जनता (मराठी पत्रिका)

बाबासहेब आम्बेडकरद्वारा प्रकाशित पत्रिका

जनता बाबासाहेब आम्बेडकरद्वारा प्रकाशित पाक्षिक पत्रिका थियो । २४ नोभेम्बर १९३० मा देवराव विष्णु नाईकको सम्पादनमा यसको पहिलो अङ्क सार्वजनिक गरिएको थियो । सन् १९३० मा यसलाई पाक्षिकको साटो साप्ताहिक रूपमा छाप्न थालिएको थियो ।

सम्पादक डा. बाबासाहेब आम्बेडकर

जनता पत्रिकाको मूल आदर्श "गुलामाला तु गुलाम आहेस असे सांगा म्हणजे तो बंड करून उठेल" (अनुवाद: "दासलाई ऊ दास हो भन र उसले विद्रोह गर्न थाल्छ") थियो । यस पत्रिकाको माध्यमबाट बाबासाहेब आम्बेडकरले अस्पृश्य समुदायले भोगेका अन्यायमा प्रकाश पार्थे । यसका साथै भारतका जनताले पठाएका पत्र पनि यसमा समावेश गरिन्थ्यो ।

सन् १९५५ तिर चलिरहेका आन्दोलनका कारणले जनताको सम्पादन र प्रकाशनमा विभिन्न प्रकारका अनियमितता देखिएको थियो । ४ फेब्रुअरी १९५६ मा जनताको नाम परिवर्तन गरी प्रबुद्ध भारत राखियो ।

बाबासाहेब आम्बेडकरको कर्मभूमि तत्कालीन महाराष्ट्रमा मराठीलाई आधिकारिक भाषाको दर्जा दिइएको हुनाले उनले सबै पत्रिका मराठीमा छाप्थे । आम्बेडकर अङ्ग्रेजीमा प्रवीण भएपनि महाराष्ट्रको तत्कालीन दलित समुदाय खासै साक्षर थिएन । त्यसैले उनले सर्वसाधारण जनताले पनि उनको पत्रिकाको उपभोग गर्न सकुन् भन्ने उद्देश्यले मराठीमा पत्रिका प्रकाशन गर्थे । यद्यपि, त्यही समयमा महात्मा गान्धीले भने दलित समुदाय प्रति आफ्नो समर्थनको रूपमा हरिजन नामक अङ्ग्रेजी पत्रिका प्रकाशन गर्थे ।

थप लेख सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्