तिवारी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया ब्राह्मण जातिय थर हो । नेपालमा कौशिक , कौटिल्य, अत्री र गौतम गोत्रका तिवारीहरूको बसोवास छ ।

गौतम गोत्री तिवारी सम्पादन गर्नुहोस्

गौतम गोत्री तिवारीहरूको नेपाल तथा भारतको विभिन्न स्थानमा बसोवास रहेको छ । प्रायः भारतको उत्तराखण्ड तथा नेपालको विभिन्न भू-भागमा गौतम गोत्री तिवारीहरू फैलिएका छन् । उत्तराखण्ड राज्यका पूर्व मुख्य मन्त्री नारायण दत्त तिवारी गौतम गोत्रिय तिवारी हुन् । यसै गरी भारतको कुमाउँबाट नेपाल भित्रियका गौतम गोत्रिय तिवारीहरू नेपालका बझाङ, झापा, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भोजपुर, नुवाकोट, धादिङ, लमजुङ, तनहुँ, कास्की, स्यांजा, पर्वत, मकवानपुर, पाल्पा, रुपन्देही, नवलपरासी, चितवन लगायतका ४५ वटा जिल्लाहरूमा बसोवास गरेको पाइएको छ । आर्य समाजको इतिहास हेर्दा ब्राह्मणक्षेत्री जातिहरू भारतबाट नेपालमा प्रवेस गरी हाल नेपालमा बसोवास गरेको पाइन्छ ।[१] सोही क्रममा तिवारीका पूर्खाहरू पनि भारतबाट नेपालमा प्रवेस गरी बसोवास गरेको भन्ने बुझिन्छ । पहिलेका रजौटाहरू आफ्नो राज्यबाट विस्थापित भइ वा भागेर जाँदा आफ्ना केही सहयोगी तथा सल्लाहकारहरू र पूरोहितहरूलाई साथमा लिएर हिड्ने गरेको पनि पाइन्छ । गौतम गोत्रिय सूर्य चन्द्र तिवारी र बलभद्र तिवारी पाल्पाका सेनवंशिय राजा मणि मुकुन्दसेन र रुद्रसेनले वि.सं. १४८३ को दशकमा राज्य गरेको र त्यही दरबारमा सूर्य चन्द्र तिवारी र बलभद्र तिवारीले कामकाज गरी बसेका भन्ने कुराहरू सुन्नमा आएको छ । यसका साथै तिनी दुई भाइ मध्य एक भाईका सन्तान हौं भन्ने कुरा पर्वत र पोखराका गौतम गोत्रिय तिवारीले स्विकार गरेका छन् । मणि मुकुन्दसेनका छोरा भतिजाले पर्वतको पैंयु धरमपानी भन्ने ठाउँमा रामसेन र श्यामसेनले राज्य गरेको ठाउँ पनि छ ।[१] पर्वतका गौतम गोत्रिय तिवारीहरू सेन राजाहरूको साथमा आएका हुन सक्ने बुझिन्छ । किन भने १५ औँ सताब्दिभन्दा पछि ब्राह्मण र क्षेत्रिहरू नेपालमा पसेको पाइदैन र यी जातिहरूको नेपाली नागरितामा वंशजको नाता भन्ने पाईन्छ । गौतम गोत्रिय युग पुरूष महर्षि चौमुखी श्रदेह दयानन्द सरस्वती भनिने मुल शंकर तिवारीको जन्म गुजरात राज्यको टंकरा गाउँमा भएको थियो र उनका पिताको नाम आकर्षण तिवारी थियो । उनलाई भू-स्वामी पनि भनिन्थ्यो । विभिन्न समयमा साधु सन्त भएका गौतम गोत्रिय तिवारीहरूको जन्मस्थान राजस्थान र गुजरातमा पाइन्छ । [१] युग पुरूष दयानन्द सरस्वतीले पहिलो पटक वेदलाई आर्य भाषामा व्याख्य गरेको पाइन्छ । उनले वेदलाई नै सर्वाचपरी भगवान हुन् भन्थे । उनी काटमार तथा बली प्रथाको अन्त्य गर्न चाहन्थे । गौतम गोत्रका दंगाल, सञ्ज्याल, त्रिपाठी, गुणी र केही भट्टहरूले पनि आफ्नो थर तिवारी लेख्छन् । [१] गौतम गोत्रिय तिवारीहरूको पुर्खाको विषयमा विभिन्न गाथा, ग्रन्थमा सुन्दा विद्वान यजस्वी आत्ममा विस्वास भएका वेदलाई भगवान मान्ने, वेदको विशुद्ध व्याख्यान गर्न सक्ने र गाईलाई गौमाताको रूपमा सेवा गर्ने गरेको पुराना ग्रन्थ र पूस्तकमा पाईन्छ । हाल गौतम गोत्रिय तिवारीहरू नेपालको भू-भाग भित्र आठ जिल्लामा उल्लेखित उपस्थिती जनाउन सक्ने र ४५ जिल्लामा फाटफूट राम्रो बसोवास गरेको पाइन्छ । [१]

बझांगका गौतम गोत्रिय तिवारीहरू

तिवारीगाउँ उद्गमस्थल भएको तिवारीको संक्षिप्त बंशावली

१.प्रदेशको नाम : सुदूरपश्चिम                                                                       २. जिल्ला: बझांग

३. गा.पा./न.पा: केदारस्यु गाउँपालिका                                                          ४. वडा न.: ०४

५. टोल/ बस्तीको नाम: तिवारीगाउँ                                     ६.यसभन्दा अघि कहाबाट आएको : भारतको कुमाउँ   

७.आएको मिति :१६ औ शताब्दि तिर                                  ८.हाल परिवारको संख्या/जनसंख्या : १३/५५

संक्षिप्त विवरण

१३ औ शताब्दी देखि १८ औ शताब्दीको मध्ये तिर भारतको कुमाउँ मा चलेको चन्द राजाहरुको शासनको बेला अर्थात नेपालको आधुनिक काल पूर्व नै भारतको कुमाउँबाट पश्चिमको नाका हुदैँ बझांगको बाग्थलाको तलखेत भन्ने ठाउमा मल्ल ठकुरी हरुले ब्राह्मणको आवश्यकता ठानी आफु संग राखेको र केहि बर्षपछि अलग बस्न खोजि अलि माथि गई आफ्नो बासस्थान बनाई एक्लै बस्दै आई त्यो ठाउको नाम तिवारीगाउँ रहन गएको भन्ने किम्बदन्ती रहेको छ बर्धन तिवारीका बंसजका तिवारीहरु  बाग्थला, कैलाली र कन्चनपुर बस्दै आएका छन् बर्धन तिवारी भन्दा अगाडिको बंसजको एकिन विवरण प्राप्त हुन् सकेको देखिदैन त्यसको खोज अनुसन्धान हुन् जरुरि देखिन्छ बर्धन देखि हाल सम्म  नवौ पुस्ता चलिरहेको छ


सम्पादकः पारस तिवारी

https://tiwariparash.blogspot.com/2024/03/blog-post.html

बैतडीका गौतम गोत्रिय तिवारीहरू सम्पादन गर्नुहोस्

वैतडी तल्लो स्वराड लडा मौजा मल्ला गाउँमा बस्ने तिवारीहरूको मुल पुर्खा भारतको कन्नौज देखी कत्युर हुँदै साइचन तिवारी कुसुविण्डा, वडे, चम्पावतबाट तल्ली स्वराड लडा मौजा गाउँमा आएका हुन् । अहिले साइचनका सन्तानहरू केही जुम्लाको सिंजामा बस्छन् । अन्य सैचनका सन्तानहरू उत्तराखंडको नैनीताल, पद्मपुरी, लोहाघाट, इत्यादी स्थानहरूमा बसोवास गर्दछन् । वैतडीको स्वराडबाट कैलाली जिल्लाको पहलमानपुर, कंचनपुर को बेलडाँडि, दोधारा, चांदनी मा बसाई सरेर आएका छन् ।

 [१]

पर्वतका गौतम गोत्रिय तिवारीहरू सम्पादन गर्नुहोस्

पर्वत जिल्लाको शंकरपोखरीमा बसोवास भएका तिवारीहरू भारतको कुमाउँबाट लुम्बिनी नाका हुँदै शंकर पोखरीको रालेपानी भन्ने ठाउँमा बसोवास गर्न थाले । राणा सरकारबाट फलेवासमा विर्ता पाई कमाई खाई आएका खडानन्द तिवारीका सन्तानहरू शंकरपोखरीबाट बुटवल, ताराताल आदी ठाउँमा बस्छन् । ।[१]कैलालीको मसुरिया ,फुलवारि र कञ्चनपुरको अमरवस्ति मा समेत बसाेवास रहेकाे छ

पूर्वज सम्पादन गर्नुहोस्

संख्या सम्पादन गर्नुहोस्

तिवारीले मान्ने विशेष पर्वहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्