श्रिया सरन
श्रेया सरन भट्नाकार (जन्म: ११ सेप्टेम्बर १९८२) तेलेगु, तामिल र हिन्दी भाषामा अभिनय गर्ने भारतिय अभिनेत्री तथा मोडेल हुन्। सरन देहरादुनमा जन्मिएकी थिइन् र उनको बाल्यकाल हरिद्वारामा बित्यो। सन् २००१ मा उनकी नृत्य गुरु द्वारा "ठुक्रान्ती क्युँ हे" नामक गीतको साङ्गितिक भिडियोमा अवसर प्राप्त भए पश्चात् सरन भारतिय चलचित्र निर्माताहरुको ध्यानमा परिन्। नृत्यमै बढी रुचि रहे पनि सन् २००१ मा पहिलो तेलेगु चलचित्र इस्ताम बाट उनको चलचित्र यात्रा सुरु भयो। व्यवसायिक रुपमा सफलता पाएको उनको चलचित्र भने सन्तोषम् (२००२) हो।
श्रिया सरन | |
---|---|
जन्म | Shriya Saran ११ सेप्टेम्बर १९८२ देहरादुन, उत्तराखण्ड, भारत |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
अन्य नाम | Shriya, Shreya |
पेशा | अभिनेत्री, मोडेल, समाजसेवी |
कार्यकाल | २००१–वर्तमान |
धर्म | हिन्दू |
सन्तान | १ |
तेलेगु चलचित्रामा नै बढी उनको अभिनय रगे पनि, अभिनयको दौरान केही हिन्दी तथा तामिल चलचित्रहरुमा पनि उनको अभिनय रहे। सन् २००७ मा, सरनको अभिनय सबै भन्दा बढी कमाउन सफल तामिल चलचित्र "शिवाजि" मा रह्यो। सन् २००७ को चलचित्र "आवारापन" बाट उनले केही प्रशंसा बटुलिन्। सन् २००८ मा उनले अङ्ग्रेजी चलचित्र '’द अदर इन्द अफ द लाइन’’ मा अभिनय गरिन्। कान्थास्वामी (२००९) तामिलमा, पोक्किरी राजा (२००९) मल्यालममा जस्ता चलचित्रमा अभिनय पछि उनलाई मुख्य अभिनेत्रीका रुपमा हेरिन थालियो। सन् २०१२ को ब्रिटिस-क्यान्डेयिन चलचित्र '’मिड नाइटस् चिल्ड्रेन'’ (सल्मान रुस्दिका पुस्तकमा आधारित चलचित्र) मा अभिनय पछि सरनले अन्तराष्ट्रिय प्रशङसा बटुलिन्। पवित्रा (२०१३), चन्द्रा (२०१३) जस्ता चलचित्र बाट उनले थप व्यवासायिक सफलता हात पारिन्। सन् २०१४ को तेलेगु चलचित्र "मानम" बाट पनि उनले प्रशंसा पाइन्।
सरन विभिन्न सौन्दर्य सामग्रीका ब्रान्ड एम्बेसेडर रहेकी छिन्। केही परोपकारी संस्था सँग हुनुका साथै, सन् २०११ मा उनले दृष्टिमा चुनौती रहेका व्यक्तिहरयका निम्ति स्पा खोलिन्
सुरुवाती जीवन
सम्पादन गर्नुहोस्श्रेया सरन भट्नाकरको जन्म ११ सेप्टेम्बर १९८२ मा हरिद्वारमा पुष्पेन्द्र सरन भट्नाकर र निराजा सरन भट्नाकरको छोरीका रुपमा भएको थियो।[१] उनकी बाबु भरत हेभी इलेक्ट्रिकल लि. मा काम गर्थे भने आमा रसायनशास्त्रका शक्षिका थिइन्। सरनले आफ्नै आमा शिक्षिका रहेकी विद्यालय बाट प्रारम्भिक शिक्षा सकाइन्। उनकी दाजु अभिरुप मुम्बइमा रहेका छन्।
सरन परिवार बिएचएल कोलोनी, हरिद्वारमा बस्थे।[२] सरनले आर्टस् (साहित्य) मा स्नातक गरेकी छन्। सरन नृत्यमा आफ्नी आमा द्वारा सिकिन् र पछि शोभाना नारायणको कत्थकका प्रशिक्षार्थी भइन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Konchem Touchlo Vunte Chepta – Episode 12 – December 20, 2014", Zee Telugu, मूलबाट २४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१५। at 2:50 min. she confirms her birth place)
- ↑ "Shreya Saran Talks About Her Childhood SIVAJITV COM Shriya", १३ सेप्टेम्बर २००९, मूलबाट १९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०११ – YouTubeद्वारा।
- ↑ "Deft moves with times", The Hindu (Chennai, India), २९ अप्रिल २००८, मूलबाट १० नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१०।