समता (पत्रिका)

बाबासहेब आम्बेडकरद्वारा प्रकाशित पत्रिका

समता बाबासाहेब आम्बेडकरद्वारा २९ जून १९२८ देखि प्रकाशन सुरु गरिएको दैनिक थियो । देवराव विष्णु नाईकद्वारा सम्पादित यस पत्रिकाले बाबासाहेब आम्बेडकरले समाज सुधार हेतु स्थापना गरेको तत्कालीन समाज समता सङ्घ (वर्तमानको समता सैनिक दल) को मुखपत्रको भूमिका निर्वाह गर्थ्यो ।

समता
प्रकारदैनिक
ढाँचा७४९ से.मि × ४९७ से.मि.
प्रमुख सम्पादकदेवराव विष्णु नाईक
भाषामराठी
मुख्यालयमहाराष्ट्र, मुम्बई
देशभारत
वितरण१००० प्रति
स्थापना२९ जुन १९२८ (1928-06-29)

इतिहास सम्पादन गर्नुहोस्

सन् १९२८ पञ्जाबमा भाई परमानन्दले पनि आम्बेडकरले जस्तै समानताको माग गरी आन्दोलन सुरु गरेका थिए जसको समाचार र प्रगति सर्वसाधारण जनताको समक्ष पुर्याउने उद्देश्यले समता दैनिकको स्थापना गरिएको थियो । सन् १९२५ सम्म ब्राह्मण-ब्राह्मणेतर नामक पत्रिकाको सम्पादकको रूपमा निडर ब्राह्मण समुदायको विरोध गरेका देवराव विष्णु नाईकलाई यस पत्रिकाको प्रमुख सम्पादकको पदमा नियुक्त गरिएको थियो । यस पत्रिकामा ज्योतिबा फुलेका सामाजिक र धार्मिक विचार छापिएको थियो । बाबासाहेब आम्बेडकरले बहिष्कृत भारतको प्रकाशन रोकेपनि समताको प्रकाशन भने रोकेका थिएनन् । यसको सर्वत्र प्रबन्धनको जिम्मेवारी नाईक र कद्रेकरलाई समर्पण गरिएको थियो ।[१]

सन् १९२७ देखि सन् १९३४ सम्म आम्बेडकरले धेरै कष्ट सहनुपरेको थियो । महाड सत्याग्रह, कालाराम मन्दिर सत्याग्रह, गोलमेज सम्मेलन, महात्मा गान्धीको प्राणान्तिक उपोषण, पुणे सम्झौता जस्ता घटनाले उक्त समयकालमा समताजनता पत्रिकाका नाम परिवर्तन गरिएपनि सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।[२]

भारतइङ्ल्यान्डमा दलित समुदायको तर्फबाट बाबासाहेब आम्बेडकरले महत्त्वपूर्ण काम गर्नुपरेको थियो । गोलमेज सम्मेलनमा उनको भाषणको धेरैले सराहना गरेका थिए । बडोदाका महाराजा सयाजीराव गायकवाडले पनि आम्बेडकरको भाषणबाट प्रभावित भई उनलाई आर्थिक सहयोग गर्ने प्रस्ताव अघि सारेका थिए । यस आर्थिक सहयोगलाई व्यक्तिगत स्वार्थको उद्देश्यले स्वीकार गर्नुको साटो उनले जनता पत्रिकाको लागि एक ठूलो छापाखानाको निर्माण गरेका थिए ।[१]

पहिलो अङ्क सम्पादन गर्नुहोस्

समता दैनिकको पहिलो अङ्क २९ जून १९२८ मा बाबासाहेब आम्बेडकरद्वारा समाज सुधारको उद्देश्यले स्थापित तत्कालीन समता सङ्घको मुखपत्रको रूपमा प्रकाशन गरिएको थियो । बाबासाहेब आम्बेडकरले देवराव विष्णु नाईकलाई यस पत्रिकाको प्रमुख सम्पादकको पदमा नियुक्त गरेका थिए । इङ्ल्यान्डको जनता पत्रिकाले पनि आम्बेडकरको ध्यान आकर्षित गरेको थियो । यस पत्रको विशेष अङ्कका लागि आम्बेडकरले कद्रेकरलाई अङ्ग्रेजीमा विशेष सन्देश पठाएका थिए जसमा उनले कुनै बाह्य आर्थिक सहयोग नलिई जनता पत्रिकाको सञ्चालन गरेकोमा कद्रेकरको प्रशंसा गर्दै सहयोगको व्यवस्था मिलाउने प्रस्ताव राखेका थिए ।[३]

आम्बेडकर लन्डनतर्फ लाग्नु भन्दा अगाडि उनलाई मुम्बईमा नै सम्मानपत्र र थैली प्रदान गरी सम्मान गरिएको थियो । उत्तरको रूपमा उनले बहिष्कृत भारत पत्रिका धेरैले खरिद नगर्ने गुनासो गर्दै जनता पत्रलाई आफ्नो सम्पादनमा प्रकाशन गर्ने घोषणा गरेका थिए । फलस्वरूप २४ नोभेम्बर १९३० देखि जनता पाक्षिकको प्रकाशन सुरु भयो । बहिष्कृत भारतसमताका सदस्यता प्राप्त गरेका जनतालाई उनीहरूको सदस्यताको अन्त्य नभए सम्म जनताको निःशुल्क प्रति पठाइन्थ्यो ।[१]

पहिलो सम्पादक मण्डल सम्पादन गर्नुहोस्

बाबासाहेब आम्बेडकरको कर्मभूमि तत्कालीन महाराष्ट्रमा मराठीलाई आधिकारिक भाषाको दर्जा दिइएको हुनाले उनले सबै पत्रिका मराठीमा छाप्थे । आम्बेडकर अङ्ग्रेजीमा प्रवीण भएपनि महाराष्ट्रको तत्कालीन दलित समुदाय खासै साक्षर थिएन । त्यसैले उनले सर्वसाधारण जनताले पनि उनको पत्रिकाको उपभोग गर्न सकुन् भन्ने उद्देश्यले मराठीमा पत्रिका प्रकाशन गर्थे । जनता पत्रको पहिलो अङ्कमा सम्पादक मण्डलले बहिष्कृत भारतसमताको प्रकाशन बन्द भएपछि पाक्षिकमा दलित तथा पिछडिएका वर्गको आवाज विस्तार गर्ने कुनै विशेष लेख वा पत्र नभएको गुनासो गरेका थिए । उक्त मण्डलले विकृत प्रोत्साहन रहेको स्वीकार गर्दै पिछडिएका वर्ग प्रति समवेदना र धैर्य देखाउने कुनै लेख नभएको बताएका थिए । यद्यपि, समताबहिष्कृत भारतका पाठकले जनता जस्तो पत्रिकालाई निरन्तरता दिनुपर्ने पक्षमा कुरा सारेका थिए जसका लागि उनीहरूले आफैँ पत्रिकामा प्रकाशन हुन योग्य पत्र पठाएका थिए ।[१]

सन् १९३५ वा सन् १९३६ तिर बाबासाहेब आम्बेडकरले दलित समुदायको मार्गदर्शनको रूपमा उनले जनता पाक्षिकमा आफ्ना लेख पनि प्रकाशन गर्थे । सन् १९३७ मा बाबासहेब आम्बेडकरले आफूले स्थापना गरेको स्वतन्त्र मजदूर पार्टीको तर्फबाट चुनावमा भाग लिँदा जनताले समाचार पुर्याउने उत्कृष्ट काम गरेको थियो । पछि भारत स्वतन्त्र मुलुक भएपछि कानुन एवम् न्याय मन्त्रीको पदमा आम्बेडकरले बनाएका भारतीय संविधानको मस्यौदा जनताको माध्यमबाट नै सार्वजनिक गरिएको थियो । १९ अक्टोबर १९३१ देखि जनतालाई साप्ताहिक रूपमा प्रकाशन गर्न थालिएको थियो र सन् १९५६ मा देवराव नाईक, भारत कद्रेकर, गणेश सहस्रबुद्धे, बी.सी. काम्बलेयशवन्त आम्बेडकरलाई सम्पादनको जिम्मेवारी दिइयो । त्यही वर्ष बाबासाहेब आम्बेडकर बौद्ध धर्ममा लागेपछि जनताको नाम प्रबुद्ध भारत राखियो जसपश्चात दादा रूपवते र शङ्करराव खरातले पत्रिका सम्पादन गर्न थाले । प्रबुद्ध भारतको सम्पादन र प्रसिद्धिमा मधु ताम्बेकरको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।[१]

थप लेख सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ लेले, आर. के. (सन् २००९), मराठी वृत्तपत्रांचा इतिहास, पुणे: कन्टिनेन्टल प्रकाशन। 
  2. चिन्चोलकर, रविन्द्र (२३ नोभेम्बर २००७), स्वातंत्र्यपूर्व काळातील बहुजनाची वृतपत्रे, अन्तिम पहुँच ३ मे २०१९ 
  3. काम्बले, राजीव एस., "Dr. Ambedkar as a journalist a study", शोधगङ्गा, अन्तिम पहुँच ३ मे २०१९ 

बाह्य कडी सम्पादन गर्नुहोस्