अरुण नदी
अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशी र गंगा नदीको एक सहायक नदी हो। यो कोशी नदीको प्रमुख सहायक नदी मध्ये एक हो। सप्तकोशी नदी कोशी नदीको पानीको मुख्य श्रोत हो, कोशी नदी, कोशी बेसीको लागि पानीको प्रमुख श्रोत हो। नदी पूर्वी नेपालका किराँती लोककथाहरूमा महत्त्वपूर्ण रूपमा लिइएको छ।
अरुण (बुम-चू) | |
नदी | |
देशहरू | नेपाल, चीन |
---|---|
राज्य | तिब्बत |
सहायक नदीहरू | |
- वायाँ | येरू सान्पो, त्रकार-चु |
- दायाँ | बरुण नदी |
श्रोत | जुर्चो |
मुख | सुनकोशी र तमोर नदीसँग मिलेर सप्तकोशी नदी बन्छ |
- स्थान | त्रिबेणी घाट, नेपाल |
नेपालमा कोशी कञ्चनजङ्घाको दक्षिणमा छ र यसका सात प्रमुख सहायक नदीहरू: सुनकोसी, तामा कोसी, दुध कोसी, इन्द्रावती, लिखू, अरुण र तमोर हुन। यो प्रति सेकन्ड २५६४ क्यूबिक मीटरको औसत बहावमा बहन्छ। यो नदीमा रर्यफ्टिंग पनि गरिन्छ [१]। यस नदीबाट विद्युत उत्पादन गर्नको लागि जलविद्युत परियोजनाहरूको निर्माण पनि गरिएको छ भने केही निर्मनाधीन छन्[२]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Arun River Rafting", १५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१७।
- ↑ "Arun III HEP", १५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१७।