लेहेङ्गा चोली (हिन्दी: घाघरा चोली, गागरा चोली र स्थानीय रूपमा चनिया चोली) नेपाल तथा भारतीय राज्य राजस्थान[१][२] गुजरात[३], मध्य प्रदेश, उत्तर प्रदेश, बिहार, हरियाणा, हिमाञ्चल प्रदेश तथा उत्तराखण्डका महिलाहरूले लगाउने परम्परागत पहिरन हो। यो नेपाल लगायतका अन्य दक्षिण एसियाली राष्ट्रहरूका महिलाहरूले पहिरिने पारम्परिक पहिरन हो। यो लेहेङ्गा, कसिलो चोलो तथा दुपट्टाको संयुक्त रूप हो। भारतको पञ्जाबमा यसलाई पारम्परिक रूपले कुर्था सुरुवालसँग पहिरिने गरिन्छ। समकालीन र आधुनिक उपयोगमा लेहेङ्गा चोली दक्षिण एसियामा फेसन डिजाइनर, कपडा बेच्ने आधुनिक स्टोर र बुटिकहरूद्वारा धेरै लोकप्रिय र व्यापकताका साथ स्वीकार गरिएको छ। घाघरा सारीको तल भित्री पहिरनको रूपमा पहिरिने गरिन्छ।

लेहेङ्गा चोली
भारतीय अभिनेत्री श्रिया सरन लेहेङ्गा चोलीमा
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला

पद र इतिहास सम्पादन गर्नुहोस्

ऐतिहासिक रूपले, लेहेङ्गा चोली प्राचीन भारतीय उपमहाद्वीपमा महिलाहरूद्वारा पहिरिने तीन-टुकडा भएको पोशाकबाट विकसित भएको थियो। पोशाकमा तल्लो परिधानको रूपमा 'आन्त्रिय', काँध वा मुहार छोप्न 'उत्तरिया' र वक्षको लागि 'स्तनपट्ट'को सम्बन्धमा ६औँ शताब्दी इसा पूर्व लेखिएको संस्कृत साहित्य र बौद्ध पाली साहित्यमा उल्लेख गरिएको छ।

चोली सम्पादन गर्नुहोस्

चोली वा चोलो नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश तथा अन्य सारी प्रयोग हुने देशहरूमा महिलाले सारी तथा लेहेङ्गाको साथमा शरीरको माथिल्लो भागमा लागाउने पहिरन हो।

लेहेङ्गा सम्पादन गर्नुहोस्

लेहेङ्गा (हिन्दी: घाघरा) 'चनिया' समेत (तमिल भाषामा पवादाईको रूपमा चिनिने) स्कर्टको लामो स्वरूप हो जसमा डिजाइन र साजसज्जा गरिएको हुन्छ। यसलाई कम्मरमा पहिरिने गरिन्छ। कम्मरमा लाइने स्कर्ट वा घाघरीको प्राचीन संस्करण भैरनिवासनीबाट विकसित भएको थियो। घाघरी एउटा साँघुरो स्कर्ट जसको मूल लम्बाइ ६ फिट (१.८ मी) रहेको छ अझै पनि भारतमा जैन महिला सन्तहरू पहिरिने गर्छन्।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्