मात्रिक छन्दमा मात्राहरूको गन्ती गरिन्छ। यो छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुँदैन। यो छन्दमा सबै चरणहरूको मात्राको संख्याहरू समान हुन्छ। []

मात्रिक छंदको प्रकार

सम्पादन गर्नुहोस्
  1. सम मात्रिक छन्द : अहीर (११ मात्रा), तोमर (१२ मात्रा), मानव (१४ मात्रा); अरिल्ल, पद्धरि/ पद्धटिका, चौपाई (सबै १६ मात्रा); पीयूषवर्ष, सुमेरु (दुबै १९ मात्रा), राधिका (२२ मात्रा), रोला, दिक्पाल, रूपमाला (सबै २४ मात्रा), गीतिका (२६ मात्रा), सरसी (२७ मात्रा), सार (२८ मात्रा), हरिगीतिका (२८ मात्रा), तांटक (३०९ मात्रा), वीर या आल्हा (३१ मात्रा)।
  2. अर्द्धसम मात्रिक छंद : बरवै (विषम चरणमा - १२ मात्रा, सम चरणमा - ७ मात्रा), दोहा (विषम - १३, सम - ११), सोरठा (दोहाको उल्टा), उल्लाला (विषम - १५, सम - १३)।
  3. विषम मात्रिक छंद : कुण्डलिया (दोहा + रोला), छप्पय (रोला + अल्लाला)।


अहीर छन्द मातृक छन्दको एक पद्य जाति हो । अभीर नामले पनि चिनिने यस सममात्रिक काव्यपुञ्जमा ११ मात्रा हुने चार पाउ रहन्छन् भने हरेक पाउको अन्त्यमा 'ज' गण अनिवार्य मानिन्छ । यसमा हरेक दुई पाउको अन्त्यमा तुक मिलेको हुनुपर्छ भने कतिपय प्रसङ्गमा चारै पाउ पनि समतुकान्त रहनसक्ने प्रचलन छ ।  

उदाहरण

आराममा छु मान,

केही हुँदैछ जान !

चाहे हओस् बखान,

बिन्ती अरू नठान !

कोर्दै सुरम्य चित्र, राखी चाह पवित्र,

रम्दैछु हौ म भित्र, हेप्न पाइन्न, मित्र !

        -नारायण नेपाल  

तोमर छन्दको संरचनामा प्रत्येक दुई-दुई पाउ समतुकान्त रहन्छन् । १२ मात्राको पाउ हुने सममात्रिक यस पद्य जातिविशेषको हरेक पाउको अन्त्यमा ह्रश्व र ठीक त्यसअघि गुरु रहने अभ्यास उचित मानिएको छ ।

(तोमर छन्द: १२ मात्रा, २/२ समतुकान्त, अन्त्याउनीमा गुरु/लघु SI)

उदाहरण

तन मेरो जे भए नि,

मन मेरो जे भए नि !

इज्जत मेरो नफाल,

व्यर्थै छोडी नहाल !

भन्नू कि लाग्नू चुप्प,

चिन्ताले पिर्छ, थुक्क !

खोजेको चाहिएन,

रोजेको पाइएन !

-नारायण नेपाल

  1. http://sites.google.com/site/gogiasuneel/chan-da वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२४ मिति