मकैको तेल (उत्तरी अमेरिकी: Corn Oil वा ब्रिटिश: Maize Oil) मकैको बीजबाट निकालिएको तेल हो। यसको मुख्य प्रयोग खाना पकाउनको लागी हो। यसको उच्च धुवाँ बिन्दुले प्रशोधित मकैको तेललाई उपयुक्त फ्राइङ तेल बनाउँछ। यो केहि मार्जरीनमा एक प्रमुख हिस्सा पनि हो। मकैको तेल प्राय अन्य प्रकारका वनस्पति तेलहरू भन्दा सुलभ हुन्छ।

मकैको तेल
Plastic jugs in cardboard boxes, 15 kg each

मकैको तेल बायोडिजेलको लागि पनि प्रयोग हुने कच्चा पदार्थ हो। मकैको तेलका अन्य औद्योगिक प्रयोगहरूमा साबुन, साल्व, पेन्ट, इरेजर, धातुका सतहहरूका लागि रस्टप्रूफिङ, मसी, कपडा, नाइट्रोग्लिसरीनकीटनाशकहरू पर्छ । यो कहिलेकाहीँ फर्मास्युटिकल्समा (औषधि तयारीहरूमा) औषधिय अणुहरूको लागि वाहकको रूपमा प्रयोग गरिन्छ।

लगभग सबै मकैको तेललाई एक्स्पेलर-प्रेस गरिन्छ, त्यसपछि हेक्सेन वा 2-मेथाइलपेन्टेन (isohexane) प्रयोग गरेर विलायक निकालिन्छ। [] विलायक मकैको तेलबाट वाष्पीकरण गरिन्छ, पुन: प्रयोग गरिन्छ। निकासी पछि, मकैको तेललाई डिगमिङ र/वा क्षार उपचारद्वारा प्रशोधित गरिन्छ, यी दुवै विधिबाट फस्फेटाइडहरू हटाइन्छ। अल्काली उपचारले फ्रि फ्याटी एसिडलाई पनि निष्प्रभावी गर्छ र रंग हटाउँछ (ब्लिचिङ गर्छ )। प्रशोधनको अन्तिम चरणहरूमा शीतकरण (मैन हटाउने), र तेलको स्टीम डिस्टिलेसन २३२–२६० °से (४५०–५०० °फे) मा र उच्च भ्याकुममा निर्गन्धीकरण समावेश छ। []

देश उत्पादन, २०१८

(टन)

  संयुक्त राज्य अमेरिका १,७०७,६००
  चीन ४८३,७००
  ब्राजिल १४५,५४८
  दक्षिण अफ्रिका ८३,७००
  जापान ८२,५०३
  इटाली ६९,३००
  फ्रान्स ६७,९००
  बेल्जियम ६४,७००
  क्यानडा ६२,३००
१०   टर्की ५३,०००
११   अर्जेन्टिना ४६,८००
स्रोत : फाओस्टाट []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Corn Refiners Association. Corn Oil वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१२ मिति 5th Edition. 2006
  2. "Faostat"