भर्सायको सन्धि

भर्सेलिजको सन्धि (अङ्ग्रेजी: Treaty of Versailles फ्रान्सेली: Traité de Versailles) पहिलो विश्व युद्ध लाई अन्त्य गर्ने महत्वपूर्ण सन्धि थियो। यस सन्धिले जर्मनी र एलाइड शक्ति बीचको युद्ध अन्त्य भएको घोषणा गरेको थियो। यस सन्धिलाई सन् १९१९ जुन २८ का दिन हस्ताक्षर गरिएको थियो जुन आर्कड्युक फ्रन्ज फर्डिनान्ड को हत्या भएको पाँच वर्ष पछि भएको थियो (उक्त घटना विश्व युद्धको मुख्य कारण थियो)। जर्मनी पक्ष शक्तिहरूले पनि भिन्नै सन्धिहरु गरेका थिए।[१] यस सन्धि लिग अफ नेसन्सको सचिवालयमा २१ अक्टोबर १९९९ मा दर्ता भएको थियो।

{{{image_alt}}}
भर्सिल्स् सन्धिको बाहिरी आवरण, अङ्गरेजी संस्करण

सन्धिमा भएका प्रावधानहरुमा सबैभन्दा महत्वपूर्ण र दुविधात्मक विषयमा "सम्पू्र्ण विनाश र नोक्सानीमा जर्मनीले जिम्मा लिनुपर्ने" रहेको थियो। धारा २३१ मा रहेको, यही विषय नै दोषपूर्ण खण्डका रूपमा रहेको थियो। अर्थविद् जोन मेनार्ड केनेस (बेलायतका प्रतिनिधि) ले उक्त सन्धि जर्मनी प्रति अत्यधिक कठोर र प्रतिउत्पादक भएको तर्क गरेका थिए। केही तर्कमा भने उक्त सन्धि पनि धेरै उदार भएको धारणा पनि रहेका छन्। जर्मनीले यसको जमिनको ठूलो भागको त्याग्नुपर्ने र अन्य राज्य कब्जा गर्न जर्मनीमाथि प्रतिबन्ध लगाइएको थियो। भर्सेलिसको सन्धि जर्मनीमा लागू भएको थियो। यस कारण एडल्फ हिटलर र अन्य जर्मनेलीहरूले यो सन्धिलाई अपमानजनक मान्दथे र यसैले यो सम्झौतालाई द्वितीय विश्वयुद्धको कारण मानिन्छ।

पृष्ठभुमिसम्पादन

प्रथम विश्व युद्धसम्पादन

Newsreel footage of the signing of the peace treaty at Versailles

२८ जुन १९१४ मा, आष्ट्रिया हांगेरी का गद्दी का उत्तराधिकारी, आर्कड्युक फ्रान्ज फर्डिनान्डको सर्बियाली राष्ट्रवादीद्वारा हत्या भयो।[२] यसको कारणले युरोपको माहोल तीव्र गतिमा बिग्रियो जस कारण अस्ट्रिया हंगेरीले सर्बिया बिरुद्ध युद्धको घोषणा गर्यो। त्यसपछी अधिकांश युरोपेली सैनिकहरू तुरुन्तै पहिलो विश्व युद्धमा प्रवेश गरे।[३] दुई गुट एक आपसमा भिडे, जर्मनीको नेतृत्वको केन्द्रिय शक्ति र (बेलायत, फ्रान्स र रसिया नेतृत्वको) त्रि पक्षीय गुट। युरोप, मध्य पूर्व अफ्रिका र एसियामा विश्व युद्धको आगो सल्किदै गएपछी अन्य देशहरू पनि युद्धमा छिरे। १९१७ मा, रुसी साम्राज्य मा दुई क्रान्ति भए। त्यसपछि भ्लादिमिर लेनिनको नेतृत्वमा बनेको नयाँ बोल्सेभिक सरकारले १९१८ मार्चमा जर्मनी सँग सन्धिमा हस्ताक्षर गर्यो, जुन धेरै हदसम्म जर्मनको पक्षमा थियो। अमेरिकी सैनिक तयार हुनुभन्दा अगाडि विजय हासिल गर्न सकिने भएकाले, जर्मनीले अब आफ्नो बल पश्चिमी मोर्चामा तैनाथ गर्यो र एलाइज शक्तिलाई डुबाउने प्रयास गर्यो। तर त्यो प्रयास असफल रह्यो। तर त्यस विपरित, एलाइज शक्तिले निर्णायक रुपमा रणभुमी मा विजय पाए र नोबेम्बर १९१८ मा युद्धविराममा हस्ताक्षरको लागि बाध्य बनाए जुन आत्मसमर्पणको समान थियो । [४]

भर्सेलिज सन्धिका मुख्य प्रावधानसम्पादन

राष्ट्रसंघसम्पादन

राष्ट्रसंघको निर्माण एवं संगठन भर्सेलिज-सन्धिको एक अत्यन्त महत्वपूर्ण अंग थियो। सन्धिको प्रथम भागको सम्बन्ध यो संग नै छ। यो मूलतः राष्ट्रपति विल्सनको सृजना थियो। उसका विचार थियो कि राष्ट्रसंघलाई शान्ति-सम्मेलनको सबैभन्दा महान कृति मानिनेछ। लायड जर्जले लेखेका छन् विल्सन शान्ति-सन्धिको केवल उक्त भागलाई जसमा राष्ट्रसंघक व्यवस्था थियो, सबैभन्दा अधिक महत्व दिने गर्थे। यसको लागि उनी जे पनि त्याग गर्न तयार थिए र उनको प्रयास बाट नै राष्ट्रसंघ को निर्माण भयो। विल्सन बाहेक मित्रराष्ट्रका अन्य प्रतिनिधिहरूले यो विचार थियो कि राष्ट्रसंघ सम्बन्धी कुरा भर्सेलिज सन्धिको अन्तर्गत राख्न आवश्यक छैन। अन्ततः विल्सनको कुरा मानियो र राष्ट्रसंघको संविधानलाई भर्सेलिज सन्धिको अन्तर्गत नै राखियो । बर्सेलिज सन्धी को प्रथम २६ धाराहरू राष्ट्रसंघको संविधान नै हो, जसको उद्देश्य अन्तर्राष्ट्रीय सहयोगलाई बढाउनु तथा अन्तर्राष्ट्रीय शान्ति र सुरक्षालाई कायम राख्नु थियो।

क्षेत्रीय व्यवस्था/प्रणालीसम्पादन

एल्सेस-लरेन क्षेत्र:सम्पादन

भर्सेलिज सन्धिमा क्षेत्रीय परिवर्तन गरि जर्मनीलाई अंग-भंग गरियो। १८७१ मा, जर्मनीले फ्रान्सबाट एल्सेस-लरेनको क्षेत्रमा कब्जा गरेको थियो। सबैले एक स्वरले "यो एक गलत काम थियो र यसको अन्त्य आवश्यक छ" भनेर स्विकार गरे। त्यसकारण, सन्धिका सर्तहरू बमोजिम, एल्सेस-लोरेन फ्रान्सले फिर्ता पायो।

राइन ल्याण्ड : फ्रान्सको सुरक्षाको दृष्टि ले जर्मनीको राइन ल्याण्ड मा मित्र राष्ट्रहरूको सेना १५ वर्ष सम्म रहनेछ तथा राइन नदी आस-पासको क्षेत्रलाई स्थाई रूप ले निःशस्त्र गरियो ताकि जर्मनी कुनै प्रकारको किलाबन्दी गर्न नसकुन्।

सार क्षेत्र : सार क्षेत्र जर्मनीमा कोइला क्षेत्रको लागि प्रसिद्ध थियो । यो प्रदेशको शासन व्यवस्थाको जिम्मेवारी राष्ट्रसंघलाई दिइयो तर कोइला खानीको स्वामित्व फ्रान्सलाई दिइयो। यो पनि तय गरियो कि १५ वर्ष पछी जनमत सङ्ग्रहद्वारा सारा क्षेत्रको बासिन्दा जर्मनी को साथ् रहन चाहन्छन् कि फ्रान्सको साथ तय गरिनेछ । यदि सारवासी जर्मनीको साथ मिल्न चाहन्छन् भने जर्मनी फ्रान्सलाई निश्चित मूल्य दिएर ती खानीहरू पुनः खरीद गर्नेछ ।

बेल्जियम एवं डेनमार्क की प्राप्ति : यूपेन मार्शनेट र मलमेडीको प्रदेश बेल्जियमको अधीन गरियो। श्लेशविगमा जनमत संग्रह गरेर त्यहाँको उत्तरी भाग डेनमार्कलाई दिइयो ।

जर्मनीको पूर्वी सीमा : जर्मनीलाई सबैभन्दा अधिक क्षति पूर्वी सीमामा उठाउनु पर्यो । मित्र राष्ट्रहरूले एक स्वतन्त्र पोल्याण्ड राज्य को निर्माणको निर्णय गरे । डान्जिङलाई स्वतन्त्र नगरको रूपमा परिवर्तित गरियो र उसलाई राष्ट्र संघको संरक्षणमा राखियो । पोल्याण्डलाई समुद्री मार्ग दिनको लागि डाजिंगको बन्दरगाहको उपयोग गर्ने अधिकार दिइयो। मेमेलको बन्दरगाह जर्मनीबाट खोसेर लिथुआनियालाई दिइयो । जर्मनीले चेकोस्लोवाकियालाई राज्य को मान्यता दियो । यस प्रकार प्रादेशिक व्यवस्थाको कारण जर्मनी को २५ हजार वर्ग मीलको प्रदेश र ७० लाखको जनसंख्या गुमाउनु पर्यो ।

जर्मन उपनिवेश सम्बंधी व्यवस्था : मित्र राष्ट्र जर्मन उपनिवेशहरूलाई आफ्नो आफ्नो साम्राज्यमा मिलाउन चाहन्थे तर विल्सनले यसको कडा विरोध गरे। वुड्रो विल्सनको विरोधको कारण, मित्र राष्ट्रहरूले संरक्षण प्रणाली सुरु गरे। यसको अर्थ यो थियो कि जुन देश एकदम पिछदिएको छ, त्यस देशको समुचित कल्याण र विकास गर्नु । सभ्य राष्ट्रमा पवित्र धरोहरको रूप राष्ट्रसंघको तर्फाबाट त्यस देशको उन्नतिको लागि दिन पर्छ। Mindet व्यवस्थाको माध्यमले जर्मनीलाई आआफ्नो सबै उपनिवेश त्याग्नु पर्यो र ती उपनीवेशालाई मित्र-राष्ट्रको संरक्षणमा राखियो। प्रशान्त महासागरको कयौ द्विप तथा अफ्रीकी महादेशमा स्थित उपनिवेश जर्मनीले गुमाउनु पर्यो ।

सैन्य प्रणालीसम्पादन

जर्मनेली सेनाको अधिकतम सङ्ख्या १ लाख बनाइएको थियो। यसको अतिरिक्त, नौसेना शक्ति पनि सीमित रहेको थियो। जर्मनीमा मात्र नौसेनाको ६ युद्धक्षेत्रलाई अनुमति दिइएको थियो भने सहयोगीहरूका पनडुब्बीहरूलाई कम लगाउने बारे छलफल गरिएको थियो।

वित्तीय प्रणालीसम्पादन

नैतिक दायित्वसम्पादन

सन्धिको २३१ औँ सन्धिको अनुसार जर्मनी सबै क्षति र युद्धको लागि जिम्मेवार बनाइयो।

राजनीतिक व्यवस्थासम्पादन

राष्ट्रसंघको स्थापना राजनीतिक प्रणाली अन्तर्गत भर्सेलिजको सन्धिको एक महत्त्वपूर्ण भाग थियो। संयुक्त राष्ट्रसंघको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र सुरक्षा कायम राख्नु थियो।

सन्धिको मूल्याङ्कनसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Davis, Robert T., सम्पादक (२०१०), U.S. Foreign Policy and National Security: Chronology and Index for the 20th Century 1, Santa Barbara, California: Praeger Security International, पृ: ४९, आइएसबिएन 978-0-313-38385-4 
  2. Tucker & Roberts 2005, pp. xxv, 9.
  3. Tucker & Roberts 2005, p. 1078.
  4. Wiest 2012, pp. 126, 168, 200.

बाह्य कडीहरूसम्पादन