बझाङ राज्य
बझाङ बाइसी राज्य थियो।
बझाङ राज्य | |
---|---|
विसं १५०३–विसं १८४८ | |
![]() | |
राजधानी | व्यासीकोट दरबार |
सरकार | राजतन्त्र |
राजा | |
इतिहास | |
• स्थापना | विसं १५०३ विसं १५०३ |
• विलयकाल | विसं १८४८ विसं १८४८ |
अचेल | बझाङ जिल्ला |
|
नामाकरण सम्पादन
इतिहास सम्पादन
बझाङ राज्यको स्थापना १५०३ मा भएको थियो ।
वि सं १८४८ मा नेपालसँग आश्रय सन्धी गरेको हुँदा वार्षिक रू ५०१/- सिर्तो तिर्ने गरी रजौटा थमौती भएको थियो ।
श्री ५ महेन्द्रबाट विसं २०१७ मा राज्य रजौटा ऐन, २०१७ लागू गरियो । राज्य रजौटा ऐन, २०१७ र राज्य अदालत उन्मूलन ऐन, २०१७ लागू भएपछि सबै राज्यहरू खारेज भएका थिए । यद्यपि राज्य रजौटा ऐनले सल्यान, बझाङ, जाजरकोट, मुस्ताग, भिर्कोट, माल्नेटा, दर्ना गरी १७ रजौटालाई मान्यता दिएको थियो ।[१]
बझाङ काण्ड सम्पादन
बझाङी युवराज ओमजंगबहादुर सिंहले इलाका अदालतको विरोध गरेका थिए । राज्य अदालत कायमै राख्नुपर्ने उनको माग थियो । इलाका अदालत गठन पछि बझाङमा न्यायाधिश उत्तमकुमार पोखरेल आएका थिए । तर बझाङ पुगेका न्यायाधीश पोखरेललाई ओमजंगबहादुरले असहयोग गरेका थिए । ओमजंगले राज्य अदालतका कागजात न्यायाधीश पोखरेललाई नबुझाई बझाङ, झुटेडाको ज्यान मुद्दामा सिंह आफैँले फैसला गरेका थिए ।
राज्यको चौकिल्ला सम्पादन
पूर्व तर्फ बाजुरा, सान्नी, जुम्ला राज्य
पश्चिम तर्फ डोटी राज्य
दक्षिण तर्फ थलहरा राज्य
उत्तरतर्फ तिब्बतको खोजरनाथ पुस्तक्याढुङ्गा र मानसरोवर
राजाको वंश सम्पादन
- वंश : चन्द्रवंशी
- गोत्र :कश्यप गोत्र
राजाको वंशावली सम्पादन
चित्र | राजा | राज्यकाल सुरु | राज्यकाल अन्त्य | कैफियत | ||
१ | शक्तिसिंह | सस्थापक
विसं १५०३ |
||||
२ | सुजानसिंह | |||||
३ | भाउसिंह | |||||
४ | भीमसिंह | |||||
५ | पृथ्वीसिंह | |||||
६ | जितारीसिंह | |||||
७ | इन्द्रसिंह | |||||
८ | दिलीपसिंह | |||||
९ | महेन्द्रसिंह | |||||
१० | रतनीसिंह | |||||
११ | कल्याणसिंह | |||||
१२ | अमरसिंह | |||||
१३ | समुद्रसिंह | |||||
१४ | रघुनाथसिंह | |||||
१५ | गजराजसिंह | |||||
१६ | भूपेन्द्रसिंह | |||||
१७ | विक्रमबहादुरसिंह | |||||
१८ |
|
जयपृथ्वीबहादुर सिंह | ||||
१९ | देवीजङ्गबहादुरसिंह | |||||
२० | रामजङ्गबहादुरसिंह | |||||
२१ | ॐजङ्गबहादुरसिंह | |||||
२२ | ईश्वरीजङ्गबहादुरसिंह | माननीय न्यायाधीश | ||||
२३ | दीपकजङ्गबहादुरसिंह | २०३० वैशाख २५ [२] | ||||
२४ | विनोदविक्रमसिंह | २०६५ जेठ १५ सम्म | श्री ५ ज्ञानेन्द्रका भान्जा |
वार्षिक आम्दानी सम्पादन
धुरीकर ६००० का अतिरिक्त ३६ कर, तिब्बतको व्यापार र खनिजको कर गर्दा वार्षिक २५००० भन्दा बढी आय थियो ।