दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गाविसहरू यसमा गाभिएका थिए।
दक्षिणकाली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°Eनिर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | मोहन बस्नेत (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | बसन्ती तामाङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ४२.६८ किमी२ (१६.४८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २६,३६२ |
• घनत्व | ६२०/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दक्षिणकाली नगरपालिकाको कुल जनसङ्ख्या २६,३७२ रहेको छ भने यहाँ ६,४८९ घरधुरी रहेका छन्।[२]
क्षेत्र
सम्पादन गर्नुहोस्काठमाडौबाट करीब एक घण्टाको दुरिमा रहेको यस नगर धार्मिक , पर्यटकिय , मौलिक , सान्स्कृतिक आदी महत्त्वको लागि धनी छ । प्राय नेवारको बाहुल्यता रहेको फर्पिङ बजार क्षेत्र अनी आसपासका क्षेत्रमा बाहुन छेत्री लगायत अन्य समुदायको बाक्लो उपस्थिती रहेको छ।[४]
पर्यटन
सम्पादन गर्नुहोस्-
दक्षिणकाली मन्दिर
-
फर्पिङ बजार (२००७)
नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली, नेपालको पहिलो विद्युत फर्पिङ (चन्द्रज्योती) विद्युत, नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला (हाल फर्पिङ मा बि), चार नारायण मध्यको एक शेषनारायण, गोपालेस्वर पिठ, असुरा गुफा, पद्मसम्भव गुफा, केही सुविधा सम्पन्न रिसोर्टहरू, हरियाली बातावरण यहाँको विशेषताहरू हुन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मङ्सिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।