अभि सुवेदी
अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्।[१] उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।[२]
अभि सुवेदी | |
---|---|
अभि सुवेदी | |
![]() अभि सुवेदी सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा बोल्दै | |
जन्म | अभिनारायण सुवेदी वि.सं २००२ असार १७ साब्ला, तेह्रथुम, नेपाल |
राष्ट्रियता | ![]() |
शिक्षा | एम. ए. (अङ्ग्रेजी), एम. एस्सी.(भाषाशास्त्र), विद्यावारिधि |
मातृ शिक्षाप्रतिष्ठान | इडिनबर्ग विश्वविद्यालय, स्कटल्यान्ड |
पेशा | लेखन |
चिनारीको कारण | कविता, नाटक, समालोचना |
उल्लेखनीय कार्य | आरुका फूलका सपना, कार्पेट टाँगिएको आकाश |
गृहनगर | काठमाडौ |
जीवनसाथी | विन्दु सुवेदी |
सन्तान | गिरीश सुवेदी, सलिल सुवेदी |
पुरस्कार | सार्क साहित्य एवार्ड, युगकवि सिद्धिचरण पुरस्कार |
प्रारम्भिक जीवनसम्पादन
अभि सुवेदीको जन्म वि.स. २००२ असार १७ मा तेह्रथुम जिल्लाको साब्लामा भएको हो । आफू सानै हुँदा बुवाको देहान्त भएका सुवेदीले प्रारम्भिक शिक्षादीक्षा आमाबाट नै प्राप्त गरे । उनी स्कूलको पढाइ साब्लामा नै पूरा गरेर कलेज पढनका लागि धरान झरे ।[२][३]
शिक्षासम्पादन
सुवेदीले त्रिभुवन विश्वविद्यालय, नेपालबाट एम्. ए.(अङ्ग्रेजी), तथा बेलायतबाट भाषाशास्त्रमा एम. एस्सी. एवम्, विद्यावारिधीको उपाधी हासिल गरेका छन् ।
कार्य जीवनसम्पादन
अभि सुवेदी करिव चालीस वर्ष त्रिभुवन विश्वविध्यालयमा प्राध्यापन गरी हाल सेवा निवृत्त भएका छन् । उनी हाल स्वतन्त्ररूपमा सिर्जनारत छन् ।
लेखनशैलीसम्पादन
निचरेर सुकाएको आकाश
-अभि सुवेदी
आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।
लेखन एवम् प्रकाशन / मुख्य कृतिहरूसम्पादन
कवितासङ्ग्रहसम्पादन
- शब्द र चोट - सन् १९९७
नाटकसम्पादन
- तीन नाटक - सन् २००८ ISBN 99933-647-3-8 [४]
- चिरिएका साँझहरू - सन् २०१३
- पाँच नाटक - सन् २००४ ISBN 99933-890-9-9 [५]
- आरुका फूलका सपना ISBN 999331160X
निबन्धसङ्ग्रहसम्पादन
- निबन्धमा उत्तरवर्ती कालखण्ड - सन् २००९ ISBN 9789993307211 [६]
- कार्पेट टाँगिएको आकाश
- निबन्ध र टुँडिखेल - सन् २००८
- फ्लानरको डायरी - सन् २०१४
अनुवादसम्पादन
- जापानी नोह नाटक - सन् १९८९
- पोयम्स अब् द सेन्चुरी - सन् २०००
- भ्वाइसेस अब् नेपाल (संयुक्त) - सन् १९९९
- बियोन्ड बोर्डर्स (संयुक्त) - सन् २००२
- जापानी हाइकु - हिजो र आज - सन् १९८७
- आधुनिक जापानी कविता - सन् १९८७
समालोचनासम्पादन
- सहित्य र आमवृत्त - सन् २०१३ ISBN 9789937852531 [७]
- जापानी हाइकु - हिजो र आज - २०४४[८]
- पाश्चात्य काव्य सिद्धान्त - वि. सं. २०३० (सन् १९७३) [९]
- रचना र माध्यम [१०]
- सिर्जना र मूल्याङ्कन - सन् १९८२ [१०]
- माध्यम र रचना - सन् १९९७
सम्पादनसम्पादन
- जापानी नोह नाटक
- समकालिन नेपाली कविता - सन् १९९६
- विश्वसाहित्यको ऐतिहासिक रूपरेखा - सन् १९७४
- पच्चीस वर्षका नेपाली कविता - सन् १९८२
- आधुनिक नेपाली कविता - सन् १९८७
अङ्ग्रेजी भाषामा प्रकाशित कृतिहरूसम्पादन
- ब्रूज्ड इभिनिङ्स (नाटक), (Bruised Evenings 2011 (Play).[११]
- नेपाली थिएटर एज आई सी इट (Nepali Theatre as I See It, 2007) ISBN 999469989X [१२]
- थ्री प्लेज (अनुवाद- सङ्गीता रायमाझी) (Three Plays. Trans Sangita Rayamajhi, 2003) ISBN 9993364738
- ड्रीम्स अब् पीच ब्लासम्स (Dreams of Peach Blossoms, 2001, 2012 (play) [११]
- इकाइ कावागुची - द ट्य्रासप्यास इनसाइडर (Ekai Kawaguchi: the Trespassing Insider, 1999.) ISBN 99933-10-02-5 [१३]
- चेसिङ ड्रीम्स - काठमाडौँ ओडिसी (Chasing Dreams: Kathmandu Odyssey, (poetic play) ASIN B0006F9QP4 [१४]
- नेपाली लिटरेचर - ब्याकग्राउन्ड एन्ड हिस्ट्री (Nepali Literature: Background and History, 1978.)
- मानस (अङ्ग्रेजी कविताहरूको संयुक्त सङ्ग्रह) (Manas (English poems), joint collection, 1974.)
प्रमुख पुरस्कार तथा सम्मानसम्पादन
- सार्क साहित्य पुरस्कार २०१० [१५]
- युगकवि सिद्धिचरण पुरस्कार [१६]
- डबली पुरस्कार २००२ [१७]
सन्दर्भ सूचीसम्पादन
- ↑ "‘आफैंले पढाएका प्रचण्डलाई चिनिनछु’ अभि सुबेदीसँग गुरु संवाद", onlinekhabar.com, २०७३ साउन ४ गते, अन्तिम पहुँच २०१७-१२-१२।
- ↑ २.० २.१ कोइराला, प्रा.डा.कुमारप्रसाद (सोमबार, १५ मङ्गसीर, २०७१), "निबन्धमा उत्तरवर्ती कालखण्डको आतिथ्यमा रमाउँदा", samakalinsahitya.com, अन्तिम पहुँच २०१७-१२-१२।
- ↑ "INTERVIEW WITH PROF. DR. ABHI SUBEDI", nepalihub.com, AUGUST १८, २०१४, अन्तिम पहुँच २०१७-१२-१२।
- ↑ http://www.mandalabookpoint.com/main_details.php?sid=137&cat=
- ↑ http://madanpuraskar.org/view_book_info.php?id=19855
- ↑ http://madanpuraskar.org/view_book_info.php?id=27509
- ↑ http://www.pandulipibooks.com/sahitya.php
- ↑ सुवेदी, अभि (Sat, १०/२२/२०११), "हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ", majheri.com, अन्तिम पहुँच २०१७-१२-१२।
- ↑ http://madanpuraskar.org/view_book_info.php?id=7548
- ↑ १०.० १०.१ समालोचना, साझा प्रकाशन
- ↑ ११.० ११.१ http://www.canadanepalprograms.com/2014/08/interview-with-prof-dr-abhi-subedi-in.html
- ↑ http://www.mandalabookpoint.com/main_details.php?sid=218&cat=%20&s=Others&t=Nepali%20Theatre%20As%20I%20See%20It
- ↑ http://www.mandalabookpoint.com/main_details.php?sid=26&cat=%20&s=Travelogue&t=Ekai%20Kawaguchi:%20The%20Trespassing%20Insider
- ↑ http://www.mandalabookpoint.com/main_details.php?sid=20&cat=%20&s=Poems&t=Chasing%20Dreams
- ↑ सार्क लिटरेरी एवार्ड
- ↑ युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित, साहित्य, KalikaFM 95.2
- ↑ page 371, The World of Theatre 2003 Edition: edited by Ian Herbert, Nicole Leclercq
यी पनि हेर्नुहोस्सम्पादन
बाह्य कडीहरूसम्पादन
- निबन्धमा उत्तरवर्ती कालखण्डको आतिथ्यमा रमाउँदा
- अभिनारायण सुवेदी
- डा. सुवेदीको पछिल्लो कृति>
- अभि सुवेदीका पाक्षिक लेख
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- ‘निबन्ध के हो ? बल्ल थाहा पाएँ’: अभि सुवेदी, सेतोपाटी, शनिबार, मंसिर २९, २०७०
- डा. शिव रिजाल, आरूका फूल, अभि सुवेदी र म, चितवन पोष्ट , नोवेम्बर ३०, २०१३
- लक्ष्मी, उत्सव र हुरी - अभि सुवेदी, मझेरी डट कम, २०६७ कार्तिक २१