फुस्रो सानो कोइली कोइलीको प्रजातिकोनेपाल लगायत दक्षिणी एशियामामा पाइने एक प्रकारको चरा हो ।

फुस्रो सानो कोइली
भाले - केरला, भारतमा
पोथी - नेपालको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा
आवाज
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Cuckoo
परिवार: Cuckoo
वंश: Cacomantis
(Vahl, 1797)
प्रजाति:
C. passerinus
वैज्ञानिक नाम
Cacomantis passerinus
(Vahl, 1797)

विवरण सम्पादन गर्नुहोस्

फुस्रो सानो कोइली कोइली सानो प्रजाति मध्ये एक हो। यसको कुल लम्बाइ लगभग २३ सेन्टिमिटर हुन्छ। मुख्यतया वयस्क चराहरूको तल्लो पेट र पुच्छर मुनी सेतो मिसिएको खैरो हुन्छन्। यसको पखेटाहरूमा सेतो बुट्टा हुन्छ। केही पोथीहरूको माथि गाढा मिश्रित रातो खैरो तथा रातो खैरो पुच्छर र पेटको भागमा गाढा खैरो मिश्रित सेतो भागहरू हुन्छन्।

वितरण र बासस्थान सम्पादन गर्नुहोस्

फुस्रो सानो कोइलीले दक्षिणी एसियामा नेपाल देखि श्रीलङ्का तथा दक्षिणी चीन देखि इन्डोनेसियासम्मको उष्णकटिबन्धीय क्षेत्रमा प्रजनन गर्दछ। यो चरा नेपाल, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान, र श्रीलङ्कामा पाइएको अभिलेख छ।[१] यो चरा छोटो दूरी पार गर्ने आप्रवासी हो। यस प्रजातिहरूले हल्का खुल्ला जङ्गल र खेती गरिएका क्षेत्रहरूमा वसोबास गर्न मन पराउँछन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ BirdLife International (२०१६), "Cacomantis passerinus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८३९२०A९३००७६७८, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22683920A93007678.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्