स्रग्धरा एक छन्द हो जसमा २१ वटा अक्षर् हुन्छन। यो छन्दमा ७वटा अक्षर् पछि मन्द बिश्राम लिनुपर्छ। यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग भएको हुन्छ। लेखनाथ पौड्यालद्वारा लेखिएको सत्य सन्देश कविता येसको राम्रो उदहारण हो ।

स्रग्धरा छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर २१ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

स्रग्धरा छन्द
गण मगण रगण भगण नगण यगण यगण यगण
मात्रा sss s।s s।। ।।। ।ss ।ss ।ss

संस्कृतमा यसको उदाहण यस प्रकार एकै श्लोकमा दिएको छ -->

म्रभ्नैर्याणां त्रयेण त्रिमुनी यतियुता स्रग्धरा कीर्तियेयम् ।

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,

कालो सौदामिनीको चहक सब, शरच्चन्द्रको कान्ति कालो,

कैलाश श्रेणि कालो झलमल गर्ने सूर्यको विम्ब कालो,

यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाव कालो ।।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्