यो वंशले पहिचान बनाएको पाइन्छ । यिनका छैटौँ सन्तति गर्भू भट्टलाई तत्कालीन चल्ल राजाले न्यायको फाँट हेर्ने राजकीय काम जिम्मा दिएपछि भट्टराई भनिन थालिएको हो ।
जम्मा जनसङ्ख्या | |
---|---|
३,२२,१७५[१] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
![]() | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
अधिकारी, पौडेल, खत्री, पोखरेल |
भट्टराईका निम्न उप-समुदाय: सिन्धुले भट्टराई, सालुखे भट्टराई, गाम्नाङ्गे भट्टराई, चिसुङ्खे भट्टराई हुन्छ।
नेपालको इतिहासकालदेखि मानसम्मान पाउँदा आएका भट्टराई नेपालको एक बहुसङ्ख्यक थरीमा पर्छन् । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेपालकै सन्त राजनेता हुन्हुन्थियो । माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री थिए । भट्टराईको बंशावलीपनि एउटा संग्रहणिय पुस्तक हो ।
गाम्नाङ्गे भट्टराईसम्पादन
यिनीहरूको उत्पति ओखलढुङ्गा जिल्लाको गाम्नाङ्गटार भन्ने गाउँबाट भएको मानिन्छ । यिनीहरू १२ मष्टो मध्येको मण्डली मष्टो देवतालाई पुजेर देवाली पर्व (कुलपुजा) मनाउँछन्। देवालीमा "वशिष्ठ गोत्रको १८ भाइ मध्येको साँहिलो भैया हुँँ" भन्ने मूलधामीले दावा गर्छ।
नेपाली काङ्ग्रेसका पूर्वमन्त्री बलबहादुर केसी (भट्टराई क्षेत्री) गाम्नाङ्गे भट्टराई हुन् ।
सिन्धुले भट्टराईसम्पादन
सालुखे भट्टराईसम्पादन
चिसुङ्खे भट्टराईसम्पादन
आदिम कालमा चल्ल राजा को पालामा एक जना भट्ट लाई कानुन बिभाग को रास्टृय योजना कार सल्लाहकार (राय कार )को रूपमा राखिएको थियो। तिनै भट्टलाई राय जोडि भट्टराय साब भन्न थालियो बिस्तारै भट्टराय अपभ्रम्स भइ भट्टराई हुन । गयो तत्पश्चात तिनै बाबै का पाँच सन्तान थिये ती मध्दधे काइला सन्तान जो ओखलढुंगा को चिसाङ्खु भन्ने ठाउ बसे पहिला पहिला आफ्नो ठाउँ लाई बिर्ता भन्ने गरिन्थियो तसर्थ तिनै काइला छोराका सन्तान हुन जो चिसाङ्खु बिर्ता वाला का सन्तान हुन।
नेपालमा भट्टराई थरसँग उल्लेखनीय मान्छेहरुसम्पादन
- कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमन्त्री तथा राजनेता (नेपाली काँग्रेस).[२]
- बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राजनेता (माओवादी).[३]
- विजयनाथ भट्टराई, नेपाल राष्ट्र बैङ्कका तेर्हौं गभर्नर
- बलबहादुर केसी, (भट्टराई क्षेत्री) सोलुखुम्बुका सभासद, भू.पू. मन्त्री
- शरद्चन्द्र शर्मा भट्टराई, २०५१ सालको मदन पुरस्कार विजेता साहित्यकार
- नविन के भट्टराई, चर्चित गायक
- कृष्ण धारावासी, (कृष्ण भट्टराई) "झोला" र "राधा"का लेखक, २०६३ मदन पुरस्कार विजेता
- सुबिन भट्टराई; "साया", "समरलभ" र "मनसुन"का लेखक रोशन भट्टराई झापा जिल्ला क्याम्पस विशेष जिल्ला कमिटि कोसाध्यक्ष २०६४/०६५
- रवि भट्टराई https://www.facebook.com/RabiBhattaraii: पूर्व भोजपुर जन्मेर काठमाण्डौँलाई कर्मथलो बनाई समसामयिक विषयमा कलम चलाउने पत्रकार हुन् ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "भट्टराई प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१३।
- ↑ "Krishna Prasad Bhattarai", Encyclopædia Britannica, अन्तिम पहुँच २०१२-०५-१३।
- ↑ Navin Singh Khadka (२००५-०५-०६), "Nepal's Maoist leadership divisions", South Asia, BBC News, अन्तिम पहुँच २०१२-०५-१२।