चापाकोट, स्याङ्जा
चापाकोट, स्याङ्जा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७०२ रहेको थियो जसमध्ये १९९३ पुरुष र २७०९ महिला रहेका थिए भने यहाँ १०८७ घरधुरी रहेको थियो।[१][२] यो हाल चापाकोट नगरपालिकामा पर्दछ।
चापाकोट, स्याङ्जा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°५७′१३″N ८३°३०′४४″E / २७.९५३७२८°N ८३.५१२३५१°Eनिर्देशाङ्कहरू: २७°५७′१३″N ८३°३०′४४″E / २७.९५३७२८°N ८३.५१२३५१°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,७०२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
चारै तर्फबाट डाँडाले घेरिएको चापाकोटलाई नेपालको एक नमुना उपत्यकाको रूपमा लिन सकिन्छ । विशेष गरी दक्षिण भागमा बगने कालीगण्डकी नदी जसलाई शालिग्राम शिलाको खानीको रूपमा चिनिन्छ, त्यसले अझ चापाकोटको सुन्दरतालाई बयान गर्दछ । ब्राह्मण, क्षेत्री, नेवार, सुनार, ठकुरी, सार्की, कुमाल, विश्वकर्मा, यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । प्राय गरी चापाकोट गाविसको उत्तरी भाग जुन केवारे भञ्ज्याङसँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा सार्की तथा ठकुरी जातिको बाहुल्यता छ भने पूर्वी भाग जुन सेखाम गाविससँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा प्राय नेवार तथा विश्वकर्मा लगायतका जातिहरूको बाहुल्यता पाइन्छ । त्यस्तै गरी दक्षिण भाग जुन कालीगण्डकी लाई सिमाना बनाउदै पाल्पासँग छुट्टिएको छ। अनि पश्चिमी भाग जुन पकवादी गाविससँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा भने प्राय बाहुन जातका मानिसहरू बसोबास गर्ने गर्दछन् । जुनसुकै जातजातिका मानिसहरू भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै हो । प्राय यहाँका मानिसहरू दसैं, तिहार, तीज लगायतका चाडहरू धुमधामका साथ मनाउने गर्दछन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति