राष्ट्रभाषा

(राज्यभाषाबाट अनुप्रेषित)

राष्ट्रभाषा, राष्ट्र भाषा वा राष्ट्रिय भाषा एउटा सार्वभौम सम्पन्न राष्ट्रको वास्तविक 'डी फ्याक्टो' वा कानुनी र औपचारिक 'डी जुरी' रूपमा प्रचलित तथा सो राष्ट्रका बहुसङ्ख्यक जनताले बोल्ने प्रमुख भाषा हो। यस शब्दको उपयोगमा भने केही स्थिरता छ। कुनै देशको एउटा क्षेत्रमा पहिलो भाषाको रूपमा बोलिने एउटा वा सो भन्दा बढी भाषाहरूलाई देशको राष्ट्रिय भाषाको रूपमा अनौपचारिक वा संविधानमा निर्दिष्ट गर्न सकिन्छ। १५० भन्दा बढी देशको संविधानमा राष्ट्रिय भाषाको उल्लेख गरिएको छ।

आधिकारिक भाषा र राष्ट्रभाषा

सम्पादन गर्नुहोस्

दक्षिण एसियाली देश

सम्पादन गर्नुहोस्

दक्षिण एसियामा रहेका आठ वटा राष्ट्रहरूको राष्ट्रभाषाको विवरण निम्नानुसार रहेको छ।

नेपाल

नेपालको संविधान २०७२ को धारा ६ अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषा मानिएको छ। नेपालको जनगणना २०६८ अनुसार नेपालमा १२३ वटा भाषा मातृभाषाको रूपमा बोल्ने गरिन्छ। नेपालको संविधान २०७२ को धारा ७ को दफा १ बमोजिम नेपालको सरकारी कामकाजको भाषा नेपाली भाषालाई कायम गरेको छ।[]

भारत

भारतीय संविधानमा कुनै पनि भाषालाई राष्ट्रभाषाको रूपमा मानिएको छैन।[] भारत सरकारले भारतमा बोलिने २२ वटा भाषाहरूलाई आधिकारिक भाषाको रूपमा स्थान दिएको छ। जसमा केन्द्र सरकार वा राज्य सरकारले आफ्नो क्षेत्र अनुसार कुनै पनि भाषालाई आधिकारिक भाषाको रूपमा चयन गर्न सक्छ। केन्द्र सरकारले आफ्नो कार्यहरूको लागि हिन्दी[]अङ्ग्रेजी भाषालाई आधिकारिक भाषाको रूपमा राखेको छ। यस बाहेक छुट्टा छुट्टै राज्यहरूमा स्थानीय भाषा अनुसार भिन्न भिन्न आधिकारिक भाषाहरूलाई छानिएको छ। वर्तमान समयमा २२ वटा आधिकारिक भाषाहरूमा असामी, उर्दु, कन्नड, कश्मीरी, कोङ्कणी, मैथिली, मलयालम, मणिपुरी, मराठी, नेपाली, ओडिया, पन्जाबी, संस्कृत, सन्थाली, सिन्धी, तमिल, तेलगु, बोडो, डोगरी, बङ्गालीगुजराती छ। सन् २०१० मा भारतको गुजरात उच्च अदालतले सबै भाषाहरूलाई समान अधिकार दिएर राख्नुपर्ने भनेको थियो, यद्यपि अदालत र अन्य केही स्थानहरूमा मात्रै अङ्ग्रेजी भाषालाई स्थान दिइएको छ।

पाकिस्तान
अफगानिस्तान
भुटान
बङ्गलादेश

बङ्गलादेशको एक मात्र आधिकारिक र वास्तविक भाषा बङ्गाली भाषा हो।

श्रीलङ्का
मालदिभ्स
बङ्गलादेश

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "हाम्रो राष्ट्रभाषा कुन हो ?", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२८ 
  2. "Why Hindi isn't the national language", मूलबाट ३ जून २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जून २०१९ 
  3. "सङ्ग्रहित प्रति", मूलबाट ६ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१८