नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा नेपालका चार वटा सम्पदाहरूलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

नेपाल भित्र रहेका विश्व सम्पदा क्षेत्रहरूको सूची ()

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको नेपाली सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: नेपालको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
क्रम

सं.

नाम चित्र क्षेत्र समय युनेस्को डेटा विवरण सन्दर्भ
चितवन राष्ट्रिय निकुञ्ज   चितवन जिल्ला, नारायणी अञ्चल,   नेपाल
२७°३०′०″उ॰ ८४°२०′०″पू॰ / २७.५००००°N ८४.३३३३३°E / 27.50000; 84.33333 (Chitwan National Park)
२०औं शताब्दी २८४; १९८४; vii, ix, x चितवन राष्ट्रिय निकुञ्ज (पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । [२]
काठमाडौँ उपत्यका   काठमाडौँ उपत्यका,   नेपाल
२७°४२′१४″उ॰ ८५°१८′३१″पू॰ / २७.७०३८९°N ८५.३०८६१°E / 27.70389; 85.30861 (Kathmandu Valley)
१४औं शताब्दी १३७; १९७९; iii, iv, vi काठमाण्डौ उपत्यका नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो । काठमाडौँ उपत्यकामा (अथवा नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । [३]
लुम्बिनी   रूपन्देही जिल्ला, लुम्बिनी अञ्चल,   नेपाल
२७°२८′८″उ॰ ८३°१६′३४″पू॰ / २७.४६८८९°N ८३.२७६११°E / 27.46889; 83.27611 (Lumbini, the Birthplace of the Lord Buddha)
५औं शताब्दी ६६६; १९९७; iii, vi लुम्बिनी गौतम बुद्धको जन्मथलो हो । लुम्बिनी अञ्चल यसै ठाउँको नामबाट नामाकरण गरिएको । [४]
सगरमाथा राष्ट्रिय निकुञ्ज   सोलुखुम्बु जिल्ला, सगरमाथा अञ्चल,   नेपाल
२७°५७′५५″उ॰ ८६°५४′४७″पू॰ / २७.९६५२८°N ८६.९१३०६°E / 27.96528; 86.91306 (Sagarmatha National Park)
१९औं शताब्दी १२०; १९७९; vii सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१ 
  2. "Chitwan National Park", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Kathmandu Valley", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  4. "Lumbini, the Birthplace of the Lord Buddha", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  5. "Sagarmatha National Park", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

    नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरुसम्पादन र सुचित बिश्वो सम्पदा सुचिमा सुचिकृत ६३० संपदा हरुछन्।
   युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारक सहित क्षेत्रउपत्यका आसपासका लिच्छविकालीन मठ मन्दीर सङ्गै चार शक्तिपिठ(तीन वटा ऐतिहासिक दरवार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।