पारस शाह

नेपालका पूर्व युवराज

पारस वीर विक्रम शाह देव विक्रम सम्वत् २०२८ पुष १५ पूर्व राजा ज्ञानेन्द्रका तथा पूर्वरानी कोमल राज्य लक्ष्मीदेवि शाहका जेठा छोरा हुन। विक्रम सम्वत् २०५८ सालको दरबार हत्याकाण्डबाट तत्कालिन राजा बीरेन्द्र स्वर्गारोहण भए पश्चात पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए। उनलाई २०५८ कार्तिक १० विजया दशमीका दिन नेपाल अधिराज्यको श्री ५ युवराजधिराज घोषित गरिएको थियो।[१]

पारस शाह
श्री ५ युवराजधिराज
अटल विहारीको साथ पारस शाह
जन्म२०२८ पुष १५
काठमाडौँ, नेपाल
जीवनसाथीपूर्व राजकुमारी हिमानी शाह
सन्तानपूर्णिका शाह
हृदयेन्द्र शाह
कृतिका शाह
नाम
पारस वीर विक्रम शाह देव
घरानाशाह वंश
बाबुपूर्व राजा ज्ञानेन्द्र शाह
आमारानी कोमल
धर्महिन्दु

पारस शाहको विवाह हिमानी राज्यलक्ष्मी देवी शाहसँग विक्रम सम्वत् २०५६ माघ ११ मा भएको थियो। उनका छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाह हुन्।

शिक्षा सम्पादन गर्नुहोस्

पारस शाह नेपालका अन्तिम राजा ज्ञानेन्द्ररानी कोमलका एक मात्र छोरा हुन्। उनको बहिनीको नाम प्रेरणा शाह हो। उनले भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए भने उनले पछि बुढानिलकण्ठ स्कुल र ल्याबोरेटरी स्कुल, काठमाडौँमा अध्ययन गरेका थिए। पछि उनले आयोवाको लुथर कलेज[२] र संयुक्त अधिराज्यको शिलर अन्तर्राष्ट्रिय विश्वविद्यालयमा व्यवसाय प्रबन्धनमा स्नातकको लागि अध्ययन गरेका थिए। तथापि, उनले आफ्नो स्नातक शिक्षा पूरा गर्न असमर्थ रहेका थिए।[२]

गणतन्त्र पछी सम्पादन गर्नुहोस्

विक्रम सम्वत् २०६५ जेठ १५ नेपाल गणतन्त्र घोषणा गरेपछि राजपरिवारका अबै सदस्यहरू सामान्य नागरिक भए। त्यसपछि उनी सधै नेपाल मा बस्छन् ।।

सम्मान सम्पादन गर्नुहोस्

  • सु-प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु
  • विशिष्ट सेवा पदक
  • गद्दी आरोहण रजत महोत्सव पदक
  • श्री ५ वीरेन्द्र शुभ राज्याभिषेक पदक

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पारस शाह : हिजोका युवराज, आजका गँजडी !" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १९ डिसेम्बर २०२१ 
  2. २.० २.१ Crown ex-Prince Paras profile[dead link]