ल्हासा नेवार (वैकल्पिक नाम: ल्हासा नेवा) शताब्दी अघिदेखि काठमाडौं उपत्यकातिब्बतको बीचमा यात्रा गर्ने प्रवासी नेवार व्यापारी र कारिगरहरूलाई जनाउँछ। यी नेपाली व्यापारीहरूले नेपाल, तिब्बत र बङ्गाल, भारतबिच रेसम मार्गमार्फत व्यापार सञ्चालन गरेका थिए र दक्षिण एसियामध्य एसियाबिच आर्थिक र सांस्कृतिक आदानप्रदानको लागि बाँधको रूपमा काम गरेका थिए।[][]

तिब्बतको टुना मैदान पार गर्दै एउटा जत्था, पृष्ठभूमिमा चोमोल्हारी पर्वत।

व्यापारीहरूसँगै तिब्बतका विभिन्न भागहरूमा कारिगरहरूको उपनिवेश रहेको थियो। उनीहरू बौद्ध कला सिर्जनामा संलग्न रहेका थिए। उनीहरू हिमालय क्षेत्रभरि कला शैलीको आदानप्रदानमा प्रमुख घटक थिए।[][]

सन् १९६२ मा चीन–भारत युद्धले सिक्किमहुँदै भारत र तिब्बत जोड्ने जत्था मार्ग बन्द भएपछि हजार वर्ष पुरानो ल्हासा नेवार परम्पराको अन्त्य भएको थियो। त्यसपछि तिब्बतमा रहेका व्यापारी र कारिगरहरूले आफ्नो पसल बन्द गरेर सदाका लागि नेपाल फर्केका थिए।[]

लोककथा अनुसार तिब्बत जाने पहिलो व्यापारी सिंह सार्थ अजु थिए। ल्हासा नेवारको इतिहास आधिकारिक रूपमा सातौँ शताब्दीदेखि नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङ्चन गम्पोसँग विवाह भएको हो। भृकुटीसँगै ल्हासा आएका व्यापारी र कारिगरहरूले नेपाल र तिब्बतबिच व्यावसायिक र सांस्कृतिक सम्बन्ध स्थापना गरेका थिए।

 
सन् १९२१ ताका ल्हासामा नेवार व्यापारीहरू ग्रामोफोन सुन्दै र चिनियाँ पासा खेलाडी, ।
 
सन् १९५८ को घोरासर व्यवसायिक घरको शीर्षपत्र।

नेवार व्यापारीहरूले तयार पारिएको सामानहरू नेपाल र भारतमा निर्यात गर्ने तथा कच्चा मालसामानहरू तिब्बत र मध्य एसियाका अन्य भागबाट ल्याउने गरेका थिए। तिब्बतमा नेपालबाट धातुका भाँडाकुँडा, पवित्र मूर्तिचामल, भारतबाट हुने कपडा र अन्य कारखानाका उत्पादनहरू मुख्य निर्यात हुने गरेका थिए। ल्हासा नेवारहरूले सुनको धूलो, उन, कस्तुरीको फली, छाला र याकका पुच्छरहरू ल्याउने गर्थे जुन कोलकाता पठाउने गरिन्थ्यो। साँखु गाउँका पुराना पुस्ताले तिब्बतबाट ल्याइएका महजोङ खेल्ने गर्छन्।

 
ग्यान्त्सेको कुम्बुम स्तुपमा चित्रित आँखा र नेपाली लिपिमा लेखन गरिएको।

ल्हासा नेवार कारिगरहरूले तिब्बत र मध्य एसियाका अन्य भागहरूमा मूर्तिहरू, पौभा र भित्तिचित्रहरू र मन्दिरहरू निर्माण गरेका थिए[] र यस क्षेत्रमा बौद्ध कलाको प्रसार र विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए। [][] ल्हासाको जोखाङ मन्दिर र ग्यान्त्सेको कुम्बुम स्तुप तिब्बतमा आफ्नो कलात्मक विरासतका उत्कृष्ट उदाहरण हुन्।[] १३औँ शताब्दीमा अरनिकोले बनाएको चीनको बेइजिङ सहरमा रहेको सेतो डागोबा ल्हासा नेवारहरूको कलात्मकताको अर्को नमूना हो।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Lewis, Todd T, "Buddhism, Himalayan Trade, and Newar Merchants", अन्तिम पहुँच ३१ अक्टोबर २०११ 
  2. Turin, Mark (१६ मार्च २००१), "Banjas along the Barkhor", Nepali Times, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१२ 
  3. Cultural Exchange and Social Interaction between Tibetans and Newars from the Seventh to the Twentieth Century  Pages 86-114.
  4. Huc, M, "Travels in Tartary, Thibet and China during the Years 1844-5-6. Volume 2", London: Office of the National Illustrated Library, अन्तिम पहुँच ३१ अक्टोबर २०११  Page 147.
  5. Kaye, Melati (२९ जुन २०१३), "Renewed Nepali trade route draws regional ire", Al Jazeera, अन्तिम पहुँच ७ जुलाई २०१३ 
  6. Lo Bue, Erberto (२०११), "Newar Sculptors and Tibetan Patrons in the 20th Century", Scribd, अन्तिम पहुँच १ नोभेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
  7. Lieberman, Marcia R. (९ अप्रिल १९९५), "The Artistry of the Newars", The New York Times, अन्तिम पहुँच १ नोभेम्बर २०११ 
  8. "What is Newar Art?", Tibetan Buddhist & Newar Tantric Art, अन्तिम पहुँच ३१ अक्टोबर २०११ 
  9. Slusser, Mary Shepherd (७ फेब्रुअरी २००६), "The Lhasa gTsug lag khang ("Jokhang")", Asianart.com, अन्तिम पहुँच ३१ अक्टोबर २०११