यस छन्दमा कुल १६ मात्रा हुन्छन् । यसको उत्पत्ति रावण द्वारा भएको हो । प्रसिद्ध धार्मिक स्तुति शिव ताण्डव रावणद्वारा यही छन्दमा रचिएको थियो ।

वर्णन सम्पादन गर्नुहोस्

यस छन्दमा ८- र १६ मात्रामा विश्राम लिइन्छ । यसको गण यसप्रकार रहेको छ ।

गण सम्पादन गर्नुहोस्

ज ISI

र SIS

ज ISI

र SIS

ज ISI

S (गुरु)

उदाहरण: सम्पादन गर्नुहोस्

रमाइलो छ यो धरा छ माथ नीर सुन्दरा

मलीन स्वरले सँधै फलाक्छु वीर वन्धना

गरेर चीर कामना म चढ्छु भीर कन्दरा

कथा म रच्छु देशको अमीट छाप झैँ सदा

-कवि जमीन राई

उदाहरण २ सम्पादन गर्नुहोस्

बढेछ जाँघ पाखुरा, भएछु बाघझैँ अब
समेट्न सक्छु टाकुरा,बनेछु घामझैँ अब।
नदी  बगेछ  उर्लदै, भने नि  हार  मान्दिनँ
युवा हुँ राष्ट्रको धरा ,कुभाव बात जान्दिनँ।।

समाइ स्वार्थका जरा,टिपेर फाल्छु जोशले
बुझेर त्यागको कथा,मिलेर हिड्छु होसले।
म  मूल देशको  बनी,गला  गला भिजाउँछु
म देश भक्तिको कला ,नशा नशा फिँजाउँछु।।


बिकेर  स्वर्ण रासमा,म देशद्रोहमा फसे
सकिन्छ आस देशको,म कर्मभूमिमा झुके।
म फुल्छु बागमा सधैँ,सुगन्ध देशको लिई
डटेर लड्छु कर्ममा, म कर्मयोग झैँ बनी।

सहेर कष्ट दासता,झुकेर बस्न सक्दिनँ
म वीर देशको युवा, सडेर गिर्न सक्दिनँ।
बनेर  चन्द्र देशको, म  बल्छु रातमा यहाँ
लिएर खड्ग हातमा,म हिड्छु साथमा यहाँ। 

म देशको कुना कुना, पुगेर प्रीति छर्दछु
कुकार्य  देशमा  भए, उठेर ढाल बन्दछु।
म काँध हाल्छु देश यो,गलेर लड्न दिन्नँ है
म ज्यान त्याग्छु देशमा,मरेर जान दिन्नँ है।                   
-सुजन घिमिरे