रानी कोमल
कोमल राज्य लक्ष्मी देवी शाह (जन्म २००७ फागुन ७ ) नेपालको महारानी थिइन् । उनी २०६५ जेठ १५ मा नेपालको राजतन्त्र अन्त्य हुनु अघि नेपालको अन्तिम महारानी थिइन् ।
कोमल | |||||
---|---|---|---|---|---|
महारानी | |||||
शासनकाल | २०५८ जेठ २३-२०६५ जेठ १५ | ||||
राज्याभिषेक | २०५८ जेठ २३ | ||||
पूर्वाधिकारी | ऐश्वर्य | ||||
उत्तराधिकारी | राजतन्त्रको अन्त्य | ||||
जन्म | बि.सं २००७ फाल्गुन ७ काठमाडौँ | ||||
Monarch | राजा ज्ञानेन्द्र | ||||
सन्तान | युवराज पारस शाह राजकुमारी प्रेरणा | ||||
| |||||
घराना | राणा परिवार (जन्म) शाह परिवार (विवाहe) | ||||
बाबु | केन्द्र शमशेर जबरा (१९८४-२०९३ ) | ||||
आमा | राज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ ) | ||||
धर्म | हिन्दु |
जीवनसम्पादन
रानी कोमलको जन्म बागमती, काठमाडौँमा राणा परिवार मा (पिता केन्द्र शमशेर जबरा (१९८४-२०९३ ) र आमा श्री राज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ ) भएको थियो । [१] रानी कोमल को दिदी ऐश्वर्य को बिवाह राजा वीरेन्द्रसँग भएको थियो । २०५८ जेठ २८ मा भएको दरवार हत्याकाण्डमा ऐश्वर्यको हत्या भएको थियो। कोमल त्यस घटनामा घाइते भएकी थिइन् र अस्पतालमा चार हप्ता बिताउनु परेको थियो ।[२]
हत्याकाण्डमा राजा बिरेन्द्र , युवराज दिपेन्द्र र राजकुमार निराजन वीर विक्रम शाहको हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।[३]
कोमलको बहिनी प्रेक्षाको बिबाह अधिराजकुमार धिरेन्द्रसँग भएको थियो । धिरेन्द्रको हत्या दरबार हत्याकाण्डमा भएको थियो भने प्रेक्षाको मृत्यु हेलिकप्टर दुर्घटनामा भएको थियो । उनीहरूको २०४६ मा सम्बन्ध विच्छेद भएको थियो ।[४]
उनको बिबाह अधिराजकुमार ज्ञानेन्द्र शाहसँग बैशाख १८, २०२७ भएको थियो । उनीहरूको दुई सन्तान थिए।
- युवराज पारस शाह ( जन्म : पौष १५, २०२८)
- राजकुमारी प्रेरणा (जन्म फाल्गुण ९, २०३४)
राजतन्त्रको अन्त्यसम्पादन
२०६५ जेठ १५ मा राजतन्त्र औपचारिक रूपमा अन्त्य भयो र सङ्घीय गणतन्त्र स्थापना भयो ।[५][६]
संरक्षणसम्पादन
- राज सभा सदस्य (२०३४)
- पशुपति क्षेत्र विकास कोष अध्यक्ष
सम्मानसम्पादन
- राष्ट्रिय सम्मान
- गोरखा दक्षिण बाहु (1975)
- ओम राम पट्ट (1980)[७]
- त्रिशक्ति पट्ट (1998)
- नेपाल प्रताप भास्कर (17/10/2001)
- ओजस्वी राज्य (07/04/2004)
- राजा महेन्द्र राज्याभिषेक पदक (02/05/1956)
- विशेष सेवा (1971)
- राजा बिरेन्द्र राज्याभिषेक पदक (24/02/1975)
- राजा बिरेन्द्रको गद्दी आरोहण रजत महोत्सव पदक (31/01/1997)
- विशेष सेवा (1999)
- राजा ज्ञानेन्द्र राज्याभिषेक पदक (04/06/2001)
- विदेशी सम्मान
सन्दर्भसम्पादन
शाही शीर्षक | ||
---|---|---|
पुर्वाधिकारी ऐश्वर्या |
नेपालको महारानी 2001-2008 |
रिक्त उत्तराधिकारी राजतन्त्रको अन्त्य
|