स्वामीकार्तिक गाउँपालिका
स्वामीकार्तिक गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालकोे एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका जुकोट र साप्पाटा गाउँ विकास समिति हरूलाई जोडेर स्वामीकार्तिक गाउँपालिका बनाइएको हो ।[५][६] स्वामीकार्तिक गाउँपालिकाको कूल क्षेत्रफल ११०.५५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वटा वडा मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२,७८४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला र मुगु जिल्ला, पश्चिममा पाण्डव गुफा गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्ला सँग जोडिएको छ ।[७]
स्वामीकार्तिक | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ७ |
जिल्ला | बाजुरा |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | चिरञ्जीवी शाही [१] (एमाले) |
• उपाध्यक्ष | मिना बुढा (एमाले)[१] |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ११०.५५ किमी२ (४२.६८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,७८४ |
• घनत्व | १२०/किमी२ (३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५७ |
केन्द्र | साविकको वाई गाविसको कार्यालय |
वेबसाइट | swamikartikmun |
सन्दर्भ सामाग्रीसभ सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ Swamikartik "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४।[dead link]
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।