शेषनारायण मन्दिर
शेषनारायण मन्दिर बाग्मती अञ्चल अन्तर्गत हालको दक्षिणकाली नगरपालिका पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल हो । काठमाडौँको प्रसिद्ध चार नारायण मध्य शेषनारायण पनि एक हो र हरेक हरिबोधनी एकादशीको दिन यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। राजधानीबाट करिब १५ कि मि को दुरिमा रहेको यस ठाउँमा अन्य दिनहरूमा पनि चहलपहल हुने गर्दछ । मनोरम दृष्य, शितल अनि शान्त वातावरणको अनुभुती हुने यस पवित्र मन्दिरलाई बौद्ध धर्माबलम्बीहरूले पनि विशेष महत्त्वका साथ दर्शन गर्ने गर्दछन।
शेषनारायण मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | दक्षिणकाली नगरपालिका |
सम्बन्धन | हिन्दू |
देवता | विष्णु |
चाडपर्व | हरिबोधनी एकादशी |
जिल्ला | काठमाडौं जिल्ला |
प्रदेश | बाग्मती प्रदेश |
देश | नेपाल |
उत्पत्ति
सम्पादन गर्नुहोस्शेषनारायणका बारेमा विभिन्न किम्बदन्तीहरु प्रचलित रहेका छन् । तर यसको उत्त्पतिको कारण यही नै हो भन्ने यकिन प्रमाण भने कही कतै पाईेको अवस्था छैन ।
जलविद्युत
सम्पादन गर्नुहोस्शेषनारायणको पानी प्रयोग गरी नेपालको पहिलो जलविद्युत (चन्द्र ज्योति) को उत्पादन सुरु गरिएको थियो र हाल सम्म पनि प्रयोग नै गरिएको छ भने ललितपुरका विभिन्न भागमा आजपनि यही स्थानको पानीलाई पिउने पानीको रूपमा वितरण गर्ने गरिएको छ ।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्