थापा वंश

नेपाली क्षेत्री राजनैतिक वंश
(थापा काजी वंशबाट अनुप्रेषित)

थापा काजी खलक वा थापा काजी वंश वा थापा भारदार परिवार नेपालको एक थापावंश हो[१] जसले सन् १८०६ देखि १८३७ र सन् १८४३ देखि १८४५ सम्म शासन गर्यो ।[२] राणा वंशको उदयपूर्व यो परिवारले नेपालका शाह वंश, बस्नेत परिवारपाँडे वंशसँगै राजनीतिक शक्तिको प्रतिस्पर्धा गर्यो ।[१] पाँडे वंश र थापा वंश राजनीतिक रूपमा सदैव कट्टर दुश्मन रहे ।[३] यो वंश थापा कुल बाट उत्पत्ति भएका मुख्तियार भीमसेन थापाको परिवारलाई जनाउँदछ। तर बडाकाजी अमरसिंह थापाका सन्तानहरू पनि भारदार र उच्च अधिकारी भएकाले एउटै कुलको भीमसेन परिवारसँगै कहिलेकाहिं यस वंशमा मिसिएको देखिन्छ। यस वंशका पुरुष व्यक्तित्वहरूलाई थापा काजी भनी सम्बोधन गरिन्छ।


थापा काजी खलक/थापा काजी वंश
थापा भारदार परिवार
भारदार परिवार
राष्ट्रनेपाल
सम्पदाथापाथली दरबार
बाग दरबार
धरहरा
उपाधिहरूकाजी, मुख्तियार
सम्बोधन शैलीहरूकाजी साहेब, थापा काजी
स्थापनावि.सं. १८६३
संस्थापक शासकभीमसेन थापा
अन्तिम शासकमाथवरसिंह थापा
अपदस्थवि.सं. १९०२
जातियताखस क्षेत्री
धर्महिन्दु
माथवरसिंह थापा, नेपालका प्रधानमन्त्री (सन् १८४३ देखि १८४५)

वंश उदय सम्पादन गर्नुहोस्

 
मुख्तियार भीमसेन थापाको तस्वीर

थापा वंशलाई उदय गराउन नेपाल दरबारका काजी भीमसेन थापाको प्रमुख योगदान छ ।[४] यो परिवारले सत्तामा आउनासाथ नेपालको राजपरिवार शाह वंशलाई नाममात्रको शासक बनाइ प्रशासन एवम् सैन्य शक्तिको पूर्ण परिचालन गरेको थियो । थापा वंशावलीका अनुसार मुख्तियार भीमसेन महाराजा जशोधर (धर्मराज) थापा क्षत्रीको २५औं वंशज हुन् ।[५] भीमसेन राजा रणबहादुर शाहको हजुरिया सल्लाहकार हुँदा उनको नजिकको मित्र बन्न पुगे । भीमसेनले राजा रणबहादुरलाई आफ्नो वैचारिक मार्गमा राखेर उनीबाट विभिन्न कार्यसम्पादन गराए । राजा रणबहादुरको हत्या पश्चात भीमसेनले भण्डरखाल पर्व (हत्याकाण्ड) मच्चाउँदा ५५ उच्च अधिकारीको ज्यान गयो र क्षत्रिय थापा नेपालको सत्तामा शीर्ष परिवार बन्न पुगे ।[६] त्यसपछि भीमसेन मुख्तियार (प्रधानमन्त्री) र आफ्नी भतिजी महारानी ललित त्रिपुरा सुन्दरीलाई राजमाता एवम् नायबी बनाइ ३१ साल सम्म भीमसेन मुख्तियार बने ।[६]

 
मुख्तियार भीमसेनको तस्विर घोडासँगै

थापाका दरबारहरू सम्पादन गर्नुहोस्

 
बाग दरबार मुख्तियार भीमसेन थापाको निजी निवास

थापा परिवारहरू पहिले थापाथली दरबार र पछि उनीहरूको बाग दरबारमा निवास रह्यो । बाग दरबारको निर्माण भीमसेन थापाले गरेका हुन् । [७]

 
थापाथली दरबार

बागदरबारमा जनरल बाग लगायत विभिन्न मन्दिरहरू एवम् पोखरी थियो । उक्त दरबार पछि पुनः थापावंशको उदय पछि प्रम माथवरसिंह थापाले कब्जामा लिए ।[८] छाउनी राष्ट्रिय सङ्ग्रहालय कुनै समयमा मुख्तियार भीमसेनको पूर्व निवास थियो । उक्त सङ्ग्रहालयमा काश्य चित्रहरू, पौभा चित्रहरू र हतियारहरू छन् जसमध्ये फ्रान्सेली राजा नेपोलियन बोनापार्टद्वारा उपहार दिइएको तरबार पनि छ ।[९]

 
छाउनी राष्ट्रिय सङ्ग्रहालय, मुख्तियार भीमसेनको पूर्व निवास

वंशवृक्ष सम्पादन गर्नुहोस्

भीमसेनको वंशवृक्ष (जन्मवर्ष सहित)

 
 
 
 
 
 
 
 
 
 
 
 

वीरभद्र थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

सत्यरूपा माया

 

अमरसिंह थापा (सानुकाजी) (वि.सं.१८१६)

 
 
 
 
 
 
 
 

?

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

भीमसेन थापा (वि.सं.१८३२)

 

नैनसिंह थापा

 

बख्तावर सिंह थापा

 

अमृतसिंह थापा

 

रणवीर सिंह थापा

 

रणबम थापा

 

रणजावर थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

? (सानैमा खसेको छोरा)

 

ललिता देवी पाँडे

 

जनक कुमारी पाण्डे

 

दीर्घा कुमारी पाँडे

नैनसिंह थापाको छुट्टै वंशवृक्ष:

 
 
 
 
 
 
 
 
 
 
 
 

नैनसिंह थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

ललित त्रिपुरा सुन्दरी (वि.सं.१८५०)

 
 

उजीर सिंह थापा (वि.सं.१८५२)

 

माथवरसिंह थापा (वि.सं.१८५५)

 

गणेश कुमारी कुँवर

 

शेरजङ्ग थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

रणोज्वल थापा

 
 

विक्रम सिंह थापा

 
 
 

अमरसिंह थापा*

  • माथवरसिंहका पुत्रको नाम अमरसिंह थियो जुन माथवरसिंहको हजुरबुवाको पनि हो । पुत्र अमरसिंह कर्णेल थिए ।[१०]

[११][१२][१०][१३]

सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्

नोट सम्पादन गर्नुहोस्

  1. १.० १.१ Joshi & Rose 1966, पृष्ठ 23.
  2. Joshi & Rose 1966, पृष्ठ 25.
  3. "Thapa and Pande family animosity", पृ: २६। 
  4. Pradhan 1966, पृष्ठ. 22-23.
  5. थापा वंशावली; लेखक: योगी नरहरिनाथ
  6. ६.० ६.१ Pradhan 2012, पृष्ठ 16.
  7. JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच १२ मे २०१७ 
  8. "Baghdurbar – The Tiger Palace | The Tara Nights", thetaranights.com, अन्तिम पहुँच १२ मे २०१७ 
  9. http://www.fishtail.org/index.php?option=com_page&task=view&id=371
  10. १०.० १०.१ Hamal 1995, पृष्ठ 206.
  11. Acharya 2012.
  12. Pradhan 2012, पृष्ठ 22-23.
  13. https://www.kantipur.ekantipur.com/ampnews/2014-03-01/384965.html[dead link]
  14. JBR, PurushottamShamsher (१९९०), Shree Teen Haruko Tathya Britanta (Nepaliमा), Bhotahity, Kathmandu: Vidarthi Pustak Bhandar, आइएसबिएन 99933-39-91-1 

किताब सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्