उत्तरकन्या
उत्तरकन्या नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०९२ रहेको थियो जसमध्ये ४९२ पुरुष र ६०० महिला रहेका थिए भने यहाँ २८१ घरधुरी रहेको थियो।[१][२]व लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने यस गाउँ विकास समितिमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमुना गाउँको रूपमा समेत परिचित छ।[३] यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो। परम्परागत गुरुङ सस्कृती, घाँटु, सोरठी, सेर्गा नाच, नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको घरबास आदिका लागि यस गाउँ परिचित छ।[४] गुरुङ संस्कृतिको ज्वलन्त चित्रण सङ्ग्राहलयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ माघ २२ गते उद्घाटन गरेकी थिइन्।[३] यो हाल क्व्होलासोथार गाउँपालिकामा पर्दछ।
उत्तरकन्या | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°१४′N ८४°२५′E / २८.२३°N ८४.४२°Eनिर्देशाङ्कहरू: २८°१४′N ८४°२५′E / २८.२३°N ८४.४२°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | लमजुङ जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १,०९२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ ३.० ३.१ "पर्यटक लोभ्याउँदै घले गाउँ ; प्रकृति र संस्कृतिको अनुपम उपहार"। खरिबोट। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०।
- ↑ "पर्यटकीय क्षेत्र उत्तरकन्या पूर्ण सरसफाइ गाउँ"। नागरिक दैनिक। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०।