खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल नेपालको एक राजनीतिक दल हो। खम्बुवान राष्ट्रिय मोर्चा नेपालका वर्तमान अध्यक्ष रामकुमार राई हुन्। यसको केन्द्रीय कार्यालय भोजपुरको बैङ्करोडमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह हथौडा थियो।[१] यो पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ६,४५१ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३०,६८६ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू: सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०