शार्दूलविक्रीडित छन्द
- यो समपाद वृत्त हो। [१]
- यस्मा उन्नाइस अक्षरका चारओटा पाउ हुन्छ।
- यसमा बाह्रौँ र उन्नाइसौँ अक्षरमा विश्राम हुन्छ।
गण यस प्रकार हुन्छन्:
- म SSS
- स IIS
- ज ISI
- स IIS
- त SSI
- त SSI
- गुरू S = १९
उदाहरण १
- कालीदास भनेर कोकिळहरू काला भए ता पनि
- कुँज्दै छन् वनमा नअड्छ तिनको आफ्नो वसन्ती ध्वनि
- के मण्डूक कराउनू प्रकृतिले पापीपना हुन्छ र !
- गौरीशङ्करको नजिकचुचुरा उठ्छन् अरू वामन।।
यसमा तीन तीन अक्षरका समूह गण बन्छन् जस्तैः
- कालीदा SSS म गणः
- सभने IIS सगणः
- रकोकि ISI जगणः
- लहरू IIS सगणः
- कालाभ SSI तगणः
- एताप SSI तगणः
- नी S गुरू
उदाहरण २ [२]
- बर्खाका दिनमा__बडा बिरहमा______एक्लै बसेँ झ्यालमा__
- बादलको दल आइ__घेरिन गयो______आकाश ख्यालख्यालमा__
उदाहरण ३
- इच्छा यो छ महेश अन्तिम जसै त्यो मृत्युशय्या जली
- मेरो रक्त सुकाउला म गरुँला अन्योल भई छटपटी
- त्यो बेला मुखमा बुटीहरू परून् नेपालकै केवल
- जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।
- (इच्छा कविता, बालकृष्ण सम)
- मुख्य विश्राम १२ र १९ अक्षरमा विश्राम हुन्छ। सुक्ष्म विश्राम ६ - ६ (७ पनि हुन सक्छ)।
- ४ पाउको श्लोक एकै पाउमा सकिन्दैन र विश्राम हुन्छ हरेक पाउमा।
- समाप्ति ४ पाउपछि मात्र
कविताको नमुना
सम्पादन गर्नुहोस्नेपाल
सम्पादन गर्नुहोस्साम्राज्यहरु ती झुकेर रहँदा , उठ्दै थियो हाँकले लेखायो अलगै जहाँ समयको,नौलो कथा सानले। आफ्नै तागतले जितेर दुनियाँ,सत्ता र सम्मानको झुक्नै जो कहिलै परेन जगमा,त्यो देश नेपाल हो।। भोका बालक ती कसेर तनमा,थापेर गोलीहरु मेटाए तब हेर प्यास मनको, मारेर वैरीहरु । पूर्खाको बलमा उठेर नभमा,हाँस्दै र नाच्दै बस्यो सुर्ताले कहिलै डगेन जगमा,त्यो देश नेपाल हो।। झर्ना ताल हिमाल खोच पहरा, खोला र पाखाहरु बास्छन् ती कोइली रमेर वनमा,चाहिन्छ के लौ अरु खोजेको मनले विचित्र बहुतै, बेजोड श्रृङ्गार हो बर्षौँ भुल्छ जहाँ वसन्त वनमा, त्यो देश नेपाल हो इन्द्रेणी रङमा रचेर एकता,हाँस्छन् र नाच्छन् जहाँ ईर्ष्याले पनि हार मान्छ सजिलै, देखेर माया जहाँ। भाषा भेष परम्परा रस मिठो,जात्रा र मेला मिठो लाखौँ लाख कला समेट्छ जसले,त्यो देश नेपाल हो।। हाम्रो रक्त शिरा बहेछ सहजै , मेची र काली बनी हाम्रो गौरब त्यो झुकेन कहिलै,लाछी र जाली भनी। बेचिन्छौ किन हो मरुस्थल गई, छाडेर सौभाग्य यो तिम्रो मार्ग कुरेर बस्छ जसले, त्यो देश नेपाल हो।। S.p
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ http://pallawa.com.np/?p=16005[स्थायी मृत कडी] (मोदनाथ शास्त्री, छन्दविज्ञान)
- ↑ Bhakti Prashad Paudel