ज्योतिर्लिङ्ग

(ज्योतिर्लिंगबाट अनुप्रेषित)


हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां-जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्गको रूपमा पूजा गरिन्छ ।[१] नेपाली बृहत् शब्दकोशमा ज्योतिर्लिङ्गलाई सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग भनेर लेखिएको छ ।

  • सौराष्ट्र प्रदेशमा, श्रीसोमनाथ,
  • श्रीशैलमा श्रीमल्लिकार्जुन,
  • उज्जयिनी (उज्जैन)मा श्रीमहाकाल,
  • ॐकारेश्वर अथवा अमलेश्वर ,
  • परलीमा वैद्यनाथ,
  • डाकिनी नामक स्थानमा श्रीभीमशङ्कर,
  • सेतुबंधमा श्री रामेश्वर,
  • दारुकावनमा श्रीनागेश्वर,
  • वाराणसी (काशी)मा श्री विश्वनाथ,
  • गौतमी (गोदावरी)को तटमा श्री त्र्यम्बकेश्वर,
  • हिमालय केदारखंडमा श्रीकेदारनाथ
  • शिवालयमा श्रीघुश्मेश्वर।
ज्योतिर्लिङ्ग is located in भारत
सोमनाथ
सोमनाथ
मल्लिकार्जुन
मल्लिकार्जुन
महाकालेश्वर
महाकालेश्वर
ॐकारेश्वर
ॐकारेश्वर
वैद्यनाथ
वैद्यनाथ
भीमाशंकर
भीमाशंकर
रामेश्वरम
रामेश्वरम
नागेश्वर
नागेश्वर
काशी विश्वनाथ
काशी विश्वनाथ
त्रयम्बकेश्वर
त्रयम्बकेश्वर
केदारनाथ
केदारनाथ
घृष्णेश्वर
घृष्णेश्वर
बाह्र ज्योतिर्लिङ्गका स्थानहरू

हिन्दू मान्यता अनुसार जुन मानिस प्रतिदिन बिहान तथा साँझको समयमा यी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिन्छ, उसको सात जन्मको पाप यी लिंगहरूको स्मरण मात्रले पनि मेटिन्छ् ।

स्थलहरू सम्पादन गर्नुहोस्

१२ ज्योतिर्लिङ्गको नाम शिव पुराण अनुसार (शतरुद्र संहिता,अध्याय ४२/२-४)।

क्रसं ज्योतिर्लिङ्ग चित्र राज्य स्थिति वर्णन
सोमनाथ   गुजरात सौराष्ट्र श्री सोमनाथ सौराष्ट्र, (गुजरात)मा अवस्थित रहेको छ ।
मल्लिकार्जुन स्वामी   आंध्र प्रदेश कर्नुल आन्ध्र प्रदेश राज्यको कृष्णा जिल्ला कृष्णा नदीको तटमा श्रीशैल पर्वत श्रीमल्लिकार्जुन (दक्षिण कैलाश) अवस्थित रहेको छ ।
महाकालेश्वर   मध्य प्रदेश उज्जैन श्री महाकालेश्वर (मध्यप्रदेश)को मालवा क्षेत्र क्षिप्रा नदीको तटमा पवित्र उज्जैन नगरमा अवस्थित रहेको छ । उज्जैनलाई प्राचीनकालमा अवंतिकापुरी भनिन्थ्यो ।
ॐकारेश्वर   मध्य प्रदेश नर्मदा नदी नेर एउटा द्विप माथि मालवा क्षेत्रमा श्रीॐकारेश्वर स्थान नर्मदा नदीको बीचको द्वीपमा रहेको छ, यहाँ ॐकारेश्वर र ममलेश्वर दुई फरक-फरक लिङ्ग छ्, तर यो एक लिङ्गको दुई स्वरूपको छ । श्रीॐकारेश्वर लिंगलाई स्वयम्भू पनि भनिन्छ ।
केदारनाथ मन्दिर   उत्तराखंड केदारनाथ श्री केदारनाथ हिमालयको केदार नामक श्रृङ्गमा अवस्थित छ । शिखरको पूर्वतर्फ अलकनन्दा तटमा श्री बद्रीनाथ तथा पश्चिममा मन्दाकिनीको किनारमा श्री केदारनाथ रहेको छ । यो स्थान हरिद्वारबाट १५० माइल तथा ऋषिकेशबाट १३२ माइल टाढा उत्तरांचल राज्यमा रहेको छ ।
भीमाशंकर   महाराष्ट्र भीमाशंकर श्री भीमशङ्करको स्थान मुम्बईबाट पूर्व र पुनेबाट उत्तर भीमा नदीको किनार सह्याद्रि पर्वतमा छ । सह्याद्रि पर्वतको एक शिखरको नाम डाकिनी हो ।
काशी विश्वनाथ   उत्तर प्रदेश वाराणसी वाराणसी (उत्तर प्रदेश) स्थित काशीको श्रीविश्वनाथजी प्रमुख ज्योतिर्लिङ् मध्य एक हो । गंगा तटस्थित काशी विश्वनाथ शिवलिंग दर्शन हिन्दूहरूको लागि पवित्र मानिन्छ ।
त्रयम्बकेश्वर   महाराष्ट्र त्रयम्बकेश्वर, निकट नासिक श्री त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग महाराष्ट्र राज्यको नासिक नजिक ब्रह्मगिरिको निकट गोदावरीको किनारमा अवस्थित रहेको छ ।
वैद्यनाथ   झारखंड देवघर जिल्ला परम्परा र पौराणिक कथा अनुसार देवघर स्थित श्रीवैद्यनाथ ज्योतिर्लिङ्गलाई प्रमाणिक मानिन्छ ।
१० नागेश्वर   गुजरात द्वारका श्रीनागेश्वर ज्योतिर्लिङ्ग बडौदा क्षेत्र अन्तर्गत गोमती द्वारका नजिक रहेको छ ।
११ रामेश्वरम   तमिलनाडु रामेश्वरम श्रीरामेश्वर तीर्थ तमिलनाडु राज्यको रामानाथपुरम मा रहेको छ । यहाँ श्रीलङ्का विजय पश्चात भगवान श्रीराम द्वारा अराध्यदेव शंकरको पूजा गरेकोले यो ज्योतिर्लिङ्गलाई श्रीरामेश्वर या श्रीरामलिंगेश्वर को रूपमा चिनिन्छ ।
१२ घृष्णेश्वर मन्दिर   महाराष्ट्र निकट एल्लोरा गुफा, औरंगाबाद जिल्ला श्रीघुश्मेश्वर (गिरीश्नेश्वर) ज्योतिर्लिङ्गलाई घुसृणेश्वर वा घृष्णेश्वर पनि भनिन्छ । योमहाराष्ट्र राज्यको दौलताबाद स्टेसनबाट बाह्र माइल टाढा बेरूल गाउँमा रहेको छ ।

बाह् ज्योतिर्लिङ्ग र बाह्र राशिबीचको सम्बन्ध सम्पादन गर्नुहोस्

मेष सोमनाथ, वृष श्रीशैल, मिथुन महाकाल, कर्क अमलेश्वर, सिंह वैद्यनाथ, कन्या भीमशंकर, तुला रामेश, वृश्चिक नागेश, धनु विश्वेशं, मकर त्र्यम्बकं, कुम्भ केदार तथा मीन घृष्णेशं

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "बारह ज्योतिर्लिङ्ग, एक यात्रा", संस्थानको आधिकारिक वेबसाइट।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)