बर्दघाट नगरपालिका
बर्दघाट नेपालको लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने एक नगरपालिका हो।[४] बर्दघाट बजार नगरपालिकाको केन्द्र हो।[५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा माकर र पञ्चनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए[६] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा धुर्कोट (७,८), जहदा, जमुनिया (१,८), दाउन्नेदेवी र रूपौलिया (१,२) गाविसहरू यसमा गाभिएका थिए।
बर्दघाट | |
---|---|
आदर्श वाक्य(हरू): "बर्दघाट नगरपालिकाको चाहना
शान्ति, समृद्ध, सम्मुनत र सुन्दर समाजको स्थापना" | |
निर्देशाङ्क: २७°३३′N ८३°४८′E / २७.५५°N ८३.८०°Eनिर्देशाङ्कहरू: २७°३३′N ८३°४८′E / २७.५५°N ८३.८०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[१] |
स्थापना | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | सम्भुलाल श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | रुद्रप्रकाश उपाध्याय (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १८०.९६ किमी२ (६९.८७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७६,७०३ |
• घनत्व | ४२०/किमी२ (११००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
वेबसाइट | bardghatmun |
परिचय
सम्पादन गर्नुहोस्चितवन उपत्यकाबाट दाउन्ने पहाड भएर पश्चिम लाग्दा दाउन्ने पहाड सकिने बित्तिकै आउने नवलपरासी जिल्लाको प्रमुख वाणिज्य केन्द्र बर्दघाट हो। यो त्रिवेणी धाम जाने सडक र महेन्द्र राजमार्गको चोक बजार हो। बढदै गएको सञ्चार, खानेपानी तथा विद्युतको उपलब्धताले बर्दघाट द्रुततर गतीमा सहरीकरण तर्फ अघि बढीरहेको छ। बर्दघाटबाट सदरमुकाम परासी ३० कि.मी.को दुरीमा रहेको छ भने त्रिवेणी धाम २५ कि.मी.को दुरीमा रहेको छ। भरतपुर ७७ कि.मी. छ भने बुटवल ३८ कि.मी. रहेको छ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामग्राम नगरपालिकाको कुल जनसङ्ख्या ७६,७०३ रहेको छ भने यहाँ १८,५०१ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]
- ↑ "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति