भीरकोट राज्य
भीरकोट राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा खाँड ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा मिन्चा खाँड हुन् जो गोरखा राज्यका राजाहरूको पूर्वज खान्चा खाँडका भाइ हुन् । इ.स. १७८५ मा गोरखा राज्यमा गाभिएपछि वि.सं. २०१७ मा रजौटा उन्मूलन नहुन्जेल सम्म यो रजौटाको रूपमा रह्यो ।
भीरकोट राज्य | |
---|---|
इ.सं. १४९५–वि.सं. २०१७ | |
वस्तु-स्थिति | राजतन्त्र |
राजधानी | भीरकोट |
आम भाषाहरू | नेपाली र मगर भाषा |
धर्म | |
सरकार |
|
राजा | |
• इ. सं. १४९५ - | मिन्चा खाँड |
• - इ. सं. १७८५ | चक्रपत्ति खाँड |
• | ताम्रध्वज खाँड |
इतिहास | |
• स्थापित | इ.सं. १४९५ |
• वि.सं. २०१७ को रजौटाको उन्मूलन | वि.सं. २०१७ |
अचेल | ![]() |
यस राजपरिवारका वर्तमान नाम मात्रका अग्रज राजा प्रकाश शाह हुन् ।
राजाहरूसम्पादन
भीरकोट राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :
- राजा मिन्चा खाँड (१४९५ - ??)
- राजा चक्रपत्ति खाँड ( ??- १७८५); उनको पालामा भीरकोट राज्य नेपाल अधिराज्यमा गाभियो; स्वतन्त्र राज्यका अन्तिम राजा
- राजा इन्द्र भूपाल खाँड (१७८५ - १७९२)
- राजा हरिकृष्ण खाँड (१७९२ - ??)
- राजा ताम्रध्वज खाँड ( ?? - १९१२)
- राजा तारक बहादुर शाह (१९१२ - २००१); भीरकोट राज्यका अन्तिम राजा
- राजा ऋषिकेश शाह (२००१ - २००२); वि.सं. २०१७ को रजौटा उन्मूलन पश्चात नाम मात्रको राजा, (राजा तारक बहादुर शाहका पुत्र ) संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि, अमेरिकाको लागि नेपाली राजदुत अर्थमन्त्री, राजसभा स्थायी समितिको सभापति
- राजा प्रकाश शाह (२००२ - वर्तमान)
अन्य उल्लेखनीय व्यक्तिहरूसम्पादन
- अनिल केशरी शाह, नबिल बैङ्कका सिइओ; राजा तारक बहादुर शाह (१९१२ - २००१) का नाति