माइक्रोसफ्ट विन्डोज

विकिमिडिया श्रेणी

माइक्रोसफ्ट विन्डोज वा सामान्यतया विन्डोज सञ्चालन प्रणाली एक स्वामित्व चित्रात्मक सञ्चालन प्रणाली परिवारहरूको एक समूह हो, जसलाई अमेरिकी इन्टरनेट निगम माइक्रोसफ्टले विकास तथा र बिक्री गरेको छ। प्रत्येक परिवारले संगणकीय उद्योगको एक निश्चित क्षेत्रको पूरा गर्दछ। सक्रिय माइक्रोसफ्ट विन्डोज परिवारहरूमा विन्डोज एनटी र विन्डोज आइओटी समावेश छन् जसले उप-परिवारहरूलाई समाहित गर्ने काम गर्दछ। निष्क्रिय माइक्रोसफ्ट विन्डोजका परिवारहरूमा विन्डोज ९ एक्स, विन्डोज मोबाइल र विन्डोज फोन समावेश छन्।

माइक्रोसफ्ट विन्डोज
कम्पनी / निर्मातामाइक्रोसफ्ट
श्रोत नमुना
  • बन्द स्रोत
  • स्रोत उपलब्ध
प्रारम्भिक जारी मितिनोभेम्बर 20, 1985; ३८ वर्ष पहिले (1985-११-20), १.० संस्करण (असमर्थित)
हालको संस्करणसन् २००४ (१९०४१.३३१) जुन १८, २०२० (३ वर्ष पहिले) (२०२०-०६-18)
हालको पुर्वावलोकन१०.०.२०१५२ जुन २४, २०२० (३ वर्ष पहिले) (२०२०-०६-24)
बजार लक्ष्यव्यक्तिगत संगणक
उपलब्ध१३८ भाषाहरू[१]
अपडेट तरिका
  • विन्डोज अद्यावधिक
  • विन्डोज समयसापेक्ष अद्यावधिक
  • विन्डोज भण्डार
  • विन्डोज सेवक अद्यावधिक सेवा
प्याकेज म्यानेजरविन्डोज स्थापक [२]
समर्थित प्ल्याटफर्मआइए-३२, एक्स८६-६४, आर्म, आर्म६४
पूर्व: एक्स८६, डेक अल्फा, मिप्स, [पावर पिसी, इटानियम
कर्नेल प्रकार
  • विन्डोज एनटी परिवार: उन्नत
  • विन्डोज सिई: उन्नत
  • विन्डोज ९एक्स र अघिल्लो: अखण्ड (एमएस-डस)
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेसविन्डोज शेल
अनुमतिपत्रव्यापारिक स्वामित्व सफ्टवेयर
आधिकारिक वेबसाइटmicrosoft.com/windows

माइक्रोसफ्टले २० नोभेम्बर १९८५ मा विन्डोज नामको सञ्चालन प्रणालीलाई एमएस-डसको रूपमा प्रस्तुत गरेको थियो। माइक्रोसफ्ट विन्डोजले ९०% बजार साझेदारीका साथ विश्वको व्यक्तिगत सुखाङ्ख्यको बजारमा प्रभुत्व जमाएको थियो जहाँ यसले एप्पलद्वारा सन् १९८४ मा निर्माण गरिएको म्याक (सञ्चालन प्रणाली) लाई उछिनेको थियो। माइक्रोसफ्टले लिसा र म्याकिन्तोस जस्ता सञ्चालन प्रणालीमा लागू गरिएको चित्रात्मक प्रयोगकर्ता दृश्यचित्रलाई एप्पलले अनुचित अतिक्रमणको संज्ञा दिएको थियो, तथापि, उक्त मुद्दाको फैसला माइक्रोसफ्टको पक्षमा भएको थियो। व्यक्तिगत सुशाङ्ख्यहरूमा, विन्डोज हाल पनि सबैभन्दा लोकप्रिय सञ्चालन प्रणाली हो। यद्यपि एन्ड्रोइड स्मार्टफोनको बिक्रीमा ठूलो वृद्धि भएका कारण सन् २०१४ मा, माइक्रोसफ्टले एन्ड्रोइडले सञ्चालन प्रणाली बजारको अधिकांश भाग कब्जा गरेको स्वीकार्य गरेको थियो। सन् २०१४ मा, बिक्री भएको विन्डोज उपकरणहरूको सङ्ख्या बिक्री भएको एन्ड्रोइड उपकरणहरूको भन्दा २५% ले कम रहेको थियो। दुई सञ्चालन प्रणालीहरू परम्परागत रूपमा फरक फरक मञ्चहरूलाई लक्षित गर्ने हुँदा यो तुलना, यद्यपि पूर्ण रूपले प्रासङ्गिक नहुन सक्छ। अझै, विन्डोजको सर्भर प्रयोगको तथ्याङ्कले (जुन प्रतियोगीहरूसँग तुलनात्मक छन्) यस सञ्चालन प्रणाली तेस्रो स्थानमा रहेको देखाउँदछ।

फेब्रुअरी २०२० सम्म, व्यक्तिगत सुशाङ्ख्य, ट्याबलेट र अन्य उपकरणहरूको लागि विन्डोजको सबैभन्दा भर्खरको संस्करण विन्डोज १० हो। सर्भर कम्प्युटरहरूको सबैभन्दा नयाँ संस्करण विन्डोज सर्भरको संस्करण १९०८ हो।

बजार साझेदारी र बिक्री सम्पादन गर्नुहोस्

 

बजार साझेदारीको अवलोकन
डेस्कटपको आधारमा, नेट एप्लिकेसन्स [३] र स्ट्याट्सकाउन्टरको प्रतिशत[४]। मार्च २०२० को तथ्याङ्क।

मोबाइल बजार साझेदारी संयुक्त संस्करणमा धेरै कम अर्थात् ०.१% मुनि रहेको छ। [५][६]

डेस्कटक सञ्चालन प्रणाली नेट एप्लिकेसन्स स्ट्याट्सकाउन्टर
पुरानो संस्करणहरू ०.००% ०.०३%
विन्डोज एक्सपी १.२३% १.०७%
विन्डोज भिस्टा ०.११% ०.४३%
विन्डोज ७ २६.२३% १६.३५%
विन्डोज ८ ०.६२% ०.९२%
विन्डोज ८.१ ३.६९% ३.४७%
विन्डोज १० ५७.३४% ५४.७३%
सबै संस्करणहरू ८९.२२% ७७.१०%

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "उपलब्ध भाषाहरूको सूची"। Msdn.microsoft.com। सङ्ग्रह मिति अप्रिल ५, २०१४ 
  2. "App packages and deployment (Windows Store apps) (Windows)", Msdn.microsoft.com, मूलबाट मार्च ३०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ५, २०१४ 
  3. "डेक्सटप सञ्चालन प्रणालीको बजार साझेदारी, मार्च २०२० सम्म"नेट मार्केट सेयर। नेट एप्लिकेसन्स। 
  4. व्यक्तिगत डेस्कटप संस्करणको आँकडाको गुणन गरेर प्राप्त भएको तथ्याङ्क।Desktop Operating System Market Share Worldwide and Desktop Windows Version Market Share Worldwide. StatCounter Global Stats. StatCounter.
  5. "सन् २०२० सम्मको बजार साझेदारी"नेट मार्केट सेयर। नेट एप्लिकेसन्स। 
  6. "विश्वव्यापी रूपमा मोबाइल सञ्चालन प्रणालीको बजार साझेदारी: मार्च २०२० सम्म"StatCounter Global Stats। स्ट्याट्स काउन्टर। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:सञ्चालन प्रणाली