शास्त्रीय काव्यको महत्वपूर्ण आधार छन्द हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी , स्तरीय , र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पुर्वीया साहित्य-काव्यमा छन्दको महत्व प्रमुख रूपमा रहिआएको छ ।                               छन्द भनेको कविताको 'लय' हो  तापनि परम्परागत रूपमा छन्दले कविताका सबै किसिमको लयलाई नसमेटेर शास्त्रीय नियम अनुसार गण-मात्राको व्यवस्था गरी भावना अभिव्यक्त गर्ने कविताको लयलाई मात्र बुझाउँछ । 
                                                           छन्दलाई 'वृत्त' पनि भनिन्छ । छन्दले कवितामा श्रुतिमधुरता सिर्जना गरी श्रोतालाई सन्तुष्टि वा आनन्द दिन्छ । अङ्ग्रेजीमा छन्दलाई 'मापक' अर्थात् 'Meter' भनिन्छ भने ल्याटिनमा हलोले जोतेको कलात्मक सियोतर्फ सङ्केत गर्दै 'हुवर्सस' भनिएको पाइन्छ । 
          छन्द वेदको अर्को नाम हो । वर्णहरू र मात्राहरूको गेय व्यवस्थालाई छन्द भनिन्छ । कल्प , शिक्षा , निरुक्त , छन्द र ज्योतिष  शास्त्रलाई वेदको अङ्ग मानिन्छ । पाणिनिको व्याकरणमा ' छन्द: पादौ तु वेदस्य ' भनि छन्दलाई वेदको पाउ वा गति , गतिवाहक वस्तु वा तत्वका रूपमा हेरिएको छ ।                                                                                                                                     छन्दको   प्रयोगले    काव्यलाई स्तरीय , प्रभावकारी र पाठकलाइ सहजै स्पर्श गर्छ । छन्द भनेको कविताको 'लय' हो ।                               नेपाली वृहत् शब्दकोशमा छन्दलाई  " यति, गति, र लय मिलेको वर्ण, मात्रा आदिको गणना अनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित रुप, त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य" भनेर परिभाषित गरिएको छ ।                                     Posted by : Roshan Aryal                 Source : छन्दको छहारी

शब्द बयानसम्पादन

छन्दस् शब्द 'छद' धातुबाट बनिएको छ। यसको धातुगत व्युत्पत्तिमूलक अर्थ हुन्छ - 'जो आफ्नो इक्षाले चल्छ'। अत: छन्द शब्दको मूलमा गतिको भाव हुन्छ।

यस प्रकार, छन्दको परिभाषा 'जब वर्णहरू यामात्राहरूको नियमित संख्याको विन्यासबाट यदि आह्लाद पैदा हुन्छ, तब यस्तोलाई छंद भनिन्छ'।

इतिहाससम्पादन

छन्दको सर्वप्रथम उल्लेख ऋग्वेदमा गरिएको छ। यदी गद्यको नियम व्याकरण हो भने, पद्यको नियम छंद शास्त्र हो। छन्द= तामाङ भाषा पनि हो । छन्दको अर्थ मिलाएर राख्ने सजायको ठाँउ बस्तुलाई तामाङ भाषामा छ्न्द भनिन्छ । जस्तै: ता जयनेले छ्न्द खाबाल । जस्तै: कति राम्रो सजायको । ओ हो चु दिम ता जयनेले छन्द खाबाल । अर्थ : यो घर कति राम्रो सजायको । चु नाम्स बे ले छन्द खाबाल । अर्थ : यो गाउँ कति राम्रो सजायको । तामाङ्को एउटा भाषाले र सब्दले हजारौं सब्द बन्छ । इतिहासलाई हेर्दा हरेक शब्दमा तामङ भाषा भेटिन्छ । जस्तैः लिंग, गाङ्लिंङ, नाम्सलिंङ, शिवलिंङ, ग्यिङ, र याम्बुलिंङ । तामाङ भाषामा लिंङ अर्थ विशाल अति ठुलो हेर्दा खेरि पनि नभ्याउने ठाँउलाई लिंङ भनिन्छ । क्रौञ्च दम्पत्ती(कर्याङकुरुङको जोडि ) मध्ये एउटालाइ व्याधाले मारेको दृश्यबाट पीडित महर्षी वाल्मीकिका मुखबाट लौकिक संस्कृत पद्यका रुपमा अचानक निस्किएको श्लोकलाई पहिलो पद्य मानिएको छ भने लौकिक संस्कृत साहित्यमा प्रयुक्त प्रथम छन्दको उपमा पनि अनुष्टुप् छन्दले पाएको छ ।

उक्त श्लोक यस प्रकार रहेको छ:

मा निषाद ! प्रतिष्ठात्वमगम: शाश्वती: समा: ।

यत्क्रौञ्चमिथुनादेकमवधी: काममोहितम् ।।

-वाल्मीकि रामायण, बालकाण्ड, २:१५

वर्णको परिचय तथा वार्णिक छन्दका नियमहरूसम्पादन

क्रम    सूत्र        सङ्केत   गण           उदाहरण

१)      यमाता       ISS       'य'         गरेरै , बिहानी , खटाई , पुरानो

२)      मातारा      SSS      'म'         देखाए , नेपाली , उत्साही

३)      ताराज      SSI        'त'         सौन्दर्य , सच्चाइ , उत्थान

४)      राजभा      SIS        'र'         कल्पना , सम्झना , दृष्टिले

५)      जभान      ISI         'ज'        अनेक , बजार , बिहान , लिएर

६)      भानस      SII         'भ'         मानव , बन्दुक , बञ्चित

७)       नसल      III           'न'         कलम , तिलक , रसिक , दमन

८)       सलगा     IIS          'स'        रसुवा , कविता , अगुवा

मात्रा र वर्णको आधारमा छन्दको विभाजनसम्पादन

छन्दहरूको विभाजनमात्राहरूको र वर्णहरूको चरण-भेद-सम्बन्धि विभिन्न संख्याहरूमा आधारित हुन्छ।

यस कारणले छन्दको प्रकार:

  1. सम: सम छन्दहरूमा छन्दको चारवटै चरणहरूमा वर्णस्वरसंख्या समान रहन्छ।
  2. विशम: विषम छन्दको चारवटै चरणहरूमा वर्णहरू र स्वरहरूको संख्या असमान रहन्छ। यो वर्ण परस्पर फरक हुन्छ। वर्णहरू रमात्राहरूको केही निश्चित संख्याको पछाडी बहुसंख्यक वर्णहरू र स्वरहरूले युक्त छन्दलाई दंडक भनिन्छ। यसको प्रकारहरू धेरै छन्।
  3. अर्धसम: अर्धसमको पहिलो, तेस्रो र दोस्रो तथा चौथोंमा वर्णस्वर संख्या समान रहन्छ।

स्वतंत्र वा मिश्रितको आधारमा छन्दको विभाजनसम्पादन

  1. स्वतंत्र छन्द: स्वतंत्र छन्द एकै छन्द विशेष नियमबाट बनेको हुन्छ।
  2. मिश्रित छन्द: २ प्रकारको हुन्छ।
    1. जब २ छन्दहरूको चरण एक आपसमा मिलेको हुन्छ। प्राय: यो अलग-अलग देखिन्छ तर प्राय फरक देखिंदैन।
    2. जब २ स्वतंत्र छन्दको स्थान-स्थानमा राखिन्छ र कैलेकाँई उनिहरूलाई मिलाउने प्रयत्न गरिन्छ। जस्तै: कुंडलिया छन्द, एउटा दोहा र ४ पद रोलालाई मिलाएर बन्द छ।

यतिको आधारमा छन्दको विभाजनसम्पादन

  1. यत्यात्मक: निश्चित वर्णहरू यामात्राहरूमा यति राखीन्छ। यो छन्द प्राय: दीर्घाकारी हुन्छ। जस्तै: दोहा, कवित्त आदि।
  2. अयत्यात्मक: जुन छन्दहरूमा चौपाई, द्रुत, विलंबित जस्तो छन्द आउँछ भने। यतिको विचार गरेर गणात्मक वृत्तहरूमा पनि गणहरूो बीचमा यति राखीन्छ। जस्तै:मालिनी।

वैदिक र लौकिक छन्द विभाजनसम्पादन

  1. वैदिक छन्द: जसको प्रयोंग वेदहरूमा गरिएको छ। यसमा ह्रस्व, दीर्घ, प्लुत र स्वरित, यो चार प्रकारको स्वरहरूको विचार गरिन्छ। र "अनुष्टुप" इत्यादि। वैदिक छन्द "अपौरुषेय"मानिन्छ।
  2. लौकिक छन्द: यसको प्रयोग वेदमा नगरेर सामान्य लोक वा जनसमुदायमा गरिन्छ। यो छन्द कुनै निश्चित नियममा आधारित नभएर ताल र लयमा आधारित रहन्छ।

पिङ्गलको आधारमा छन्द विभाजनसम्पादन

पिङ्गलले विभिन्न छन्दका बारेमा बताए। यी छन्द तीन थरी छन्

  1. वार्णिक छन्द: छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुन्छ। गणको सम्बन्ध वार्णिक छन्दसँग हुन्छ।
  2. मात्रिक छन्‍द:मात्रिक छन्दमामात्राहरूको गन्ती गरिन्छ। यो छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुँदैन। यो छंदमा सबै चरणहरूकोमात्राको संख्याहरू समान हुन्छ।
  3. वर्णमात्रा छन्द: यो छन्दमा वर्णिक वामात्रिक रोकटोक हुँदैन।

छन्दको अङ्गसम्पादन

  1. चरण: छन्दको प्रत्येक पंक्तिलाई चरण या पाउ या पद भनिन्छ। अरु नाम: पद, पाद, पाउ।
  2. वर्ण: एकै स्वर हुने ध्वनिलाई वर्ण भनिन्छ।
  3. मात्रा: कुनै वर्ण या ध्वनिको उच्चारण समयलाईमात्रा भनिन्छ।
  4. संख्या र क्रम: वर्ण र मात्राहरूको गणनालाई संख्या भनिन्छ। लघु-गुरूको स्थान निर्धारणलाई क्रम भनिन्छ।
  5. गण (गणको सम्बन्ध वार्णिक छन्दसँग छ।)
  6. गति: छन्दलाई पढ्दा लिने समयलाई गति(speed) भनिन्छ। लघु् वा ह्रश्वलाई कम र गुरू वा दीर्घलाई बढी समय लाग्छ ।
  7. यति (छन्द): छन्दमा स्वास लिन रोकिने ठाउँलाई यति वा विराम भनिन्छ।
  8. तुक: एउटै उच्चारण हुने शब्दहरूको प्रयोगलाई तुक भनिन्छ

छन्दको प्रकार (पिङ्गल):सम्पादन

  1. अनुष्टुप छन्द
  2. विद्युन्माला छन्द
  3. इन्द्रवज्रा छन्द
  4. उपेन्द्रवज्रा छन्द
  5. उपजाति छन्द
  6. वंशस्थ छन्द
  7. स्रग्विणी छन्द
  8. स्वागता छन्द
  9. भुजङ्गप्रयात छन्द
  10. तोटक छन्द
  11. द्रुतविलम्बित छन्द
  12. वसन्ततिलका छन्द
  13. मालिनी छन्द
  14. पञ्चचामर छन्द
  15. मन्दाक्रान्ता छन्द
  16. चित्रवतीहरिणी छन्द
  17. चित्रलेखा छन्द
  18. शिखरिणी छन्द
  19. शार्दूलविक्रीडित छन्द
  20. स्रग्धरा छन्द
  21. आर्या छन्द
  22. शालिनी छन्द
  23. ललिता छन्द
  24. पृथ्वी छन्द
  25. मञ्जुभाषिणी छन्द

छन्दमा संगीतसम्पादन

प्राय: सबै छन्द कुनै न कुनै रूपमा गेय हुन्छ। राग र रागिनीवाला सबै पद छंदहरूमा भन्न सकिंदैन। त्यसैले "गीति" नामबाट कतिपय पदहरू रचिएको छ। प्राय: संगीतात्मक पदहरूमा स्वरको आरोह र अवरोहमा लघु वर्णलाई दीर्घ, दीर्घलाई लघु र अल्प लघु गरिन्छ।

यो पनि हेर्नुससम्पादन

बाह्य कडीहरूसम्पादन