वंशस्थ छन्द
- बाह्रवटा अक्षर हुन्छन्: ज.त.ज.र
- चारवटा गण हुन्छन्
- पहिलो ६ र, दोस्रो ६मा विराम हुन्छ।
- संस्कृत: ज तौ तु वंशस्थ मुदीरितं जरौ
- नेपाली: ज ता ज रा
वंशस्थ छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्र येस प्रकार रहेका छन्। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १२ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
गण-- | ज | त | ज | र |
---|---|---|---|---|
मात्रा-- | ।s। | ss। | ।s। | s।s |
उदाहरण
- थियो सबैको मनमा विकार नै, हुँदा सबै ती धनका शिकार नै।
- धनै भए मित्र नजिकआउँथे, धनै हराए सब ती हराउँथे।।११।।