किराँती भाषा परिवार
किराँती भाषा परिवार नेपाल र भारत (विशेष गरी सिक्किम, दार्जिलिङ, कालिम्पोङ) र भुटानमा बोलिने चिनियाँ तिब्बती भाषा परिवारको एक प्रमुख शाका हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा,याख्खा भाषा, सुनुवार भाषा तथा राई भाषाहरू पर्दछन्। कोही-कोही विद्वानहरू यो परिवार भित्र नेवारी भाषालाई पनि राख्न रुचाउँछन्। दोलखा, रामेछाप र सिन्धुली वल्लो किराँतमा पर्छ भने सुनकोशी देखि अरुण नदीसम्मका भाग माँझ किराँत (खम्बुवान) मा पर्दछ।
किराँती | |
---|---|
रैथाने | किराँत: राई, याक्खा, लिम्बू, र सुनुवार |
भौगोलिक वितरण | पूर्वाञ्चल र भारत (सिक्किम, दार्जिलिङ, कालिम्पोङ & भुटान |
भाषिक वर्गीकरण | चिनियाँ-तिब्बती
|
उपखण्डहरू |
|
ग्लोटोलग | kira1253[१] |
अरुणदेखि पूर्व मेची नदीसम्मको भूभाग लिम्बूवान भित्रपर्दछ। वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराँती समुदायभित्र समेटेको देखिन्छ। यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड, तामाङ, थकाली, शेर्पा, मगर आदि सवै किराँती सम्प्रदायभित्र पर्दछन्। तर यी जातिहरूले आफूलाई किराँती जातिको रूपमा स्विकार गर्दैनन्। किराँती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू लिम्बू, सुनुवार, याक्खा र राई हुन्।
भाषाहरू सम्पादन
वर्गीकरण सम्पादन
- लिम्बू
- पूर्वी किराँती
- बृहत्तर याक्खा
- याक्खा
- बेल्हारे राई
- आठपहरिया राई
- छिन्ताङ राई
- चुलुङ्ग राई
- माथिल्लो अरुण नदी
- याम्फु-लोहोरुङ राई
- याम्फु राई
- लोहोरुङ राई
- मेवाहाङ राई
- ? वालिङ राई
- याम्फु-लोहोरुङ राई
- बृहत्तर याक्खा
- केन्द्रीय
- खम्बु (राई)
- कुलुङ राई
- नाछिरिङ राई
- साम्पाङ राई
- साम राई
- दक्षिणी
- बान्तवा राई
- पुमा राई
- चाम्लिङ राई
- दुङ्माली राई
- खम्बु (राई)
- पश्चिमी
- थुलुङ राई
- चौरसिया
- वाम्बुले राई
- जेरुङ राई
- माथिल्लो दुधकोसी नदी:
- उत्तरपश्चिम
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kiranti", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।