फुङलिङ नगरपालिका
फुङलिङ नेपालको कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा अवस्थित एक नगरपलिका हो।[३] ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार यसै नगरपालिकामा रहेको छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकको दोखु र फुङलिङ गाविसहरूलाई समावेश गरेर ताप्लेजुङ नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकका फुरुम्बू, फावाखोला, हाङ्गदेवा गाउँ विकास समितिहरूलाई समेटेर फुङलिङ नगरपालिका बनाइएको थियो।[४] यस नगरपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल १२५.५७ वर्ग किलोमिटर रहेको छ। करिब १८२४ मिटर (५९८४ फिट)को उचाइमा अवस्थित उपयुक्त हावापानी तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण यो नगरपालिका उत्तिस, सल्ला र गुराँसको जङ्गलले ढाकिएको छ। यस नगरपालिकाको केन्द्र साविकको ताप्लेजुङ नगरपालिकाको कार्यालयमा राखिएको छ।[५]
फुङलिङ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°२१′२३″उ ८७°४०′१३″पू / 27.35639°N 87.67028°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ताप्लेजुङ |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | अमिर मादेन (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | भीमादेवी ओझा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२५.५७ किमी२ (४८.४८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २८,४४९ |
• घनत्व | २३०/किमी२ (५९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२४ |
केन्द्र | साविकको ताप्लेजुङ नगरपालिकाको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
शब्दोपत्ति
सम्पादन गर्नुहोस्फुङलिङ भन्नाले लिम्बू भाषा मा 'फूलैफूलको ठाउँ' भन्ने बुझिन्छ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फुङलिङ नगरपालिकाको कुल जनसङ्ख्या २८,४४९ रहेको छ भने यहाँ ६,८९८ घरधुरी रहेका छन्।[२]
पर्यटकीय गन्तव्यहरू
सम्पादन गर्नुहोस्यहाँ रहेको पाथीभरा देवीको मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटकहरूको घुइचो लाग्ने गर्दछ।
व्यापार
सम्पादन गर्नुहोस्करिब २ किलोमिटर लामो फुङलिङ नगरपालिका हिमाली दुर्गम सदरमुकाम भए पनि यहाँ फेन्सी मालसमान पाइने गर्छ। यहाँ तिब्बती क्षेत्रबाट आयात गरिएका धुलो दुध, सावरको जुत्ता, गलैंचा जस्ता गुणस्तरीय सामानहरू पाइन्छन्। जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिने फुङलिङ नगरपालिकामा बाटोका दुवै तिर घरहरू छन। साविकको दोखु र फुङलिङ गाविसको सिमानामा पर्ने तोक्मे डाँडामा शनिबार र मङ्गलबार हाट बजार लाग्ने गर्छ। हावापानी ठण्डा हुनेभएकोले यहाँको बजारमा राँगा, खसी, कुखुरा र बङ्गुरको मासु र जाँड, रक्सी बढी मात्रामा बिक्री हुन्छ। यहाँ तोङवा प्रचलन धेरै लोकप्रिय छ। यहाँको छुर्पी, अलैंची, गलैंचा, ढाका कपडा, जडीबुटी आदि प्रसिद्ध छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "थप ४१ नगरपालिका घोषणा", कान्तिपुर दैनिक।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।