प्रबुद्ध भारत

बाबासहेब आम्बेडकरद्वारा प्रकाशित पत्रिका

प्रबुद्ध भारत बाबासाहेब आम्बेडकरद्वारा प्रकाशित पत्रिका थियो । १४ अक्टोबर १९५६ मा आम्बेडकर बौद्ध धर्ममा लागेपछि उनले जनता पत्रिकाको नाम परिवर्तन गरी प्रबुद्ध भारत राखेका थिए । यस पत्रिकाले अखिल भारतीय दलित फेडेरेसनको मुखपत्रको काम गर्थ्यो ।[१] आम्बेडकरको महापरिनिर्वाण भएपछि यस पाक्षिकको प्रकाशन बन्द गरिएको थियो । यद्यपि, ११ अप्रिल २०१७ मा महात्मा फुले जयन्तीको अवसरमा आम्बेडकरका नाति प्रकाश आम्बेडकरले प्रबुद्ध भारतलाई पाक्षिक रूपमा प्रकाशन गर्ने घोषणा गरेका थिए । घोषणा अनुसार १० मे २०१७ मा यसको पहिलो अङ्क प्रकाशन गरिएको थियो ।[२]

सम्पादक बाबासाहेब आम्बेडकर

दलित समुदायको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले बाबासाहेब आम्बेडकर विभिन्न पाक्षिक पत्रिकाको सम्पादन तथा प्रकाशनमा कार्यरत थिए । यी पाक्षिक पत्रिकाले दलित आन्दोलनको प्रगतिमा अतुलनीय योगदान पुर्याएका छन् । वास्तवमा बाबासाहेब आम्बेडकर दलित पत्रकारिताका पिता हुन् । उनी दलित पाक्षिकका प्रथम सम्पादक, संस्थापक र प्रकाशक थिए । वर्तमान दलित पत्रकारिताको स्तरको मापन गर्दा उनकै पत्रकारितासँग तुलना गरिन्छ । बाबासाहेब आम्बेडकरले मूकनायक, बहिष्कृत भारत, समताजनता पत्रिकाको प्रकाशन गरी दलित आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

बाबासाहेब आम्बेडकरको कर्मभूमि तत्कालीन महाराष्ट्रमा मराठीलाई आधिकारिक भाषाको दर्जा दिइएको हुनाले उनले सबै पत्रिका मराठीमा छाप्थे । आम्बेडकर अङ्ग्रेजीमा प्रवीण भएपनि महाराष्ट्रको तत्कालीन दलित समुदाय खासै साक्षर थिएन । त्यसैले उनले सर्वसाधारण जनताले पनि उनको पत्रिकाको उपभोग गर्न सकुन् भन्ने उद्देश्यले मराठीमा पत्रिका प्रकाशन गर्थे । यद्यपि, त्यही समयमा महात्मा गान्धीले भने दलित समुदाय प्रति आफ्नो समर्थनको रूपमा हरिजन नामक अङ्ग्रेजी पत्रिका प्रकाशन गर्थे ।

थप लेख सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. बहादुर, राज (१० फेब्रुअरी २०१७), "बाबासाहेब डा. आंबेडकर का सृजनात्मक साहित्य", फारवर्ड प्रेस 
  2. "डॉ. बाबासाहेब आंबेडकरांची आदर्श पत्रकारिता", बीड लाइभ, ५ डिसेम्बर २०१३। 

बाह्य कडी सम्पादन गर्नुहोस्