माझी जाति
माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो। यो जातिको मुख्य पेशा माछा मार्ने हो। माझी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरू हुन् ।
इतिहास र परिचयसम्पादन
नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी”हरू पनि एक हुन्। अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ। प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन्। यही स्वभावका कारणले होला सामाजीक र आर्थीक रूपले पछाडी परेको छन् माझीहरूको भनाइ अनुसार सृष्टीको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ। यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु खेती किसानी र पशुपालन हो। विशेषगरी भित्री मधेशको नदीहरूको छेउछाउमा रहेको भाग माझीहरूको प्रमुख बसोबास थलो हो। यिनीहरूको साधारणतया प्राचिन मङगोलियन शारिरीक बनावट, गहुँगोरो वर्ण, मध्यम खालको उचाइ र पुष्ट् शरीर हुन्छ।
जनसङ्ख्यासम्पादन
२०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसङ्ख्या ७२,६१४ रहेको छ। जस अनुसार माझीभाषा बोल्ने जनसङ्ख्या २१, ८०० मात्र छ।
बसोबाससम्पादन
नेपालको हिमाल, पहाड र तराइ भेगमध्ये भित्री मधेशमा माझीहरूको प्रमुख बसोबास रहेको छ। यस बाहेक केही तराइ र पहाडी भागमा पनि यिनीहरूको बसोबास रहेको छ। अझ भन्नुपर्दा सप्तबकोशी लगायत यसका सहायक नदीहरूको किनार नै माझीहरूको बसोबास क्षेत्र हो। यिनीहरू आफ्नै छुट्टै ऐतिहासिक भौगोलिक समुदायभित्र बसोबास गर्ने गर्छन्। सकेसम्म घर बनाउँदा भने संभव भएसम्म लहरै अथवा साझा आँगन हुने गरी ८/१० परिवार एकै ठाउँमा झुरुप्प हुने गरी बनाउने गर्छन्। घरको छाना छाउनको लागि भने कि त ढुङ्गा कि त खरको प्रयोग गर्छन्।
माझीले मान्ने विशेष पर्वहरूसम्पादन
कोशी पुजा माझी जातिको महान पर्व हो, त्यस्तै दसैँ, तिहार जस्ता नेपालीहरूले मनाउने पर्व पनि धेरैजसो माझी जातिहरूले मनाउँछन् , माझी जति प्रकृतिको पूजा गर्छन, तेस्तै गोठ पूजा पनि गर्ने गर्छन् ।
यो पनि हेर्नुहोससम्पादन
सन्दर्भ सामग्रीसम्पादन
धनबहादुर माझी – माझी जातीको संस्कार र संस्कृति – २०६२ Population Census National Report – CBS (२००२) अन्तर्राष्ट्रिs मातृभाषा दिवस (२००८)मा व्यक्त विचारहरू