उजिरसिंह थापा

नेपाल-अङ्ग्रेज युद्धका नायक
(उजीर सिंह थापा बाट पठाईएको)

उजिरसिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अङ्ग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन्। पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ।[१] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।

श्री कर्णेल काजी
उजिरसिंह थापा
Ujir Singh Thapa in crown.jpg
योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पाल्पाका बडाहाकिम
कार्यकाल
वि.सं. १८७१ मङ्सिर ८[१] – १८८१
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
उतराधिकारीबख्तावरसिंह थापा
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत कृष्ण प्रतिपदा, बिहीबार
नेपाल
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)[१]
आर्यघाट, काठमाडौँ
नातानैनसिंह थापा (बुवा)
भीमसेन थापा (ठूलोबुवा)
माथवरसिंह थापा (भाइ)
सैनिक सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाईं/युद्धनेपाल-अङ्ग्रेज युद्ध (पाल्पा-बुटबल)

प्रारम्भिक जीवनसम्पादन

उजिरसिंह थापाको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत कृष्ण प्रतिपदामा भएको थियो।[२] उनका पूर्वज काजी वीरभद्र थापाले नेपालको एकीकरणमा युद्ध लडेका थिए र उनकी आमा मूलकाजी रणजीत पाँडेकी छोरी थिइन्।[३] उनका भाइबहिनी मुख्तियार माथवरसिंह थापा, महारानी ललित त्रिपुरा सुन्दरीगणेश कुमारी (जङ्गबहादुर राणाकी आमा) थिए।[४] थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्।[२] मुख्तियार भीमसेन थापाले थापाको रेखदेख पनि गरेका थिए।[२] उनलाई कर्णेलको दर्जा दिइएको थियो र उनले धनकुटा, सप्तरी, बारापर्सा क्षेत्रमा पनि काम गरेका थिए।[२]

बडाहाकिमसम्पादन

सानुकाजी अमरसिंह थापाको मृत्यु भएपछि १९-२० बर्सिए उजिरसिंह थापा वि.सं. १८७१ सालमा पाल्पाका बडाहाकिम भएका थिए।[२][५]

 
उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे। बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए। १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए। रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए।

अङ्ग्रेज हमला २२ पुष, १८७१ मा जीतगढीमाथि भयो। तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए। अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो। वुड गोरखपुर तिर फिर्ता गए। नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए।

मृत्युसम्पादन

वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौँ आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो। मृत्युको एघारौँ दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो। [१]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

स्रोतहरूसम्पादन

  1. १.० १.१ १.२ १.३ "उजिरसिंह थापाको सालिक", Annapurna Post, अन्तिम पहुँच २३ बैशाख २०७४ ०९:०५:०१ 
  2. २.० २.१ २.२ २.३ २.४ बानियाँ २०७०, पृष्ठ ५.
  3. बानियाँ २०७०, पृष्ठ २.
  4. बानियाँ २०७०, पृष्ठ ४.
  5. थापा, दिनबहादुर (१६ साउन २०७८), "उजिरसिंहको ऊर्जामय पुरुषार्थ", गोरखापत्र, अन्तिम पहुँच ७ साउन २०७९ 

कागजातहरूसम्पादन