मूकनायक
मूकनायक समाजमा विद्यमान वेदना र विद्रोह प्रकट गर्ने उद्देश्यले सन् १९२० देखि बाबासाहेब आम्बेडकरद्वारा पाक्षिक रूपमा प्रकाशित मराठी पत्रिका थियो ।[१] यसको पहिलो अङ्क ३१ जनवरी १९२० मा प्रकाशन गरिएको थियो । आम्बेडकर आफैँ व्यस्त भएको हुनाले उनले छानेका महार जातका पाण्डुरङ्ग नन्दराम भटकरको सम्पादन र ज्ञानदेव ध्रुवनाथ घोलपको प्रबन्धनमा मूकनायकलाई पाक्षिक रूपमा मुम्बईबाट सञ्चालन गरिन्थ्यो । यसको पहिलो अङ्कको अग्रलेख "मनोगत" आम्बेडकरले स्वयम् लेखेका थिए र पत्रिकाका तेह्र अङ्कका लागि पनि विभिन्न लेख लेखेका थिए । छत्रपति राजर्षि शाहू महाराजले मूकनायकलाई ₹२,५०० दान गरी मूकनायकलाई आर्थिक सहयोग गरेका थिए । आम्बेडकरको तत्कालीन कर्मभूमि महाराष्ट्रमा मराठीलाई आधिकारिक भाषाको दर्जा दिइनुका साथै दलित समुदायमा साक्षरता दर कम भएको हुनाले आम्बेडकरले मूकनायकलाई अङ्ग्रेजीको साटो मराठीमा प्रकाशन गरेका थिए ।[२][३]
यस पाक्षिकको प्रमुख उद्देश्य दलित, गरिब र शोषित जनताको आवाज सरकार र अन्य जनताको समक्ष पुर्याउनु थियो । यसका लागि बाबासाहेब आम्बेडकरले आफ्ना लेखहरूमा बहिष्कृत अस्पृश्य समुदायले भोग्नुपरेका अन्यायमा प्रकाश पारी उक्त समुदायको अभिवृद्धि र उन्नतिका लागि तत्कालीन ब्रिटिस सरकारले चाल्न सक्ने कदमको सुझाव दिन्थे । अस्पृश्य समुदायको विकास र उत्थानका लागि राजकीय सत्ता र शैक्षणिक ज्ञान आवश्यक छ भन्ने आम्बेडकरको मान्यता थियो । ५ जुलाई १९२० मा आम्बेडकर उच्च शिक्षाका लागि लन्डनतर्फ लागेपछि ३१ जुलाई १९२० देखि ज्ञानेश्वर ध्रुवनाथ घोलपलाई पत्रिकाको सम्पादकको पदमा नियुक्त गरिएको थियो ।[४]
हालसम्म मूकनायकका १९ अङ्क प्रकाशन भएका छन्, जसमा आम्बेडकरले वैचारिक लेख लेखेका छन् ।[५] मूकनायकमा प्रकाशित पत्रमा विविध विचार, समसामयिक घटना, चुनावित पत्रका सार, क्षेम, समाचार तथा कुशल पत्र समावेश गरिएको हुन्थ्यो । अप्रिल १९२३ मा यसको प्रकाशन बन्द भयो ।[६]
पहिलो अङ्क
सम्पादन गर्नुहोस्बाबासाहेब आम्बेडकरले भनेका थिए, "कुनै पनि आन्दोलन सफल हुनका लागि उक्त आन्दोलनको सम्बन्धमा एक पत्रिका हुन आवश्यक छ । पत्रिका नभएको आन्दोलन पखेटा नभएको चरा समान हुन्छ ।" यस पाक्षिकले बहिष्कृत अछुत समुदायको चेतना अभिवृद्धि गरी उनीहरूलाई आफ्नो अधिकारको बारेमा सचेत गरायो । मूकनायकको उद्देश्यको स्पष्टिकरण गर्नका लागि सन्त तुकारामका यी शब्द पर्याप्त छन्:
के गरिरहेका छौ अहिले ?
निसन्देह तोडेका छन् उनले ।।१।।
फरक पर्दैन संसारमा जो रहेपनि ।
सार्थक हुन्छ लाजोनी, हुँदैन रुचि ।।२।।
पहिलो अङ्कको सम्पादकीयमा उनले निम्न जन्मप्रतिज्ञा व्यक्त गरेका थिए,
"पिछडिएका वर्गले सहन गर्नुपरेका अन्यायमा प्रकाश पर्न र ती समस्याको समाधान गर्न चालिनुपर्ने कदमको बारेमा छलफल गर्नका लागि पत्रिका भन्दा राम्रो कुनै माध्यम छैन । यद्यपि, केही पत्रिका पढ्दा कुनै एक जातिको मात्रै प्रतिनिधित्व गरेको स्पष्ट हुन्छ । अन्तर्निहित रूपमा भन्ने हो भने यसमा कुनै समस्या छैन । तर, जब एउटा जातिको उत्थानका लागि अरू जातिलाई नराम्रो भनिन्छ, तब समस्या उत्पन्न हुन्छ । समाजलाई एउटा डुङ्गासँग तुलना गर्न सकिन्छ । जलमग्न डुङ्गामा एउटा व्यक्तिले अर्को व्यक्तिलाई हानि पुर्याई आफू राम्रो बन्न चाहेपनि अन्ततः दुबै पक्षले नोक्सान व्यहोर्नुपर्छ नै । यसरी नै अरूलाई हानि पुर्याउने व्यक्तिले स्वयम् पनि परिणाम भोग्नुपर्छ । तसर्थ, आफ्नो हितको लागि अरूलाई नराम्रो गर्नु भने हुँदैन ।"[७]
मूकनायकको पहिलो अङ्कमा छापिएको लेख निम्न प्रस्तुत छ:
हिन्दु समाज एक मिनार हो र जाति व्यवस्था उक्त मिनारको तल्ला तर ध्यानमा राख्नुपर्ने कुरा के हो भने यो मिनारमा तल माथि गर्नका लागि कुनै सिढी राखिएको छैन । कुनै पनि व्यक्ति जुन तल्लामा जन्म्यो, त्यही तल्लामा मर्नुपर्छ । भुइँ तल्लामा रहेको मान्छे जति सक्षम भएपनि ऊ माथिल्लो तलामा पुग्न सक्दैन । त्यसैगरी माथिल्लो तल्लाको मान्छे जति असक्षम भएपनि उसलाई भुइँ तल्लामा झारिँदैन ।[८]
प्रचलित संस्कृतिमा मूकनायक
सम्पादन गर्नुहोस्गङ्गाधर पानतावणेले मूकनायक शीर्षकमा आम्बेडकरको जीवनी लेखेका थिए ।[९]
थप लेख
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "‘मूकनायका’च्या हाकेची शंभर वर्षे !", महाराष्ट्र टाइम्स, १४ अप्रिल २०१९।
- ↑ "Dr. Ambedkar as a Journalist", वेलिवाडा (अमेरिकी अङ्ग्रेजीमा), २८ मार्च २०१८, अन्तिम पहुँच २७ डिसेम्बर २०१८।
- ↑ चौबे, कृपाशङ्कर (२८ मार्च २०१८), "वर्तमान के सन्दर्भ में आंबेडकर की पत्रकारिता का महत्त्व", फारवर्ड प्रेस (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ डिसेम्बर २०१८।
- ↑ गायकवाड, डा. ज्ञानराज काशीनाथ (सन् २०१६), Mahamanav Dr. Bhimrao Ramji Ambedkar (मराठीमा), रिया प्रकाशन, पृ: १०२।
- ↑ "Mahanews", महान्यूज, अन्तिम पहुँच २७ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०३ मिति
- ↑ "Beed Live", बीड लाइभ, अन्तिम पहुँच २७ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-०२ मिति
- ↑ गाठल, डा. एस. एस. (सन् २०१७), आधुनिक महाराष्ट्राचा इतिहास (मराठीमा), औरङ्गापुर, औरङ्गाबाद, महाराष्ट्र: कैलाश प्रकाशन, पृ: ४२४–४२५।
- ↑ राज बहादुर (१० फेब्रुअरी २०१७), "बाबासाहेब डा. आंबेडकर का सृजनात्मक साहित्य", फारवर्ड प्रेस, अन्तिम पहुँच २७ डिसेम्बर २०१८।
- ↑ पानतावणे, गङ्गाधर (१ जनवरी २०१०), "मूकनायक", अमेजन।