अशोक चल्ल खस राज्यको सातौँ राजा थिए । उनी राजा क्राचल्ल देवका छोरा थिए ।[१][२] उनका दुई छोराहरू जितारी मल्ल तथा आनन्द मल्ल पनि राजा भएका थिए ।[३] उनलाई "सपादलशिखरिखसदेशराजाधिराज" अर्थात् एक लाख पच्चीस हज्जार पहाड भरी फैलिएको खस देशका राजाका पनि राजा भनिएको छ । उनले आफ्नो राज्यलाई अझ व्यापक बनाए ।

अशोक चल्ल
खस राज्यको राजा
शासनकाल१२२३ - १२८७
पूर्वाधिकारीक्राचल्ल
उत्तराधिकारीजितारी मल्ल
सन्तानजितारी मल्ल
आनन्द मल्ल
वंशखस मल्ल वंश
बाबुक्राचल्ल
धर्मबौद्ध

राजा अशोकचल्लले आफ्ना बाबुको भन्दा पनि बढी मुलुकहरू विजय गरेका थिए । इतिहासकारहरूले अशोकचल्ललाई कर्णाली प्रदेशको खसराज्यका शासक हरूमा सबैभन्दा बहादुर भन्दै उनको शासनकाललाई चल्लहरूको चरमोत्कर्षकाल मानेका छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • नेपालका मल्ल राजाहरूको सूची

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. D.R. Regmi 1965, पृष्ठ 714.
  2. Tucci 1956, पृष्ठ 66.
  3. Tucci 1956, पृष्ठ 50.